२०८३ बैशाख १३

जापानको नागोयामा नेपाली नागरिकलाई राहदानी तथा कन्सुलर सेवा दिन चार दिने घुम्ती शिविर सञ्चालन हुदै

काठमाडौँ । जापानको नागोया सहरमा नेपाली नागरिकलाई राहदानी तथा कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले चार दिने वृहत घुम्ती शिविर सञ्चालन गरिने भएको छ ।

जापानस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान तथा क्षेत्रीय समिति नागोयासँगको सहकार्यमा आगामी अप्रिल ४ देखि ७ सम्म शिविर सञ्चालन गर्न लागेको हो ।

शिविरमा विद्युतीय राहदानी नवीकरणका लागि प्रत्यक्ष विवरण दर्ता, बालबालिकाको नयाँ राहदानी आवेदन तथा नवीकरण, यात्रा अनुमति पत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, जन्मदर्ता लगायतका सेवा प्रदान गरिने जनाइएको छ ।

दूतावासका अनुसार राहदानी नवीकरण तथा नयाँ जारीका लागि खोलिएका १६०० सबै समयतालिका भरिइसकेका छन् । आवश्यकताअनुसार थप समयतालिका आज बेलुका ५ बजे खोलिने जानकारी दिइएको छ । यस कार्यका लागि काठमाडौँस्थित राहदानी विभागबाट दुई जना कर्मचारी पनि खटिने कार्यक्रम रहेको छ ।

शिविरमार्फत सङ्कलन गरिएका आवेदनबाट तयार भएका राहदानी तथा अन्य कागजात सेवाग्राहीकै घर ठेगानामा पठाइने व्यवस्था गरिएको दूतावासले जनाएको छ ।

Read More

लेखक पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं । काँग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज हुदैछ ।

लेखकका तर्फबाट उनकी श्रीमती यशोदा लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ । रिटमा कानुन विपरीत लेखकलाई प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरिएको छ । 

यता आइतबार जिल्ला अदालत काठमाडौँले लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले लेखकलाई शनिबार विहान प्रहरीले पक्राउ गरेको थियो ।

Read More

ओली पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज हुदैछ ।

ओलीको तर्फबाट उनकी श्रीमती राधिका शाक्यले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको छ ।

रिटमा कानुन विपरीत ओलीलाई प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरिएको छ । 

यता आइतबार जिल्ला अदालत काठमाडौँले ओलीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले ओलीलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको २५ सयले घटेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८६ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घट्यो छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ४७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४७२० मा कारोबार भएको थियो ।

Read More

गैंडाकोटमा तीन सवारीसाधन एकापसमा ठोक्किए, १२ जना घाइते

काठमाडौं । नवलपुरको गैंडाकोटमा सोमबार बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट-९ स्थित हनुमान मन्दिर नजिकै तीनवटा सवारी साधन एकापसमा ठोक्किएका हुन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार बिहान करिब ६: ४५ बजे नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बा.प्र. ०१-०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा तीनै वटा सवारी साधनका चालकहरू घाइते भएका छन् । 

दुर्घटनामा परि ठक्कर दिने बसमा सवार ९ जना यात्रुहरू पनि सामान्य घाइते भएका छन् । घाइते सबैको चितवन मेडिकल कलेज र नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोलीले  दुर्घटनाग्रस्त सवारी साधनहरूलाई सडकबाट किनारा लगाएर अबरुद्द सडकलाई एकतर्फी  संचालनमा ल्याईएको छ ।

Read More

कुवेतमा इरानको ड्रोन आक्रमण, एक भारतीयको मृत्यु

काठमाडौँ । कुवेतमा विद्युत् र पानी उत्पादन केन्द्रमा भएको आक्रमणपछि क्षतिको मूल्याङ्कन भइरहेको छ । 

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेवा भवन, विद्युत् उत्पादन केन्द्र र पानी शुद्धीकरण केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको उल्लेख गरिएको छ । मन्त्रालयले यस आक्रमण इरानतर्फबाट भएको दाबी गरेको छ ।

