२०८३ बैशाख १३

नेपाल बैंकको ६६औँ साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन र वित्तीय विवरण सर्वसम्मत पारित

काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ।

सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा सम्पन्न सभाले बैंकको नीति, वित्तीय स्थिति र आगामी कार्यदिशासँग सम्बन्धित महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाबसहितका सम्पूर्ण वित्तीय विवरणहरू सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। सभामा बैंकको समग्र वित्तीय अवस्था, जोखिम व्यवस्थापन, सेवा विस्तार तथा आगामी योजनाबारे पनि छलफल गरिएको थियो।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा सम्बन्धी प्रस्ताव पारित गरेको छ। साथै, महालेखापरीक्षकको कार्यालयबाट आवश्यक परामर्श प्राप्त भएपछि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पनि सर्वसम्मत रूपमा भएको छ।

साधारण सभामा बैंकको नियमावलीको नियम ३१ अनुसार सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पनि पारित गरिएको छ। प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा परिवर्तन आवश्यक परेमा सोही अनुसार आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।

सभामा सहभागी शेयरधनीहरूले बैंकको दीर्घकालीन रणनीति, सुशासन र डिजिटल बैंकिङ सेवाको विस्तारप्रति चासो व्यक्त गर्दै व्यवस्थापनप्रति विश्वास व्यक्त गरेका थिए।

बैंकले आगामी दिनमा वित्तीय अनुशासन, ग्राहक सेवा र प्रविधिमैत्री बैंकिङलाई थप प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।

Read More

अर्थमन्त्री खनाल भन्छन्- निर्वाचन फागुन २१ मै हुन्छ 

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आम निर्वाचन फागुन २१ मै हुने बताएका छन् ।

नेपाली काँग्रेस विभाजित भएपछि फागुन २१ मा निर्वाचन हुन्छ या हुदैन भन्ने अन्योलता बढेका बेला अर्थमन्त्री खनालले सामाजिक सञ्जालमा ‘निर्वाचन फागुन २१ मै हुन्छ !’ भनेर सबैलाई आश्वस्त पारेका छन् ।

नेपाली काँग्रेसको संस्थापन पक्षले दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्काशित गरेपछि विशेष महाधिवेशन पक्षले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गर्ने तयारी गरेको छ ।

Read More

रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय गरेको छ ।

महान्यायाधिवक्ताको कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता हुने भएको छ ।

लामिछानेले आफुविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता गर्न महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका थिए ।  

यस मुद्धाका कारण लामिछाने प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएपनि स्वत: सांसदबाट निलम्बित हुने अवस्था रहेको थियो ।

Read More

राष्ट्रिय सभा सांसद बलदेव बोहराको निधन

काठमाडौं । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ ।

राष्ट्रिय सभामा काँग्रेसबाट निर्वाचित बोहराको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो ।

कञ्चनपुर काँग्रेसको संस्थापक नेता बोहरा प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति भएर काम गरेका थिए । उनी २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको राजनीतिक सल्लाहकार पनि बनेका थिए ।

त्यसपछि २०७० सालमा संविधान सभा सदस्य भएर उनले संसवधान निर्माणमा समेत भूमिका खेलेका थिए ।

Read More

काँग्रेसको महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल चयन हुदै

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल बन्ने निश्चित भएको छ ।

विश्वप्रकाश शर्माले घिमिरेलाई महामन्त्री बनाउन आफुले नाम फिर्ता लिएपछि अब घिमिरे र पौडेल विशेष महाधिवेशनबाट महामन्त्री बन्ने निश्चित भएको हो ।

काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची सार्बजनिक गर्ने तयारीमा रहेको छ ।। काँग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन हुने निश्चित रहेको छ ।

त्यस्तै उपसभापतिमा फरमुल्लाह अन्सारीको उम्मेदवारी परेको छ भने सहमहामन्त्रीमा बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले नयाँ नेतृत्वको चयन सर्वसम्मत गर्न लागेकोले केहीबेरपछि नै घोषणा हुने बताइएको छ । काँग्रेसको विशेष महाधिवेशनले  १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।

Read More

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-५ घर भएकी ३७ वर्षीया सुनिता ईधिङगो लिम्बु, काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका-१० घर भएका ३० वर्षीय अभिशेष कराला, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-१ घर भएका ४६ वर्षीय चेतनारायण आचार्य, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-७ घर भएका ४९ वर्षीय रेशम लाल लामा तामाङ र काठमाडौं नागार्जुन नगरपालिका-६ बस्ने काठमाडौं महानगरपालिका-१७ घर भएकी ४२ वर्षीया निलिमा श्रेष्ठ रहेका छन् ।  

