२०८३ बैशाख १३

जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको शवयात्रा-क्यान्डल लाइट मार्च आज हुदै

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवयात्रा आज हुने भएको छ ।

हामी नेपाल संस्थाले  सोमबार अपराह्न ४ बजेतिर टिचिङ अस्पतालबाट शव यात्रा गर्ने जानकारी दिएको हो ।

हामी नेपालले ‘क्यान्डल लाइट मार्च’ नाम दिएको शव यात्रामा टिचिङ अस्पतालबाट चक्रपथ, सुकेधारा, चाबहिल, एयरपोर्ट, बानेश्वर, तीनकुने हुँदै अन्त्रष्टिका लागि पशुपतिसम्म पुर्‍याउने तयारी गरिएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकहरूको अन्त्येष्टी राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेका छन् ।  सरकारले यसअघि नै मृतकलाई सहिद घोषणा र उनीहरुका परिवारलाई १०-१० लाखका दरले राहत दिने यसअघि नै निर्णय गरिसकेको छ । 

हामी नेपालले यस यात्रामा सहभागी हुन सबैलाई आग्रह समेत गरेकोछ ।