२०८३ बैशाख १३

कारागारमा रवि लामिछानेको स्वास्थ्य बिग्रियो, ट्रमा विशेषज्ञ आपतकालीन जाँचमा

काठमाडौँ, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार लामिछानेलाई भैरहवा कारागारबाट नख्खु कारागारमा स्थान्तरण गरेपश्चात नियमित स्वास्थ्य जाँच गर्ने क्रममा उनको स्वास्थ्य अवस्था सामान्य नरहेको भेटिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि आवश्यक जाँचका लागि ट्रमा सेन्टरका डाक्टर जितेन्द्रप्रसाद यादवको नेतृत्वमा रहेको चिकित्सक टोलीले जाँचको लागि प्रक्रिया थालेको झाले जानकारी दिएका छन् ।