२०८३ बैशाख १३

युएईको हावाई क्षेत्र अस्थायी रुपमा बन्द

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले इरानबाट भइरहेको आक्रमणका बीच आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ ।

देशको नागरिक उड्डयन निकायले उडान र विमानकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर सावधानीका रूपमा यस्तो निर्णय गरिएको जनाएको छ ।

सरकारी माध्यमका अनुसार इरानतर्फबाट क्षेप्यास्त्र र मानव रहित उड्ने उपकरणको नयाँ आक्रमण सुरु भएको जानकारी पाएपछि यस्तो कदम चालिएको हो ।

यसैबीच युएईको रक्षा मन्त्रालयले देशमाथि आएको आक्रमणको सामना गरिरहेको जनाएको छ । मन्त्रालयका अनुसार वायु रक्षा प्रणाली सक्रिय पारिएको छ र इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र तथा मानव रहित उड्ने उपकरणलाई आकाशमै रोक्ने प्रयास भइरहेको छ ।

दुबईका अधिकारीहरूले शहरका विभिन्न स्थानमा सुनिएका ठूलो विस्फोटजस्ता आवाज वास्तवमा वायु रक्षा प्रणालीले क्षेप्यास्त्र र मानव रहित उड्ने उपकरणलाई खसाल्ने क्रममा आएका आवाज भएको बताएका छन् । 

पछिल्लो समय इरानतर्फबाट खाडी क्षेत्रका केही देशतर्फ क्षेप्यास्त्र र मानव रहित उड्ने उपकरणबाट आक्रमण भएका घटनाहरू सार्वजनिक भइरहेका छन् ।

Read More

स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षणका लागि महानगर र वीर अस्पतालबीच सम्झौता

काठमाडौँ । महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको छ ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसी. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

क्यान्सरको सम्भावना समयमा थाहा पाउन सकियो भने व्यक्तिलाई बचाउन सकिन्छ । क्यान्सर नसर्ने रोगको पहिलो समस्या हो । यसकारण महानगरपालिकाले क्यान्सर नियन्त्रणका लागि परीक्षण र प्रारम्भिक उपचारका लागि सहकार्य गरेको हो । 

स्वास्थ्य विभागका प्रमुख केसीका अनुसार ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरु परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह रहेका छन् । परीक्षण चैत १६ गतेदेखि सुरु हुनेछ । हरेक दिन १ सय जनादेखि १२० जनासम्मको परीक्षण गर्ने गरी योजना कार्यान्वयन गरिनेछ । 

कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल स्लिप प्राप्त हुन्छ । यो स्लिपमा उल्लेख भएको मिति र समयमा अस्पताल जानुपर्छ । 

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपीभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ । 

Read More

फिफा विश्वकप अहिलेसम्म कति देशले आयोजना गरेका छन् ?

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप फुटबलको तेइसौँ संस्करण सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने तयारी भइरहेको छ । इतिहासमै पहिलो पटक तीन देशले संयुक्त रूपमा यो प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

विश्वकप फुटबलको सुरुआत सन् १९३० मा उरुग्वेबाट भएको थियो । पहिलो प्रतियोगितामा आयोजक उरुग्वेले नै उपाधि जित्दै इतिहास रचेको थियो। त्यस यता हालसम्म २२ संस्करण सम्पन्न भइसकेका छन् र १८ देशले प्रतियोगिता आयोजना गर्ने अवसर पाएका छन् । तीमध्ये पाँच देशले एकभन्दा बढी पटक प्रतियोगिता आयोजना गरेका छन् ।

दक्षिण अमेरिकाबाट उरुग्वे, ब्राजिल, चिली र अर्जेन्टिनाले विश्वकप आयोजना गरिसकेका छन्। युरोप महादेशमा भने सबैभन्दा धेरै प्रतियोगिता भएका छन् । इटाली, फ्रान्स, स्विट्जरल्याण्ड, स्विडेन, इंग्ल्याण्ड, जर्मनी, स्पेन र रसियाले विभिन्न समयमा विश्वकप आयोजना गरेका छन् । पछिल्लो पटक सन् २०१८ मा रसियामा विश्वकप सम्पन्न भएको थियो ।

