२०८३ बैशाख १३

रवि लामिछानेसहितको मुद्धाको सुनुवाई आजपनि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट सर्वोच्च अदालतमा आजपनि सुनुवाई हुदैछ । 

सोमबार  र मंगलबार न्यायाधीशद्धय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा हेर्दा हेर्दैमा राखिएको यो रिटमा आज पनि सुनुवाई हुदैछ ।  

यअसघि न्यायाधीशद्धय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले तीन दिन बहस सुनेर फाइल मगाउने आदेश गरेको थियो । 

यो रिट अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा दायर गरेका थिए । रिटमा महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ । रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् । 

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने  निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने  बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन् ।

Read More

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले आज शपथ लिदै

काठमाडौँ । प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीको आज शपथ लिदैछन् । 

उनले आज बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सांसदको पद  तथा गोपनियताको शपथ लिन लागेका हुन् । 

नेपाली कांग्रेसको समानुपातिकबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट शपथ लिएपछि उनैले आगामी चैत १२ गते अन्य सांसदहरुलाई शपथ गराउनेछन् । सांसदहरुको शपथ भने सिंहदरबारमा हुनेछ । त्यसको लागि संसद सचिवालयले निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हललाई तयार भइसकेको छ । 

चैत्र १२ गते सांसदहरुको शपथपछि चैत्र १३ गते शुक्रबार नयाँ प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले शपथ लिने तयारी गरिएको छ । उनले शीतल निवासमै शपथ लिने तयारी गरिएको छ । बालेनलाई रास्वपाले यसअघि नै बालेनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने बताएको छ ।

Read More

साफ यू- २० च्याम्सिपयनसिपमा आज नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौँ । साफ यू- २० पुरुष च्याम्सिपयनसिप अन्तर्गत नेपालले  आज श्रीलंकाको सामना गर्दै छ ।  माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो ३: ४५ बजेबाट सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने श्रीलंकाले माल्दिभ्सलाई ३-२ गोल अन्तरले पराजित गरेर विजयी शुरुवात गरेको छ ।

त्यस्तै आजै दोस्रो खेलमा माल्दिभ्स र भुटान भिड्दैछन् । यो खेल राति साढे ८ बजेदेखि शुरु हुने छ ।  

साफ यू- २० पुरुष च्याम्सिपयनसिप खेल्ने नेपाली टिममा  धर्मेन्द्र कुँवर (कप्तान), अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उराँव, विज्ञान खड्का, विनायक थारु, गणेश पुलामी मगर, जोन विष्ट, निशान राज लावत, पवन पाख्रिन, पेम्बा नुरबु भोटे, प्रशान्त मोक्तान, रोहन तामाङ, रोहन तामाङ, रोहन तामाङ, रोहन तामाङ। सविनकुमार लुंगेली मगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत र सुजन डंगोल रहेका छन् ।

साफ यू- २० पुरुष च्याम्सिपयनसिपमा ७ देशले प्रतिस्पर्धा गर्दै छन् ।   जसमा समूह ए मा नेपालसहित आयोजक माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन् भने समूह बी मा साविक विजेता भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

Read More

पीएम कपमा आज पनि दुई खेल

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् ।

आज पीएम कपमा कर्णाली प्रदेश र कोशी प्रदेश बीच जनकपुरमा खेल हुदै छ भने मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश पर्सामा खेल्दैछन् ।

एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । 

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल  कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपात भैरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लु्म्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भु-भागमा आँशिक बादल लाग्नेछ र तराई भू-भागमा  मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भु-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै आज राती सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भु-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ।  कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More

कुवेत, जोर्डन र साउदी अरेबियामा मिसाइल र ड्रोन आक्रमण

काठमाडौँ । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण हुँदा इन्धन ट्यांकीमा आगलागी भएको छ ।

