२०८३ बैशाख १३

रास्वपा सरकारमा नयाँ शक्ति उदाउँदैः सुधन गुरुङ गृहमन्त्री बन्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठनको क्रममा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने चासो बढिरहेका बेला गृहमन्त्रालयका लागि नयाँ नाम अगाडि आएको छ ।

पार्टीभित्रको आन्तरिक छलफलले सुधन गुरुङलाई गृहमन्त्री बनाउने दिशामा सहमति नजिक पुगेको स्रोतहरूले बताएका छन्। सुरक्षा र प्रशासनसँग जोडिएको महत्वपूर्ण मन्त्रालय भएकाले यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

गुरुङ गोरखा–१ क्षेत्रबाट निर्वाचित सांसद हुन्। उनी पार्टीभित्र सक्रिय र प्रभावशाली नेताको रूपमा चिनिन्छन्, जसका कारण गृहमन्त्रालयको जिम्मेवारी उनीतर्फ केन्द्रित भएको बुझिएको छ।

रास्वपा अहिले सम्पूर्ण मन्त्रिमण्डलको सूची टुंग्याउने अन्तिम तयारीमा जुटेको छ। विभिन्न मन्त्रालयका लागि नाम छनोट भइरहेका बेला गृहमन्त्रालयमा गुरुङको सम्भावित नियुक्तिले सरकारको संरचना क्रमशः स्पष्ट हुँदै गएको छ।

यदि अन्तिम निर्णय यही अनुसार भयो भने, देशको आन्तरिक सुरक्षा र प्रशासनिक संयन्त्र सम्हाल्ने जिम्मेवारी अब गुरुङको काँधमा पर्नेछ।

यसले नयाँ सरकारको प्राथमिकता र कार्यशैली कस्तो हुन्छ भन्ने संकेतसमेत दिने देखिन्छ।

Read More

बालेन सरकारमा मन्त्री बन्नेहरुको नाम टुंगियो, को को छन् ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

यसैबीच रास्वपाका नेताहरुले मन्त्रीहरुको नाम पनि टुंगो लगाएका छन् । जस अनुसार अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, गृहमन्त्रीमा सुदन गुरुङ, कानुनमन्त्रीमा सोबिता गौतम, उद्योगमन्त्रीमा डा. अमरेश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्रीमा सुनिल लम्साल, उर्जामन्त्रीमा विराज भक्त श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा निशा मेहता, महिला बालबालिका मन्त्रीमा सीता वादी, पर्यटनमन्त्रीमा गणेश पौडेलको  नाम निश्चित भएको छ । 

त्यसैगरी रास्वपा उपसभापति डिपी अर्याललाई सभामुख बनाउनेमा बालेन र सभापति रवि लामिछाने सहमत भएको बताइएको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गरेका छन् भने उनले १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको शपथ लिदैछन् ।

Read More

स्वर्णिम वाग्ले अर्थमन्त्री बन्दै

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने निश्चित भएको छ ।

त्यस्तै परराष्ट्र मन्त्रीमा शिशिर खनाल र सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावलको नाम निश्चित भएको छ । त्यस्तै मन्त्री बन्नेहरुमा सुधन गुरुङ, सोबिता गौतमलगायतको नाम चर्चामा रहेको छ ।

त्यसैगरी रास्वपा उपसभापति डिपी अर्याललाई सभामुख बनाउनेमा बालेन र सभापति रवि लामिछाने सहमत भएको बताइएको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गरेका छन् भने उनले १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको शपथ लिदैछन् ।

Read More

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

Read More

बालेनलाई शुभकामना दिदै बाबुराम भन्छन्- देश र जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ । डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन शाहलाई शुभकामना दिदै देश र जनताका एक्काइशौं शताब्दीका आकांक्षा पूरा गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले  ऐतिहासिक कार्यभार बहन गर्न लागेका नेपाली इतिहासकै कान्छा र मधेसी मूलका पहिलो प्रधानमन्त्री युवा इन्जिनीयर बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना दिदै आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक गत्यावरोधमा फसेको अर्थ-राजनीति र बाह्य रूपमा तीव्र गतिले बद्लिदै गएको भू-राजनीतिका चुनौती र सम्भावनाहरूलाई कुशलतापूर्वक व्यवस्स्थापन गर्दै देश र जनताका एक्काइशौं शताब्दीका आकांक्षा पूरा गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

उनले लामो र कष्टसाध्य लोकतान्त्रीकरणको प्रक्रियापछि सुशासन र समावेसी समृद्धीकरणको नयाँ चरणमा प्रवेश गरेको नेपाली राजनीतिको अब समयानुकूल डिजिटल प्रविधि/एआइमैत्री युवापुस्तामा पुस्तान्तरण हुँदै गएको वस्तुगत यथार्थलाई सबैले आत्मसात गर्न आग्रह समेत गरेका छन् ।