अफ्रिका महादेशबाट हालसम्म दक्षिण अफ्रिकाले मात्र विश्वकप आयोजना गरेको छ । सन् २०१० को प्रतियोगिता उत्साहपूर्ण वातावरणका कारण धेरै समर्थकका लागि स्मरणीय बनेको थियो । एशियाबाट जापान, दक्षिण कोरिया र कतारले विश्वकप आयोजना गरिसकेका छन् । त्यस्तै २०३० मा मोरक्को पोर्चुगल र स्पेनले आयोजना गर्दैछन् भने सन् २०३४ को विश्वकप साउदी अरबमा आयोजना हुने तय भइसकेको छ ।

विश्वकप इतिहासमा केही देशले एकभन्दा बढी पटक प्रतियोगिता आयोजना गरेका छन् । मेक्सिकोले सन् १९७० र १९८६ मा विश्वकप आयोजना गरेको थियो । सन् २०२६ मा पुनः आयोजना गर्दा मेक्सिको तीन पटक विश्वकप आयोजना गर्ने पहिलो देश बन्नेछ ।

यस्तै इटालीले सन् १९३४ र १९९०, फ्रान्सले सन् १९३८ र १९९८ तथा जर्मनीले सन् १९७४ र २००६ मा प्रतियोगिता आयोजना गरेका छन् । दक्षिण अमेरिकाबाट ब्राजिलले सन् १९५० र २०१४ मा विश्वकप आयोजना गरेको थियो ।

इतिहास हेर्दा घरेलु मैदानको फाइदा पनि देखिन्छ। अहिलेसम्मका २२ संस्करणमध्ये ६ पटक आयोजक देशले नै उपाधि जितेका छन् । उरुग्वेले १९३० मा, इटालीले १९३४ मा, इंग्ल्याण्डले १९६६ मा, पश्चिम जर्मनीले १९७४ मा, अर्जेन्टिनाले १९७८ मा र फ्रान्सले १९९८ मा आफ्नै देशमा उपाधि जितेका थिए ।

विश्वकप आयोजना गर्न चाहने देशले खेलमैदान, यातायात, बसोबास, सुरक्षा र आर्थिक व्यवस्थासम्बन्धी मापदण्ड पूरा गर्नुपर्छ । विस्तृत प्रस्ताव पेस भएपछि सदस्य देशका प्रतिनिधिले मतदान गरेर आयोजक देश चयन गर्ने व्यवस्था छ ।

प्रतियोगितामा टोलीको संख्या बढ्दै गएकाले अब एकभन्दा बढी देशले संयुक्त रूपमा आयोजना गर्ने चलन पनि बढ्दै गएको छ । सन् २०२६ को विश्वकप त्यसको पहिलो ठूलो उदाहरण बन्नेछ ।

Read More

चिनियाँ वैज्ञानिकहरूले बनाए विश्वकै सबैभन्दा सटीक अप्टिकल घडी

काठमाडौँ । चिनियाँ वैज्ञानिकहरूले संसारकै सबैभन्दा सटीक अप्टिकल घडीहरू मध्ये एक विकास गरेका छन् । यो घडी यति सटीक छ कि ३० अर्ब वर्षमा पनि यसमा केवल १ सेकेन्डको त्रुटि हुनेछ । वैज्ञानिकहरू विश्वास गर्छन्, यो प्रविधिले भविष्यमा दोस्रो, समयको सबैभन्दा सानो एकाइलाई पुन: परिभाषित गर्न मद्दत गर्न सक्छ ।

यो घडीले परमाणुहरूमा इलेक्ट्रोनहरूले ऊर्जा स्तर परिवर्तन गर्दा उत्सर्जित प्रकाशको आवृत्ति मापन गरेर समय निर्धारण गर्दछ । अप्टिकल घडीहरूलाई हाल संसारको सबैभन्दा सटीक समय मापन प्रविधि मानिन्छ ।

यस्तो सटीक घडीले उपग्रह नेभिगेसन, दूरसञ्चार र वैज्ञानिक मापनलाई धेरै मद्दत गर्न सक्छ । यसबाहेक, यसले गुरुत्वाकर्षणमा हुने साना परिवर्तनहरू, पृथ्वीको सतहमा हुने परिवर्तनहरू र ज्वालामुखी गतिविधिलाई अझ सही रूपमा बुझ्न मद्दत गर्न सक्छ ।

वैज्ञानिकहरू भन्छन्, यदि विश्वभरका विभिन्न संस्थाहरूमा अवस्थित कम्तिमा तीनवटा यस्ता घडीहरूले समान शुद्धताका साथ काम गरे भने, भविष्यमा एक सेकेन्डको परिभाषा पुन: परिभाषित गर्न सकिन्छ ।

