२०८३ बैशाख १३

दाउन्ने सडक अवरुद्ध

काठमाडौँ, २२ साउन। नारायणघाट-बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडक अवरुद्ध भएको छ ।

दाउन्नेको विश्वकर्मा मन्दिरस्थित सडक एक तर्फी बाटोमा चिप्लोको कारण मालवाहक सवारी साधन उकालो चड्न नसकी राजमार्ग पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ । नारायाणघाट बुटवल सडक आयोजनाले दाउन्ने खण्डमा केही अबरोधका कारण सवारी आवागमन

प्रभावित भएको बताउदै आवश्यक मर्मत संभार गरेर पुन: यातायात सहज ढंगले सुचारु गराउने प्रयास गरिरहेको बताएको छ ।