२०८३ बैशाख १४

प्रधानमन्त्रीको राजीनामा स्वीकृत पछि अब अर्को सरकार कुन प्रक्रियाबाट ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि अबको निकास के हुने भन्ने अन्यौल बढेको छ । संविधान अनुसार अर्को सरकार गठनतर्फ गएमा आन्दोलनकारी सहमत नहुने देखिएको छ ।

जेनजी आन्दोलनका प्रमुख अगुवाले सोमबारै वक्तव्यमार्फत प्रधानमन्त्रीको राजीनामा र ताजा जनादेशका लागि म्याडेटप्राप्त अन्तरिक नागरिक सरकार गठनको माग गरेका थिए ।

संविधान बमोजिम जाँदा संसदबाटै नयाँ प्रधानमन्त्री चयन हुनुपर्छ । तर, आन्दोलनको जित भइसकेको अवस्थामा आन्दोलनकारीकै माग बमोजिम नागरिक सरकार र ताजा जनादेशतर्फ मुलुक जानुपर्ने अवस्था छ ।

आन्दोलनका ५ अगुवा अभिजित अधिकारी, युजन राजभण्डारी, रक्षा बम, प्रदीप ज्ञवाली, मनिष खनाल, तनुजा पाण्डे र विनोद देउवाले जारी गरेको विज्ञप्तिमा ५ बुँदे मागमध्ये नागरिक सरकारको माग दोस्रो नम्बरमा छ ।