काठमाडौं, ११ जेठ । सेयर बजारमा सक्रिय लगानीकर्ताका लागि नेपाल राष्ट्र बैंकले राहतको निर्णय गरेको छ ।
केन्द्रीय बैंकले सेयर धितोमा लिइने कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेको छ । राष्ट्र बैंकले यो निर्णय मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत गरेको हो ।
अब बैंकहरूले सेयर धितोमा कर्जा दिने बेला पहिलेभन्दा कम पूँजी अलग राखे पनि हुने भएकाले कर्जा प्रवाह सहज हुने अपेक्षा गरिएको छ । जोखिमभार घटेपछि सेयर बजारमा सकारात्मक माहोल बन्नेमा लगानीकर्ताहरू विश्वस्त छन ।
सेयर बजारमा सक्रिय रहेका लगानीकर्ताहरूले लामो समयदेखि जोखिमभार १०० प्रतिशतमा सीमित गरिदिन माग गर्दै आएका थिए । अन्ततः त्यो माग सुनुवाइमा आएको छ ।




