२०८३ बैशाख १३

वरिष्ठ वन अधिकृत यादवविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर

काठमाडौँ, २ भदौ । डिभिजन वन कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई कैलालीको चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपूर्जीको लागि सेवाग्राहीसँग लिएको ७ लाख ३१ हजार घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

अख्तियारले अनुसन्धानको सिलसिलामायादवले सो घुस रकम लिएको स्थापित भएको भन्दै सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।