कुवेत नागरिक उड्डयन प्राधिकरणले घटनाको पुष्टि गर्दै प्रारम्भिक जानकारीअनुसार मानवीय क्षति नभएको जनाएको छ । प्रवक्ता अब्दुल्ला अल राजहीका अनुसार क्षति सम्पत्तिमा मात्रै सीमित रहेको छ । घटना लगत्तै विमानस्थलमा आपतकालीन व्यवस्था लागू गरिएको छ भने दमकलसहितका टोली आगो नियन्त्रणमा जुटेका छन् ।

यता, जोर्डन र साउदी अरेबियामा पनि मिसाइल र ड्रोन आक्रमणको घटना सार्वजनिक भएको छ । जोर्डनको राजधानी अम्मान नजिकै कम जनघनत्व भएको क्षेत्रमा मिसाइलका टुक्रा खसेको जनाइएको छ । त्यहाँ पनि कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । युद्ध सुरु भएदेखि हालसम्म जोर्डनभर सयौँ मिसाइलका अवशेष खसेका बताइएको छ ।

साउदी अरेबियाले सुरक्षा सतर्कता बढाएको छ । साउदी रक्षा मन्त्रालयका अनुसार पूर्वी क्षेत्रमा लक्षित एक बैलिस्टिक मिसाइल र कम्तीमा छ वटा ड्रोनलाई वायु प्रतिरक्षा प्रणालीले खसालेको छ ।

Read More

२०८२ चैत ११ गते बुधबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ चैत ११ गते बुधबार ईस २०२६ मार्च २५ नेपाल सम्बत ११४६ चौलाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल सप्तमी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, आयुष्मान योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ४ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १८ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । आज परदेशमा रहेका आफन्तजन वा बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलन हुने समय हो । वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको÷नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । दाजुभाइको सरसहयोगमा केही समय बिताउनुपर्ने हुन्छ, त्यस्तै परिवारजनको आवश्यकता वा छोराछोरीको उन्नतिप्रगतिका निमित्त पनि खट्नुपर्ने समय छ । राज्यपक्ष वा प्रशासनिक कामका साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ । सिनियर्सलाई खुशी बनाउन सकिने छ, कारोबारबाट फाइदा हुने अथवा नोकरीमा प्रशंसा पाउने समय हो, अचानक हातमा धन आइपुग्न सक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । धार्मिक÷सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । भाग्यले साथ दिन समय हो, कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । महत्त्वपूर्ण काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिन्छ । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा हा मा हा मिलाउनुभन्दा नाइँ पनि भन्दा फाइदा हुनसक्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

असहाय र दुःखीको सहयोग गर्दा मनमा छुट्टै सन्तुष्टिको आभास हुनेछ, घरमा सम्पर्क भएको छैन भने सम्पर्क गरी बृद्धबृद्धाको आशीर्वचन लिनुहोला । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्नेछन् । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । पारिवारिक वातावरण सुखशान्तिले भरिपूर्ण देखिन्छ, पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ । यद्यपि एकअर्काको भावनाको कदर गर्नु समुचित हुनेछ । अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । मायाप्रीति र सामीप्य बढ्ने तथा मित्रता र प्रेमको बन्धन कसिने वेला हो । कुनै भोज-पार्टीमा अतिथिका रूपमा सत्कार पाउन सकिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ÷लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ, तर सामाजिक गतिविधिमा सक्रिय हुँदा काममा बाधा पुग्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ । असम्भव आशामा वा जोखिममूलक काममा धन लगानी गर्नु हुँदैन । उता  घर÷परिवारको बारम्बार याद आउनाले मानसिक तनावसमेत बढ्नसक्छ । खातापातालाई दुरुस्त बनाइने छ, उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्ने देखिन्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ । मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो, नयाँ लगानीप्रति आकर्षण देखाउँदा राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन हो, साथै मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्नसक्छ । जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै जिम्मेवारीप्रति पनि हेलचक्र्याइँ गर्नु हुँदैन । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ ।

Read More