साथै कसैको देवत्वकरण वा दानवीकरण नगरी गुणदोषको आधारमा सहकार्य र प्रतिस्पर्धा गर्ने नयाँ लोकतान्त्रिक संस्कृतिको विकास गर्न पनि सबैमा आव्हान गरेका छन् ।

Read More

देशले जोशिलो प्रधानमन्त्री पाउदैछ, अबदेखि भ्रष्टाचार र कुशासन लाद्ने कुप्रवृत्तिको इतिहास नदोहोरियोस्- महावीर पुन

काठमाडौँ । सांसद महावीर पुनले देशले जोशिलो प्रधानमन्त्री पाउन लागेको भन्दै नेताहरुले चरम गुटवन्दी गरी जनतामा भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासन लाद्ने कुप्रवृत्तिको इतिहास नदोहोरियोस् भन्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै पुनले नेपालले एकदमै जोशिलो युवा प्रधानमन्त्री पाउँदैछ भन्दै आज देखि स्वार्थको लागि नेताहरुले चरम गुटवन्दी गरी जनतामा भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासन लाद्ने कुप्रवृत्तिको इतिहास नदोहोरियोस भन्ने चेतावनी दिएका हुन् । 

त्यस्तै उनले  त्यस्तो घटना नेपालको इतिहासमा ४ पटक दोहोरिई सकेको छ, कुशासनलाई निर्मुल पारेर सुशासन ल्याउने भनेर नै २००७ सालमा, २०१७ सालमा, २०४६ सालमा र २०६३ सालमा नेतृत्व र व्यवस्था परिवर्तन भएको समेत उल्लेख गरेका छन् ।

Read More

रास्वपा सरकारको मन्त्रिमण्डल आकार लिँदैः शिशिर खनाल परराष्ट्रमा निश्चित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकार गठनको अन्तिम चरणमा पुग्दै गर्दा मन्त्री चयनको प्रक्रिया तीव्र बनेको छ। उच्चस्तरीय छलफलपछि शिशिर खनाललाई परराष्ट्र मन्त्री बनाउने निर्णय लगभग निश्चित भएको स्रोतले जनाएको छ।

रास्वपा सभापति रवि लामिछाने, संसदीय दलका नेता बालेन्द्र शाह (बालेन), उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेबीच भएको छलफलले खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने सहमति जुटाएको हो।

यसअघि पनि खनालले छोटो अवधिका लागि शिक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

Read More

कार्की आयोगको प्रतिवेदन संसद् पुग्न नपाउँदै फिर्ता, प्रक्रिया फेरि सुरु हुने

काठमाडौं । सरकारद्वारा तयार पारिएको महत्वपूर्ण प्रतिवेदन संसद् सचिवालयमा बुझाउने प्रयास बीचमै रोकिएको छ।

सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै फिर्ता पठाएका छन्।

बिहीबार प्रधानमन्त्री कार्यालयबाट उक्त प्रतिवेदन संसद्को अभिलेखालयमा राख्ने उद्देश्यले पठाइएको थियो। मुख्यसचिव सुमनराज अर्यालको निर्देशनमा सचिव गोविन्द कार्कीमार्फत प्रतिवेदनका दुई खण्ड संसद् सचिवालयमा पुर्‍याइएको थियो।

यसअघि मुख्यसचिव अर्यालले उक्त प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीको निर्णयअनुसार संसद्मा अभिलेखीकरणका लागि पठाइएको जानकारी दिएका थिए। तर संसद् सचिवालय पुगेको प्रतिवेदन तत्काल स्वीकार गरिएको छैन। महासचिव पद्यप्रसाद पाण्डेयले समय अभावका कारण प्रतिवेदन बुझ्न नसकिएको बताए। उनका अनुसार आवश्यक प्रक्रिया पूरा नभएकाले कागजात फिर्ता गरिएको हो।

प्रतिवेदन फिर्ता भएपछि प्रधानमन्त्री कार्यालयले पुनः आवश्यक प्रक्रिया मिलाएर आइतबार वा सोमबार फेरि संसद्मा बुझाउने तयारी गरिरहेको छ। महत्वपूर्ण मानिएको कार्की आयोगको प्रतिवेदन संसद्मा अभिलेख गर्न ढिलाइ हुँदा प्रशासनिक समन्वयमाथि प्रश्न उठ्न थालेको छ।

अब आगामी दिनमा यो प्रक्रिया कत्तिको सहज रूपमा अघि बढ्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ।

Read More

बालेनको मन्त्रिमण्डलः ४ नाम टुंगियो, बाँकीमा अझै गहिरो छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज प्रधानमन्त्रीको रूपमा शपथ लिँदै सरकार गठनतर्फ अघि बढिरहेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा मध्याह्न १२:३४ बजे हुने शपथसँगै नयाँ राजनीतिक समीकरणले औपचारिक रूप लिँदैछ।

