२०८३ बैशाख १३

तेलुगु क्षेत्रमा वार-२ फ्लप, यश राजले वितरकलाई क्षतिपुर्ति दिने

काठमाडौँ, ५ भदौ । बलिवुडका अभिनेता ऋतिक रोशन र जूनियर एनटीआरको फिल्म ‘वार २’ बक्स अफिसमा असफलता हासिल गरको छ । विशेष गरी तेलुगु राज्यहरूमा, वार-२ को निराशाजनक प्रदर्शनले यस क्षेत्रका निर्माता नागा वाम्सी र उनका साझेदारहरूले ठूलो घाटा बेहोर्नु परेको रिपोर्ट सार्बजनिक भएको छ ।

रिपोर्टहरू अनुसार, नागा वाम्सी र उनका साझेदारहरूले तेलुगु संस्करणको वितरण अधिकार लगभग ८० करोड भारुमा किनेका थिए । उनीहरू वर-२ ले तेलुगु बेल्टबाट मात्र १०० करोडको आँकडा पार गर्मा विश्वस्त थिए । तर समीक्षा र अनलाइन ट्रोलिङले रिलिजको पहिलो दिनदेखि नै फिल्मको पकड कमजोर बनायो । यति मात्र होइन, यस समयमा रिलिज भएको रजनीकान्तको फिल्म ‘कुली’ दर्शकहरूको पहिलो रोजाइ बन्यो र ‘वार २’ को अवस्था झनै खराब भयो ।

यसैबीच वार- २ को मुख्य निर्माता यश राज फिल्म्सले नोक्सानको क्षतिपूर्ति गर्न ठूलो कदम चालेको बताइएको छ । रिपोर्टहरूका अनुसार यश राज फिल्म्सले तेलुगु निर्माता नागा वाम्सी र उनका सहयोगीहरूलाई २२ करोड क्षतिपूर्ति दिने निर्णय गरेको छ । जसमा निजाम क्षेत्रको लागि १० करोड, आन्ध्र क्षेत्रको लागि ७ करोड र हस्तान्तरण गरिएको क्षेत्रको लागि ५ करोड रहेको बताइएको छ । यो भुक्तानी निर्माताहरूको बोझ अलिकति कम गर्न सकियोस् भन्ने उद्धेश्यले संरचित सम्झौताको रूपमा गरिएको रिपोर्टमा उल्लेख छ ।

ऋतिक रोशन र जूनियर एनटीआर जस्ता सुपरस्टारहरू साथै कियारा आडवाणी, अनिल कपूर र आशुतोष राणाको प्रमुख भूमिका रहेको भएपनि फिल्मले बक्स अफिसमा सोचेको सफलता हासिल गर्न सकेन । रिपोर्टका अनुसार फिल्मले रिलिजको छ दिनमा तेलुगु संस्करणबाट केवल ६० करोड कमाएको थियो ।