काठमाडौँ, ५ भदौ । नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी र ग्राहकलाई स्वास्थ्य उपचारमा ठूलो राहत दिने समझदारी गरेको छ।
मोरङको बिराटनगर-१० मा रहेको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलसँग बैंकले विशेष सम्झौता गरेको हो।
अब बैंकका कर्मचारी र ग्राहकहरूले उक्त अस्पतालमा उपचार गराउँदा ५ देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। यस अन्तर्गत परामर्शदेखि शल्यक्रिया र अन्य विविध स्वास्थ्य सेवा शुल्कमा छुट लागू हुनेछ।
सम्झौतापत्रमा बैंकको तर्फबाट कोशी प्रादेशिक कार्यालयका प्रमुख सूर्यप्रकाश भट्ट र अस्पतालका निर्देशक राजेश भट्टराईले हस्ताक्षर गरेका छन्।
यस कदमपछि बैंकका कर्मचारी र ग्राहकलाई गुणवत्तापूर्ण स्वास्थ्य उपचार सस्तो दरमा पाउने सहजता हुने भएको छ।




