काठमाडौं, २३ साउन। नबिल म्युचुअल फण्डको ‘नबिल फ्लेक्सी फण्ड’ ले आर्थिक वर्ष २०८१/८२ का लागि ९% नगद लाभांश घोषणा गरेको छ।
साउन २२ गतेसम्मका इकाईधनीहरूलाई मात्र लाभांश पाउने व्यवस्था गरिएको छ, र इच्छुकले साउन २७ भित्र पुनः लगानी गर्न सक्नेछन्।
विगतमा जस्तै यसपटक पनि योजनाले लगानीकर्तामा विश्वास कायम राख्दै स्थिर प्रतिफल दिने दाबी गरेको छ।




