सुर्खेत । शनिबार रातिदेखि अवरुद्ध रहेको कालिकोटको गगने खोलाको पहिरो हटाएर सडक सुचारु भएको छ ।
सडक डिभिजन कार्यलय जुम्लाका अनुसार मंगलबार दिउसोबाट सडक सुचारु भएको हो । सडकमा ठुलो ढुंगा खसेका कारण हटाउन समय लागेको थियो । सडक अवरुद्ध हुदा करोडौंको स्याउ बोकेका ट्रकसमेत रोकिन पुग्दा स्याउ कुहिनसक्ने चिन्ता बढेको थियो ।
सडक डिभिजनले जिल्ला प्रशासन कार्यालय कालिकोट, नेपाली सेना, नेपाल प्रहरीलगायतको सहयोगमा सडक सुचारु भएको जानकारी दिएको छ ।




