काठमाडौँ, १२ साउन। सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता भएका छन् ।
गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेपछि यो विषय बाहिर आएको थियो ।
हराएको खबरपछि प्रहरीले खोजतलास सुरु गरेको बताएको छ । हायुको घरमा सामान्य क्षति देखिएको छ ।
हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको पाइएको प्रहरीले जानकारी दिएको छ ।




