२०८३ बैशाख १३

सप्तकोशी नदीमा पानीको सतह बढ्यो

विराटनगर । सप्तकोशी नदीमा पानीको सतह बढेको छ । 

मंगलबार बिहान कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख ५६  हजार ८६५ क्युसेक पुगेको छ ।  त्यसपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३४ ढोका खोलिएको जानकारी दिइएको छ ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।