२०८३ बैशाख १३

माधव नेपाल अचानक खुमलटारमा, प्रचण्डसँग गोप्य भेटवार्ता

काठमाडौँ, १२ साउन। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् ।

अध्यक्ष दाहालको खुमलटार निवासमा पुगेका माधव नेपालले पछिल्लो राजनीतिक घट्नाक्रमबारे चासो लिएका हुन् ।

दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाईएको छ । नेपाल अहिले आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि त्यति राजनीतिक भेटवार्तामा सामेल थिएनन् । तर, दाहालसँग भने उनको निरन्तर उठबस चलिरहेको छ ।

दाहालले सनिबारमात्रै एमालेको आन्तरिक संकटबारे बोलेका थिए । उनी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुपर्ने पक्षमा छन् ।