काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले रवि लामिछानेले सहकारी ठगी गरेको स्वीकार गरेको बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको एक कार्यक्रममा बोल्दै गुरुङले, आफूले वहन गर्नुपर्ने बिगोबराबरको बैंक जमानत दिन्छु भन्नु लामिछानेले अपराध स्वीकार गर्नु बराबर रहेको बताएका हुन् ।
उनले भने: ‘रविजीले स्वीकार गर्नुभयो । रविजीले विगो तिर्न तयार छु भनेर तिर्नुको पछाडि– मैले गल्ती गरेँ, अब उन्मुक्ति पाउँ भनेको हो । तिरेर उन्मुक्ति पाउ भनेको हो । मैले यति गरेको थिएँ, म तिर्छु भन्नुभयो त । त्यही होइन ? मैले बुझेको त त्यतिमात्रै हो,’– उनले भने ।
लामिछानेले गत साउन १९ गते जिल्ला अदालत रूपन्देहीमा आफूले वहन गर्नुपर्ने विगोबराबरको बैंक जमानत लिएर थुनामुक्त गरिदिन भन्दै निवेदन दिएको बताइएको छ । उनीनिकट स्रोतका अनुसार उनले निवेदनसँगै बैंक जमानतसमेत बुझाएका छन् ।




