२०८३ बैशाख १३

ओलीले दिए बालेनलाई बधाई

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका छन् । 

ओलीले सामाजिक सञ्जालमार्फत नवनियुक्त प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

बालेनको शपथ समारोहमा भने ओली अनुपस्थित रहेका थिए । ओलीले आफु पिताको निधनका कारण दुखमा रहेकोले शपथमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपतिको कार्यालयलाई गराएका थिए ।

Read More

कानुनमन्त्री सोविता गौतमबाट पदबहाली

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पदबहाली गरेकी हुन् ।

पदबहाली पछि कुरा गर्दै गौतमले मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउने बताएकी छन् ।

Read More

बालेनलाई बधाई दिदै गगन थापाले भने- समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सहयोग गर्छौं

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले बालेन शाहलाई बधाई दिदै देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल मार्फत सभापति थापाले शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूलाई बधाई दिदै देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने उल्लेख गरेका छन् ।

Read More

३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारी पाएको भन्दै सुशिला कार्की खुशी

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशिला कार्कीले ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाएको भन्दै खुशी व्यक्त गरेकी छन् ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिदै कार्कीले ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउदा मलाई थप हर्षित बनाएको बताएकी हुन् । उनले जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस् भन्ने कामना समेत गरेकी छन् ।

Read More

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले गरे पदबहाली

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पदबहाली गरेका छन् ।

शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् । 

३५ बर्षिय लम्साल रुपन्देही १ बाट निर्वाचित सांसद हुन् । उनले यसअघि बालेन शाह काठमाडौँ महानगरको मेयर हुदा पूर्वाधार विज्ञको रुपमा काम गरेका थिए ।

उनले हाल काठमाडौँ विश्वविधालयबाट पीएचडी अध्ययन समेत गरिरहेका छन् ।  

Read More

देउवाले दिए बालेनलाई बधाई

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त  भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

देउवाले सामाजिक सञ्जाल मार्फत बालेनलाई बधाई दिदै आजै नियुक्त भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई तथा सफलताको शुभकामना दिएका छन् ।

चुनाव अघि उपचारका लागि सिंगापुर गएका देउवा हाल हङकङमा रहेका छन् ।

Read More

बालेनलाई बधाई दिदै कुलमानले भने- आवश्यक सुझाव दिन्छौं र रचनात्मक खबरदारी गर्छौं

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिनिधि सभामा करिब दुई तिहाइ बहुमतसहित प्रधानमन्त्री बनेका शाहलाई सफल कार्यकालको कामना गर्दै घिसिङले नयाँ सरकारबाट सुशासन र विकासको अपेक्षा गरिएको बताएका छन् ।

उनले जनताको मतका आधारमा गठन भएको सरकारले संविधान र शासन प्रणालीलाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने तथा अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

यसैगरी प्रविधि, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनसँगै पूर्वाधार विकासलाई मजबुत बनाउने अपेक्षा पनि गरिएको उनको भनाइ छ ।

घिसिङले सुशासन, समृद्धि र सामाजिक न्यायसहितको देश निर्माणमा सरकार सफल होस् भन्ने कामना गर्दै आफ्नो पार्टीले सरकारलाई आवश्यक सुझाव दिने र कामकारबाहीमा रचनात्मक खबरदारी गर्ने प्रतिबद्धता जनाएका छन् ।

Read More

बालेनलाई मोदीको बधाई, मित्रता र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपाली प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत मोदीले बालेनलाई बधाई दिदै नेपाली जनताले उनको नेतृत्वमाथि विश्वास गरेको देखाएको उल्लेख गरेका छन् ।

मोदीले नेपाल-भारतबीचको मित्रता र सहकार्यलाई अझ मजबुत बनाउदै दुवै देशका जनताको हितमा मिलेर काम गर्न आफू इच्छुक रहेको उल्लेख गरेका छन् ।

Read More

बालेनको शपथ कार्यक्रममा ओली अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बालेनको शपथ ग्रहण समारोहमा सहभागी भए पनि ओली अनुपस्थित भएका हुन् ।

पिताको निधनपछि सेतो वस्त्रमा रहेका ओलीले आफू शपथ समारोहमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपतिको कार्यलयलाई गराएको बताइएको छ ।

त्यस्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा रहेका कारण समारोहमा अनुपस्थित रहेका थिए । काँग्रेसका सभापति गगन थापा पनि शपथ ग्रहण समारोहमा अनुपस्थित रहेका छन् ।

Read More

श्रीलंकामा इन्धन वितरणमा राशन प्रणाली लागू

काठमाडौँ । श्रीलंकाले इन्धनको संकट बढेपछि आपूर्ति व्यवस्थापनका लागि पुनः राशन प्रणाली लागू गरेको छ । इरानसँगको युद्धका कारण उत्पन्न संकटको जोखिम बढेपछि यस्तो कदम चालिएको हो।

श्रीलंकाले आफ्नो करिब ६० प्रतिशत ऊर्जा आवश्यकता आयातमार्फत पूरा गर्दै आएको छ, जसको ठूलो हिस्सा स्ट्रेट अफ होर्मुजबाट आउने गर्छ । उक्त मार्ग प्रभावित भएपछि अवस्था झनै जटिल बनेको छ । हाल देशसँग करिब एक महिनाका लागि मात्र इन्धन भण्डारण रहेको जनाइएको छ।

यसैबीच श्रीलंका सरकारले क्यूआर कोडमा आधारित इन्धन राशन प्रणाली लागू गरेको छ, जुन यसअघि २०२२ को आर्थिक संकटमा पनि प्रयोग गरिएको थियो ।

नयाँ व्यवस्थाअनुसार मोटरसाइकललाई साप्ताहिक ८ लिटर पेट्रोल, अटो रिक्सा २० लिटर, कार २५ लिटर, बसलाई १०० लिटर डिजेल र ट्रकलाई २०० लिटर डिजेल वितरण गरिनेछ ।

Read More