उक्त आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरिएको छ । घटनास्थलमा आपतकालीन टोली तुरुन्तै पुगेर उद्धार तथा मर्मत कार्य सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि एक दिनअघि कुवेतको रक्षा मन्त्रालयले देशको आकाश क्षेत्रमा १४ वटा क्षेप्यास्त्र र १२ वटा ड्रोन देखिएको जानकारी दिएको थियो । तीमध्ये केही ड्रोनले एक सैनिक शिविरलाई लक्षित गरेका थिए, जसमा १० सैनिक घाइते भएका थिए । घाइते सबैलाई अस्पतालमा उपचारका लागि लगिएको जनाइएको छ ।

Read More

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

प्रधानमन्त्री बालेन शाहले दिउसो ४ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने यो बैठक बालेन नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद्को बैठक हो ।

Read More

कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्त्य

काठमाडौं । कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

सातौँ अधिवेशनले कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा व्यवस्था गर्न विधेयक र केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो । यस अधिवेशनले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबुल र कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा तयार पारिएको छ बुँदे संकल्पपत्र समेत सभामा प्रस्तुत गरिएको छ ।

सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठक गत माघ १८ गतेदेखि यही चैत १५ गतेसम्म गरी दश वटा बैठक १३ घण्टा ४२ मिनेट बसेको थियो ।

Read More

सहमतिमा नआए इरानको अस्तित्वनै संकटमा पर्ने ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै समझदारी हुन सक्ने बताएका छन् । तर उनले प्रस्ताव नमाने इरानको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएका छन् ।

एयर फोर्स वनमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले वार्ता सकारात्मक ढंगले अघि बढिरहेको र समझदारीको सम्भावना रहेको बताए । तर इरानसँग अन्तिम निर्णय के हुन्छ भन्नेबारे अहिले नै निश्चित भन्न गाह्रो रहेको उनको भनाइ छ ।

ट्रम्पका अनुसार इरानले संकेतस्वरूप २० वटा ठूला तेल ट्यांकरलाई होर्मुज जलडमरूमार्ग हुँदै आवतजावत गर्न अनुमति दिएको छ । ती जहाजहरू सोमबारदेखि सञ्चालनमा आउने र आगामी दिनमा पनि जारी रहने उनले दाबी गरे ।

यसैबीच ट्रम्पले इरानको महत्वपूर्ण तेल केन्द्र खार्ग टापु कब्जा गर्ने विकल्पबारे पनि विचार भइरहेको बताए । उनले यो विषयमा अमेरिकासँग विभिन्न विकल्प रहेको उल्लेख गर्दै आवश्यक परे कदम चाल्न सकिने संकेत गरे ।

खार्ग टापु फारसको खाडीको उत्तरी भागमा रहेको इरानको मुख्य तेल निर्यात केन्द्र हो । यहीँबाट करिब ९० प्रतिशत तेल निर्यात हुने भएकाले इरानको अर्थतन्त्रका लागि यो अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

अमेरिकी अधिकारीहरूको धारणा अनुसार यदि उक्त टापु नियन्त्रणमा लिइएमा इरानको सैन्य संरचनाको आर्थिक आधार कमजोर हुन सक्छ र युद्ध अन्त्यतर्फ जान सहज हुन सक्छ ।

उता इरानले पनि सम्भावित आक्रमणलाई ध्यानमा राख्दै खार्ग टापुमा सुरक्षा कडा बनाएको छ । त्यहाँ थप सैनिक तथा हवाई रक्षा प्रणाली तैनाथ गरिएको जनाइएको छ ।

ट्रम्पले इरानले युद्ध अन्त्यका लागि राखिएका १५ बुँदे मागमध्ये अधिकांश स्वीकार गरिसकेको दाबी गरेका छन् । ती प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पुगेको उनको भनाइ छ ।

तर गत साता इरानले उक्त प्रस्ताव तत्काल स्वीकार नगरेको बताइएको छ । इरानका विदेश मन्त्री अब्बास अराघचीले मध्यस्थमार्फत वार्ता भइरहेको स्वीकार गर्दै अमेरिकी अडानप्रति शंका व्यक्त गरेका थिए ।

Read More

लुम्बिनी प्रदेशकी एमाले सांसद शर्मा पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो ।

उनका श्रीमान चिन्तामणि शर्माले रेखालाई धुम्बराहीस्थित घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् ।

शर्मामाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ । बालिकालाई बालश्रममा राखेको पाइएपछि काठमाडौं महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेको थियो । शर्माविरुद्धको जाहेरी परेपनि सरकारी वकिल कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा यो घटनाको २०८१ जाहेरी जेठ ३० गते दर्ता भएको थियो।

Read More