पक्राउ मध्ये सुनिताले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ, अभिशेषले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ, चेतनारायणले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ६० हजार रूपैयाँ, रेशमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र निलिमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनितालाई काठमाडौं महानगरपालिका-३२, अभिशेषलाई काठमाडौं महानगरपालिका-१२ बाट, चेतनारायणलाई काठमाडौं महानगरपालिका-२६ बाट र रेशमलाई काठमाडौं महानगरपालिका-६ बाट सोमबार तथा निलिमालाई काठमाडौं नागार्जुन नगरपालिका-६ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

Read More

काठमाडौँ महानगरको आगामी ३ वर्षको आय, व्यय प्रक्षेपण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले आगामी ३ वर्षको आय, व्यय प्रक्षेपण गरेको छ । उपप्रमुख एवं समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा आज बसेको बैठकले, आन्तरिक आयका स्रोत, राजस्वको क्षेत्र र दायरा तथा खर्चको लेखाजोखा गर्दै आय व्यय प्रक्षेपण गरेको हो ।

बैठकले आ. व. २०८३/०८४ का लागि १५ अरब १३ करोड ३० लाख ५५ हजार रुपियाँ, आ. व. २०८३/०८४ का लागि १५ अरब ५१ करोड ८१ लाख ६० हजार रुपियाँ र आ. व. २०८३/०८४ का लागि १५ अरब ९८ करोड ८६ लाख ६५ हजार रुपियाँ आय अनुमान गरेको छ । महानगरपालिकाको आ. व. २०८१/०८२ को यथार्थ आय १० अरब ७४ करोड ४४ लाख ५४ हजार रुपियाँ हो । महानगरपालिकाले चालु आर्थिक वर्षका लागि १५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपियाँ आय लक्ष्य राखेको छ । जसमध्ये अहिलेसम्ममा ५ अरब ६९ करोड रुपियाँ आय संकलन भएको छ ।  

व्ययतर्फ आ. व. २०८३/०८४ का लागि २७ अरब ६२ करोड ५७ लाख ७५ हजार १ सय रुपियाँ, आ. व. २०८४/०८५ का लागि ३० अरब ३८ करोड ८३ लाख ५२ हजार ६१० रुपियाँ र आ. व. आ. व. २०८५/०८६ का लागि ३३ अरब ४२ करोड ७१ लाख ८७ हजार ८७१ रुपियाँ अनुमान गरिएको छ ।

आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा यो चौथो चरणको प्रक्रिया हो । स्थानीय सरकारको बजेट, नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्नका लागि प्रमुख अध्यक्ष रहने स्रोत अनुमान निर्धारण समिति रहने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ मा भएको व्यवस्थाअनुसार यस समितिमा उपप्रमुख र कार्यपालिका सदस्यमध्ये दलित, अल्पसंख्यक पर्ने गरी प्रमुखले तोक्नुभएका ४ जना सदस्य रहनुहुन्छ । समितिको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । समितिले आफूलाई प्राप्त हुने आन्तरिक आय, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपण गर्छ । यसबाट सन्तुलित वितरणको खाका र बजेटको सीमा निर्धारण गरिन्छ ।

आन्तरिक आय, राजस्व बाँडफाँडबाट प्राप्त हुने आय, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, आन्तरिक ऋण तथा अन्य आयको प्रक्षेपण गर्ने, राष्ट्रिय तथा प्रादेशिक प्राथमिकता र स्थानीय आवश्यकतालाई मध्यनजर गरेर प्रक्षेपित स्रोत र साधनको सन्तुलित वितरणको खाका तय गर्ने समितिको काम हो ।

आगामी आ. व. का लागि स्रोत अनुमानको आधारमा बजेटको कुल सीमा निर्धारण गर्ने, विषय क्षेत्रगत बजेटको सीमा निर्धारण गर्ने, प्राथमिकता र आवश्यकताहरुको प्राथमिकीकरणका आधार तय गर्ने काम समितिको हो । यसरी समितिले निर्धारण गरेको स्रोत अनुमान र बजेटको सीमा प्रमुख प्रशासकीय अधिकृतले चैत १५ गतेभित्र विषयगत संरचनाहरुलाई उपलब्ध गराउनु पर्छ । आयोग, विभाग, महाशाखा, शाखा, आयोजना, एकाइ तथा वडाले यही सीमाका आधारमा योजना, आयोजना, कार्यक्रम तथा बजेट तर्जुमा गरेर कार्यपालिकामा पठाउनुपर्छ ।   