मन्त्री चयनमा गोप्य रणनीति, नेताहरूबीच बिहानैदेखि बैठक
सरकार गठनको प्रक्रिया तीव्र भए पनि मन्त्रिपरिषद् कस्तो बन्ने भन्ने विषय अझै खुलिसकेको छैन। पार्टीभित्र बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा सभापति रवि लामिछानेले ‘विज्ञता र क्षमता’लाई प्राथमिकता दिँदै मन्त्री छान्ने स्पष्ट संकेत दिएका थिए। तर, कसलाई जिम्मेवारी दिने भन्ने विषयमा अझै स्पष्टता आएको छैन।

आज बिहानैदेखि बालेन शाह, रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्यालबीच उच्चस्तरीय छलफल जारी छ। मन्त्रालयको संख्या घटाएर सानो र प्रभावकारी मन्त्रिमण्डल बनाउने योजना उनीहरूको रहेको बुझिएको छ।

यी ४ नाम लगभग निश्चित, अरू अझै चर्चामै
भित्री स्रोतका अनुसार हालसम्म चार जनाको नाम मन्त्रीका लागि लगभग टुंगिएको छ

स्वर्णिम वाग्ले
शिशिर खनाल
सुनिल लम्साल
सस्मित पोखरेल

विशेषगरी वाग्लेलाई अर्थमन्त्री बनाउने विषयमा सहमति नजिक पुगेको बताइएको छ।

यसैबीच सोविता गौतम, तोसीमा कार्की, विराजभक्त श्रेष्ठ, गणेश पराजुली लगायतका अन्य सांसदहरूको नाम पनि सम्भावित मन्त्रीको सूचीमा रहे पनि अन्तिम निर्णय भने हुन बाँकी छ।

१५–१८ मन्त्रालयको योजना, भागबण्डामा बालेनको बलियो हिस्सा
रास्वपाले करिब १५ देखि १८ वटा मन्त्रालय राख्ने तयारी गरेको छ। सरकार गठनमा बालेन शाह र रवि लामिछानेबीच भागबण्डा पनि भइरहेको स्रोतले जनाएको छ। उक्त समझदारी अनुसार करिब ४० प्रतिशत मन्त्री बालेन पक्षबाट चयन हुने सम्भावना देखिएको छ।

विश्वास गर्न आग्रह, तर अन्योल अझै कायम
पार्टी नेतृत्वले केन्द्रीय सदस्य र सांसदहरूलाई नेतृत्वप्रति विश्वास राख्न आग्रह गरे पनि भित्रभित्रै कसले जिम्मेवारी पाउने भन्ने विषयमा अन्योल कायमै छ। अन्तिम सूची सार्वजनिक भएपछि मात्र सरकारको पूर्ण स्वरूप स्पष्ट हुने देखिन्छ।

Read More

इरानमा एकै दिन ९ शहरमा आक्रमण

काठमाडौँ । इरानमा एकै दिन ९ शहरमा आक्रमण भएका छन् । तीमध्ये राजधानी तेहरानमा सबैभन्दा बढी बमबारी भएको बताइएको छ । विहिबार दिनभरि विस्फोटको आवाज सुनिएको र राति पनि हवाई आक्रमण जारी रहेको जनाइएको छ ।

यसैबीच अमेरिका पक्षले वार्ता सही दिशामा अघि बढिरहेको दाबी गरिरहेको छ । तर इरानी अधिकारीहरूले भने यसमा कम विश्वास देखाएका छन् । उनीहरूका अनुसार अमेरिकाले प्रस्ताव गरेको १५ बुँदे योजना आफ्नो हितमा नरहेको ठहर गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण रोकिएको दाबी गरिरहेका बेला इजरायली सेनाले भने तेहरानमा नयाँ चरणको आक्रमण सुरु गरेको जनाएको छ । राजधानीका महत्वपूर्ण र केन्द्रीय क्षेत्रलाई लक्षित गरेर आक्रमण गरिएको बताइएको छ ।

रिपोर्टअनुसार तेहरानका विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको र अलग-अलग क्षेत्रमा आक्रमण गरिएको जानकारी आएको छ । इजरायली सेनाले यी आक्रमण सरकारी ठेगाना र सैन्य संरचनालाई लक्षित गरेर गरिएको दाबी गरेको छ । हालसम्म क्षति र हताहतबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलडमरूमध्यमा शत्रु देशका जहाज रोक्नु आफ्नो कानुनी अधिकार भएको बताएका छन् । उनले संयुक्त राष्ट्रका महासचिव एन्टोनी गुटरेससँगको कुराकानीमा उक्त क्षेत्रमा बढ्दो असुरक्षा अमेरिका र इजरायलको कदमको परिणाम भएको दाबी गरेका छन् ।

उनका अनुसार तटीय देशको रूपमा इरानलाई आफ्ना विरोधी र उनीहरूका सहयोगी देशका जहाजको आवतजावत रोक्ने अधिकार रहेको बताउदै उक्त समुद्री मार्गको सुरक्षा कायम राख्न आवश्यक कदम चालिएको पनि उनले बताएका छन् ।

Read More