Read More

सुपर मार्केट रहेको बाम शक्ति नाङलो पसल बनेको गोकुल बास्कोटाको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले यस निर्वाचनमा वामपन्थी शक्तिलाई ६२ प्रतिशत नोक्सानी भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यसपटक वाम शक्तिलाई करिब ६२ प्रतिशत नोक्सानी परेको टिप्पणी गर्दै यसको कारण खतरा, घेराबन्दी र षड्यन्त्रजस्ता विषयको विश्लेषण र तयारी पहिले नै गरिएको हुन सक्ने बताएका छन् । उनले सुपर मार्केट नाङलो बन्यो भनेर चासो राख्न आवश्यक नदेखिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘काकाको बारीको समेत हिसाब गर्दा ६२ प्रतिशत लस परेछ- वाम पसललाई यो पल्ट । सुपर मार्केट नाङलो बन्यो भनेर चासो राख्न आवश्यक देखिन यसर्थ कि खतरा विष्लेषण र संस्लेषण रेडि नै होला- धोका, घेराबन्दी, षडयन्त्र आदि भन्ने । सिण्डीकेट, प्रतिशोध र प्रालिको कुरा पर्दैन ।अब फिचर विनाको नोकियाको ब्राण्डिङ न हो ।’

Read More

अ बाट आमाले बक्स अफिसमा कमायो करिब १३ करोड

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको फागुन ३० गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार अ बाट आमाले बक्स अफिसमा शानदार कमाई गरेको छ । 

माघ १६ गतेदेखि रिलिज भएको आ बाट आमाले बक्स अफिसमा अहिलेसम्म १२ करोड ९९  लाख ३ हजार ८२० कमाई गरेको छ । यस फिल्मका ४ लाख ९७ हजार ९६३ टिकट विक्री भएको बोर्डले जनाएको छ । 

त्यस्तै माघ २३ गतेदेखि रिलिज भएको अर्को फिल्म कुमारीले अहिलेसम्म ६६ लाख १४ हजार कमाएको छ । यस फिल्मको अहिलेसम्म २० हजार ७६२ टिकट बिक्रि भएको छ ।

त्यसैगरी माघ २३ गते नै रिलिज भएको अर्को फिल्म रमिताकी पिरतीले ३० लाख ७० हजार ४५३ कमाई गरेको छ । अहिलेसम्म रमिताकी पिरतीको ९ हजार ९०२ टिकट बिक्री भएको छ ।  त्यस्तै फागुन १५ गते रिलिज भएको प्रवासी जीवनले एक लाख ४४ हजार २७० कमाएको छ । 

Read More

रवि लामिछानेको मुद्दाको सुनुवाई आज पनि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटको सुनुवाई आजपनि हुने भएको छ ।

यी रिट आइतबार र सोमबार हेर्दा हेर्दैमा राखिएको थियो । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शार‌ङ्गा सुवेदी, सुनिलकुमार पोखरेलको इजलासमा रिट निवेदक र सरकारी वकिलको बहस पछि आज बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । 

यो रिट अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा दायर गरेका थिए । रिटमा महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ । रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने  निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने  बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन् ।

Read More

शिखर पावर डेभलपमेन्टको आइपिओको बाँडफाँड आज हुदै

काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपिओको बाँडफाँड आज हुने भएको छ । 

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आइपिओको बाँडफाँड आज बिहान ८: ३० बजे हुने जानकारी दिएको छ ।

कम्पनीले फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो । यस आइपिओमा ऐतिहासिक २७ लाख ६७ हजार ११४ जनाले आवेदन दिएका छन् । यो आइपिओको इतिहासकै सबैभन्दा धेरै लगानीकर्ताले आवेदन दिएको आइपिओ बनेको छ । 

कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्युअर रेटिङ डबल बी प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Read More

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि गर्ने अभिमुखीकरण कार्यक्रम आज र भोली हुदैछ । 

आज र भोली रास्वपाका प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदरूलाई गरिने अभिमुखीकरण कार्यक्रममा मोबाइल फोन निषेध गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । कार्यक्रम ललितपुरको ग्वार्कोस्थित एक होटलमा हुने छ । कार्यक्रममा समापनमा मात्र सभापति रवि लामिछाने सहभागी हुने जानकारी दिएका छन्।  

फागुन २१ गतेको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी कुल १८२ सिट जितेको छ। 

Read More