यसरी स्रोत अनुमान तथा सीमा निर्धारण समितिले निर्धारण गरेको आयको प्रक्षेपण र वितरणको खाकामा आधारमा वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्न उपप्रमुखको संयोजकत्वमा समितिको व्यवस्था छ । यो समितिमा विषय वा क्षेत्र हेर्ने कार्यपालिका सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृत सदस्य रहनुहुन्छ । योजना विभाग, महाशाखा वा शाखा प्रमुख समितिको सदस्य सचिव रहनुहुन्छ । यही व्यवस्थाबमोजिम महानगरको योजना, अनुगमन तथा मूल्याङ्कन एकाईले काम गर्छ ।

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार पार्ने, बजेट सीमाभित्र रही बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गर्ने, बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रुपमा छलफल गर्ने व्यवस्था मिलाउने, अन्तिम प्रस्ताव तयार गरेर कार्यपालिकामा पेश गर्ने यो समितिको मुख्य काम हो ।

योजना तथा कार्यक्रममा दोहोरो हुन नदिने, आपसी तादाम्यता तथा परिपूरकता कायम गराउनु समितिको जिम्मेवारी हो ।

Read More

काँग्रेसको विभाजनपछि अब के हुन्छ ? के होला निर्वाचनको दिशा ?

काठमाडौँ । नेपाली काँग्रेस संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यबाट निष्काशित गरेसगै पार्टी भित्रको नेतृत्व संघर्ष अब खुलेर देखिएको छ।

संस्थापन पक्षले कारवाहीपछि निर्वाचन आयोगमा पुगेर विशेष महाधिवेशन आयोजना नभएको दाबी गर्दै दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारवाही गरिएको जानकारी दिएको छ। तर अर्कोतर्फ, विशेष महाधिवेशन पक्षले सानेपा कार्यालयबाट भएको उक्त कारवाही खारेज भएको भन्दै आफ्नो अधिकार पुष्टि गरेको छ।

विशेष महाधिवेशन पक्षका महामन्त्री गगन थापाले भने, “हामी विधानअनुसार विशेष महाधिवेशनमा रहेकाले आधिकारिक काँग्रेस हामी हौं। पार्टीको झन्डा र चुनाव चिन्ह पनि हाम्रो पक्षमै रहनेछ।” उनले आयोगमा पनि आफ्ना प्रतिनिधिहरूको हस्ताक्षरसहित महाधिवेशनको औपचारिक जानकारी पहिले नै बुझाइएको बताएका छन्।

विशेष महाधिवेशन पक्षले आजै गगन थापालाई सभापति घोषणा गर्दै नयाँ केन्द्रीय नेतृत्व सर्वसम्मत चयन गर्ने तयारी गरेको बुझिएको छ। यस अवस्थामा काँग्रेसको आधिकारिकता निर्धारण गर्ने जिम्मा अब निर्वाचन आयोग र अदालतको हातमा पुग्ने देखिएको छ।

निर्वाचन आयोगले पार्टी विधान र राजनीतिक दल सम्बन्धि ऐनअनुसार निर्णय गर्ने भए पनि माघ ६ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मनोनयन दर्ता नजिकै हुनुले आयोगमाथि तत्काल निर्णयको दबाब बढाएको छ। साथै, आयोगको निर्णय अदालतमा चुनौती दिइन सक्ने भएकाले कानुनी प्रक्रियाबाट आउने ढिलाईले निर्वाचनमा के कस्तो असर पार्छ भन्ने अहिले ठ्याक्कै अनुमान गर्न गाह्रो छ।

काँग्रेसको विभाजनले आगामी फागुन २१ को निर्वाचनमा पनि ठूलो असर पार्ने देखिएको छ। विभाजनपछि एक पक्षले आधिकारिकता पाउँदा, अर्को पक्ष निर्वाचनबाट विमुख हुनुपर्ने अवस्था उत्पन्न हुन सक्छ। नयाँ दल दर्ता गर्ने समय सकिएको र निर्वाचन मिति नजिक भएको कारण, काँग्रेसको विभाजनले चुनावको तयारी र रणनीतिमा थप जटिलता थपेको छ।

