२०८३ बैशाख १३

पाँच बुँदे धारणा सार्बजनिक गर्दै विप्लवले भने- छलफल चलेपनि एकताको टुंगो लागिसकेको छैन

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी एकता बारे भइरहेको चर्चाका बारेमा स्पष्ट गर्दै आफ्नो पाँच बुँदे धारणा सार्बजनिक गरेका छन् ।

विप्लवले केही समयदेखि समाजवादी मोर्चाका  र अन्य सहमत पार्टीहरूबीचको एकता बारे अनेक प्रचार भएको उल्लेख गर्दै आफ्नो पार्टीको धारणा सार्बजनिक गरेका हुन् ।

एकीकरण बारे विप्लवको पाँच बुँदे धारणा:  
१- कम्युनिस्टहरू बीचको एकता झनै बढेको छ । 

२- एकता संठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवनब्यबहार, संस्कृतिसहितको एकरूप बुझाइसँग सम्बन्धित छ । यी बिषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन् तर टुंगो लागिसकेको छैन ।

३- यदि कुनै पार्टीहरूबीच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ ।

४- कम्तिमा कम्युनिस्टहरू बीच विगतमा जस्तो सत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको संघियता) स्थापना गर्न सयुक्त मोर्चा र सहकार्यको नीतिमा काम गर्नु पर्छ ।

५- देशको स्वाधीनता गम्भीर संकटमा परेको स्थितिमा सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूबीच मोर्चा निर्माणमा अग्रसर हुनु पर्दछ ।