काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। १३ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो।
बैंकले प्रस्ताव गरेको लाभांशमध्ये ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर रहेको छ। नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सो लाभांश वितरण हुने बताइएको छ।
माछापुच्छ्रे बैंकले हाल विभिन्न वर्ग र समुदायसम्म वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित देशभर सेवा विस्तार गरिरहेको छ। नयाँ शाखा खोल्दै आएको बैंकले निक्षेप, कर्जा, र अन्य आधुनिक वित्तीय सुविधा उपलब्ध गराउँदै २४ घण्टा एटीएम सेवा पनि सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार लाभांश वितरणले शेयरधनीलाई प्रत्यक्ष लाभ दिने मात्र होइन, पूँजी संरचना सबल बनाउन र भविष्यमा लगानी विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।




