काठमाडौँ, १९ असार। गरिमा विकास बैंक लिमिटेडले नेपालको डोमेस्टिक कार्ड प्रणाली ‘नेपाल पे कार्ड’ अन्तर्गतको एनपीएस–नेसनल कार्ड स्विच मा आबद्ध हुने औपचारिक प्रक्रिया थालेको छ । यसका लागि फाइनान्सले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग प्रिन्सिपल मेम्बरसिप सम्झौता गरेको हो । असार १५ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायज्यू र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि अब गरिमा विकास बैंकले ‘नेपाल पे कार्ड’ इस्यु (जारी) तथा एक्वायर ९स्वीकृति० गर्न सक्नेछ, जसले ग्राहकलाई सहज, सुलभ र डिजिटल कार्ड सेवा उपलब्ध गराउनेछ ।
एनसीएचएलले हालै ‘एनपीएस’ पूर्वाधार तयार भइसकेको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै कार्ड प्रणालीमा आबद्ध हुन आह्वान गरेपछि यो प्रक्रिया अघि बढाइएको हो । एनपीएस अन्तर्गतको ‘नेपाल पे कार्ड’ ले विभिन्न कार्ड स्विचहरूलाई अन्तरजडान गर्दै कारोबारको राउटिङ्ग तथा सेटलमेन्टको कार्य एकीकृत प्रणालीमार्फत सम्पन्न गर्नेछ ।
यस प्रविधिको पूर्ण कार्यान्वयनसँगै कार्ड कारोबारको लागत घट्ने, डाटा नेपालमै रहने ९डाटा लोकलाइजेशन०, र डिजिटल इकोसिस्टमको स्तरीकरण हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलले हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश पेमेन्ट सर्भिस अपरेटर र पेमेन्ट सर्भिस प्रोभाइडर, साथै १०० भन्दा बढी गैर–बैंकिङ्ग संस्थालाई राष्ट्रिय भुक्तानी प्रणाली सेवा प्रदान गरिरहेको छ ।
देशभर २३ शाखा र ४ विस्तारित काउन्टरमार्फत सेवा दिँदै आएको प्रोग्रेशिभ फाइनान्स अब नेपालकै कार्ड स्विच प्रणालीमार्फत डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्ने योजनामा अघि बढेको हो । नेपालका अग्रणी विकास बैंकहरु मध्येको गरिमा विकास बैंकले देश भरी रहेका १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।




