२०८३ बैशाख १३

बालेनसहित यी १५ मन्त्रीले लिए शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको शपथ गरेका छन् ।

शुक्रबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई देशको ४३औं प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ गराएका हुन् । 

प्रधानमन्त्री बालेनसँगै १५ मन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथ लिएका छन् । बालेनले आफुसँग रक्षा तथा उद्योग मन्त्रालय आफैसँग राखेका छन् । 

जसमा अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, सुदन गुरुङ गृहमन्त्री, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्रीमा सुनिल लम्साल, उर्जामन्त्रीमा विराज भक्त श्रेष्ठ, पर्यटनमन्त्रीमा गणेश पौडेल, सस्मित पोखरेल शिक्षामन्त्री, स्वास्थ्य मन्त्रीमा निशा मेहता, डा. विक्रम तिमल्सिना सञ्चारमन्त्री, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, कानुनमन्त्रीमा सोबिता गौतम, गीता चौधरीले कृषिमन्त्री,  दिपक शाह श्रममन्त्री र महिला बालबालिका मन्त्रीमा सीता वादीले शपथ लिएका छन् ।

Read More

बालेन शाहले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौँ । बालेन शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन् ।

शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई देशको ४३औं प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ गराएका हुन् । 

शपथ अघि ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गरिएको थियो ।

शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशिला कार्कीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसअघि आजै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

Read More

मन्त्रीको सूचीबाट हटाइयो अमरेशको नाम

काठमाडौँ । सर्लाही-४ बाट सांसद बनेका डा. अमेरेश कुमार सिंह मन्त्री नबन्ने भएका छन ।

यस अघि रास्वपाको मन्त्री बन्ने सूचीमा सिंह उद्योगमन्त्री बन्ने भनिएको भएपनि अन्तिम समयमा उनको नाम हटाइएको स्रोतले जानकारी दिएको छ । अब उद्योग मन्त्रालय प्रधानमन्त्री बालेन शाहले नै राख्ने बताइएको छ ।

Read More

डिपी अर्याललाई सभामुख बनाउने सहमति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

रास्वपा उपसभापति डिपी अर्याललाई सभामुख बनाउनेमा बालेन र सभापति रवि लामिछाने सहमत भएका छन् । अर्यालले यसअघि गृहमन्त्रीमा दाबि गरे पनि बालेन त्यसमा सहमत नभएपछि उनलाई सभामुख बनाइने भएको हो ।  सभामुख बनेमा उनले पार्टीको सदस्यता छोड्नुपर्ने हुन्छ ।

यसैबीच रास्वपाका नेताहरुले मन्त्रीहरुको नाम पनि टुंगो लगाएका छन् । जस अनुसार सुदन गुरुङ गृहमन्त्री बन्दै छन् भने अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, कानुनमन्त्रीमा सोबिता गौतम, उद्योगमन्त्रीमा डा. अमरेश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्रीमा सुनिल लम्साल, उर्जामन्त्रीमा विराज भक्त श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा निशा मेहता, महिला बालबालिका मन्त्रीमा सीता वादी, पर्यटनमन्त्रीमा गणेश पौडेलको नाम निश्चित भएको छ । 

त्यस्तै सस्मित पोखरेल शिक्षामन्त्री, विक्रम तिमल्सिना सञ्चारमन्त्री, दिपक शाह श्रममन्त्री र गीता चौधरी कृषि मन्त्री बन्ने भएकी छन् । 

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गरेका छन् भने उनले १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको शपथ लिदैछन् ।

Read More

भारतले पेट्रोल र डिजेलमा लाग्ने उत्पादन कर प्रतिलिटर १० ले घटायो

काठमाडौँ । भारत सरकारले इन्धन संकटका बीचमा पेट्रोल र डिजेलमा लाग्ने उत्पादन कर घटाएको छ । कच्चा तेल संकटबीच आम उपभोक्ता र तेल कम्पनीलाई राहत दिन यस्तो निर्णय गरिएको बताइएको छ ।

भारत सरकारले पेट्रोलमा प्रति लिटर १३ भारु रहेको शुल्क १० रुपैयाँ घटाएर अब ३ रुपैयाँ कायम गरेको छ भने डिजेलमा रहेको प्रति लिटर १० रुपैयाँ उत्पादन शुल्क पूर्ण रूपमा हटाएर शून्य बनाइएको छ ।

सरकारको यो निर्णयले तेल कम्पनीहरूको आम्दानी सन्तुलनमा सुधार आउने र बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न नदिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Read More

विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्दै

काठमाडौ । बालेन नेतृत्वको सरकारमा डा. विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्ने निश्चित भएको छ । ४३ बर्षिय तिमिल्सिना नुवाकोट १ बाट निर्वाचित सांसद हुन् ।

अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा क्रियाशील छन् ।

Read More

बालेन सरकारमा यी १५ जना बन्दैछन् मन्त्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

यसैबीच रास्वपाका नेताहरुले मन्त्रीहरुको नाम पनि टुंगो लगाएका छन् । जस अनुसार सुदन गुरुङ गृहमन्त्री बन्दै छन् भने अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, कानुनमन्त्रीमा सोबिता गौतम, उद्योगमन्त्रीमा डा. अमरेश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्रीमा सुनिल लम्साल, उर्जामन्त्रीमा विराज भक्त श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा निशा मेहता, महिला बालबालिका मन्त्रीमा सीता वादी, पर्यटनमन्त्रीमा गणेश पौडेलको नाम निश्चित भएको छ ।

त्यस्तै सस्मित पोखरेल शिक्षामन्त्री, विक्रम तिमल्सिना सञ्चारमन्त्री, दिपक शाह श्रममन्त्री र गीता चौधरी कृषि मन्त्री बन्ने भएकी छन् ।

त्यसैगरी रास्वपा उपसभापति डिपी अर्याललाई सभामुख बनाउनेमा बालेन र सभापति रवि लामिछाने सहमत भएको बताइएको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गरेका छन् भने उनले १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको शपथ लिदैछन् ।

Read More

बालेन सरकारको उद्योग मन्त्री बन्दै अमरेश कुमार सिहं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठनसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पनि टुंगिएको छ। पार्टीले अमरेश कुमार सिंहलाई उक्त मन्त्रालयको मन्त्री बनाउने निर्णय गरेको छ।

रास्वपाले शुक्रबार बसेको आन्तरिक छलफलबाट अमरेश कुमार सिंहलाई मन्त्री बनाउने निष्कर्ष निकालेको हो। बालेन शाह नेतृत्वको सरकारमा उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइनेछ र आजै शपथ लिने तयारी गरिएको छ।

अमरेश कुमार सिंह सर्लाही–४ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन्। उनले नेपाली कांग्रेसका चर्चित नेता गगन थापालाई पराजित गर्दै चुनाव जितेका थिए, जसले उनको राजनीतिक हैसियत थप मजबुत बनाएको छ।

अब उद्योग, वाणिज्य तथा आपूर्ति जस्तो महत्वपूर्ण मन्त्रालयको नेतृत्व सिंहले सम्हाल्ने भएका छन्। निजी क्षेत्र, व्यापार र आपूर्ति व्यवस्थासँग प्रत्यक्ष जोडिएको यो मन्त्रालयमा उनको भूमिकालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

रास्वपा नेतृत्वको सरकारमा विभिन्न मन्त्रालयका जिम्मेवारीहरू क्रमशः टुंगिँदै गएका छन्। मन्त्रीहरूको सूची सार्वजनिक हुँदै जाँदा सरकारको पूर्ण स्वरूप पनि प्रस्ट बन्दै गएको छ।

Read More

ऊर्जा मन्त्रालयमा बिराजभक्त श्रेष्ठको इन्ट्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषय पनि स्पष्ट हुँदै गएको छ।

स्रोतका अनुसार रास्वपा नेतृत्वले बिराजभक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको छ। पार्टीभित्रको छलफलपछि उनी यस महत्वपूर्ण मन्त्रालयका लागि सहमतिमा पुगेका हुन्।

श्रेष्ठ काठमाडौं-८ क्षेत्रबाट निर्वाचित सांसद हुन्। उनी युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा चिनिन्छन्, जसले पार्टीभित्र पनि सक्रिय भूमिका खेल्दै आएका छन्।

बिराजभक्त श्रेष्ठ यसअघि खेलकुदमन्त्रीको रूपमा काम गरिसकेका छन्। सरकारी अनुभवका कारण ऊर्जा मन्त्रालय जस्तो रणनीतिक क्षेत्रको जिम्मेवारी दिन पार्टी नेतृत्वले उपयुक्त ठानेको बुझिएको छ।

ऊर्जा तथा जलस्रोत जस्तो संवेदनशील र विकाससँग प्रत्यक्ष जोडिएको क्षेत्रमा श्रेष्ठको सम्भावित नियुक्तिले आगामी नीतिगत प्राथमिकता कस्तो हुने भन्नेमा चासो बढाएको छ। रास्वपा सरकारको समग्र स्वरूपसँगै अब मन्त्रालयगत जिम्मेवारी पनि क्रमशः स्पष्ट बन्दै गएको छ।

Read More

सुन तोलाको ४६ सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ४६ सयले घटेर तोलाको २ लाख ८१ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८५ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ४६७० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८२० मा कारोबार भएको थियो ।

Read More