राजनीतिक विश्लेषकहरूले पनि अब काँग्रेसभित्रको आधिकारिकता निर्धारण, निर्वाचन आयोगको निर्णय र सम्भावित अदालतको चुनौती कसरी समाधान हुन्छ भन्ने कुरामा सबैको ध्यान केन्द्रित भएको टिप्पणी गरेका छन्।

Read More

आफ्ना नागरिकलाई तत्काल इरान छोड्न भारतको आग्रह

काठमाडौँ । भारतले इरानको वर्तमान अवस्थालाई ध्यानमा राख्दै भारतीय नागरिकहरूका लागि इरान छोड्न आग्रह गरेको छ ।

तेहरानस्थित भारतीय दुताबासले परिस्थितिलाई ध्यानमा राख्दै, इरानमा रहेका भारतीय नागरिकहरू (विद्यार्थीहरू, तीर्थयात्रीहरू, व्यवसायीहरू र पर्यटकहरू) लाई व्यावसायिक उडानहरू सहित उपलब्ध सबै माध्यमबाट इरान छोड्न सल्लाह दिइएको छ ।

दुताबासले आफ्ना नागरिकहरुलाई विरोध प्रदर्शनस्थलहरूबाट टाढा रहन, इरानस्थित भारतीय दूतावाससँग सम्पर्क कायम राख्न र कुनै पनि घटनाक्रमको निगरानी गर्न आग्रह गरेको छ ।

इरानसँग बढ्दो तनावको बीचमा, संयुक्त राज्य अमेरिकाले पहिले नै आफ्ना नागरिकहरूलाई इरान छोड्न सल्लाहकार जारी गरिसकेको  छ। एक दिन अघि, क्यानडाले पनि आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न सल्लाह दिएको थियो ।

विगत केही हप्तादेखि इरानमा सरकार विरोधी प्रदर्शनहरू भइरहेका छन् । 

Read More

पुराना गल्तीबाट सिकेर अब देशको नेतृत्व लिन्छौँ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब पार्टी नयाँ सोच र नयाँ ढंगले अघि बढ्दै देशको नेतृत्व लिने तयारीमा रहेको बताएका छन्।

बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले आगामी निर्वाचन नजिकिँदै गएको सन्दर्भमा जनताको घर–घरमा पुगेर नेकपाको दृष्टिकोण स्पष्ट रूपमा राख्न कार्यकर्तालाई आग्रह गरे।

प्रचण्डले विगतमा भएका कमजोरी र गल्तीबाट पाठ सिकेर अब जिम्मेवार र परिपक्व राजनीतिक अभ्यासतर्फ पार्टी अघि बढ्न चाहेको स्पष्ट पारे। “हामी पुराना गल्तीबाट सिकेर नयाँ ढंगले अगाडि जान चाहेका छौँ र यो देशको नेतृत्व लिन चाहेका छौँ भन्ने कुरा जनतासामु स्पष्ट रूपमा राख्न जरुरी छ,” उनले भने।

उनले काठमाडौं उपत्यकाको राजनीतिक र सामाजिक संरचनाबारे पनि टिप्पणी गरे। उपत्यकाको मूल समुदाय नेवार रहेको उल्लेख गर्दै प्रचण्डले नेवार समुदायका धेरै क्षमतावान नेता नेकपामा समाहित भइसकेको दाबी गरे। यही कारण अब उपत्यकामा नेतृत्वको दाबीलाई लिएर अन्योल आवश्यक नरहेको उनको भनाइ थियो।

“काठमाडौं उपत्यकाको संरक्षण र पहिचानको सवालमा नेवार समुदायको भूमिका निर्णायक छ। आज क्षमता, नेतृत्व र समुदायको केन्द्रीकरण नेकपातर्फ भएको छ,” प्रचण्डले भने। साथै उनले नेकपा कुनै एक जाति वा समुदायको पार्टी नभई सबै वर्ग, जाति, क्षेत्र र समुदायको साझा राजनीतिक मञ्च भएको पनि प्रस्ट पारे।

प्रचण्डले उपत्यकाका जटिल समस्या, सामाजिक विविधता र विकासका चुनौतीबारे पार्टी जानकार रहेको उल्लेख गर्दै सबै समुदायको सहकार्यबाट मात्रै स्थायी समाधान सम्भव हुने धारणा राखे। उनका अनुसार आगामी दिनमा नेकपाले काठमाडौं उपत्यकासहित देशभर जनताको विश्वास जित्ने गरी राजनीतिक अभियानलाई तीव्र बनाउनेछ।

Read More