२०८३ बैशाख १३

मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

काठमाडौँ । मृत्यु सामान्यतः शरीरको अन्त्यका रूपमा बुझिन्छ । तर विश्वका केही मानिसले यसलाई अन्त्य नभई ‘अस्थायी विराम’ मानेर भविष्यमा फेरि जीवित हुने आशामा आफ्नै शरीर संरक्षण गर्ने प्रविधि अपनाइरहेका छन् ।

एमआइटी टेक्नोलोजी रिभ्युका अनुसार ‘क्रायोनिक्स’ नामक विधिबाट मानिसले आफ्नो शरीर वा केवल मस्तिष्कलाई माइनस १९६ डिग्री सेल्सियस तापक्रममा तरल नाइट्रोजनभित्र संरक्षण गरिरहेका छन् । भविष्यमा विज्ञान अझ विकसित भएपछि पुनः जीवन दिन सकिने विश्वासका आधारमा यस्तो अभ्यास बढ्दै गएको हो ।

यो प्रविधि नयाँ भने होइन । सन् १९६७ मा जेम्स बेडफोर्ड पहिलो व्यक्ति बनेका थिए, जसलाई यसरी संरक्षण गरिएको थियो । करिब ६० वर्ष पुरानो यो विधिमा प्रारम्भिक अवस्थामा धेरै सीमितता भए पनि हाल केही सुधार आएको बताइएको छ ।

यस प्रक्रियामा मृत्यु भएपछि शरीरलाई छिटो चिस्याइन्छ । त्यसपछि रगतको सट्टा विशेष रसायन हालिन्छ, जसले कोषिकामा बरफ जम्न दिँदैन । त्यसपछि शरीरलाई क्रमशः माइनस १९६ डिग्रीसम्म चिस्याएर काँचजस्तो अवस्थामा राखिन्छ । केहीले पूरा शरीर संरक्षण गराउछन् भने केहीले केवल मस्तिष्क मात्र सुरक्षित राख्ने गर्छन्, किनकि स्मरण शक्ति र पहिचान मस्तिष्कसँग जोडिएको मानिन्छ ।

भविष्यमा विकसित हुने प्रविधिबाट मस्तिष्कलाई नयाँ शरीर वा अन्य प्रणालीसँग जोड्न सकिने सम्भावनाबारे अनुसन्धान भइरहेको बताइएको छ । तर अहिलेको अवस्थामा सबैभन्दा ठूलो चुनौती भनेको संरक्षणका क्रममा कोषिका र तन्तुमा हुने क्षति हो, विशेषगरी मस्तिष्कमा। त्यसैले पुनः जीवित गराउने प्रविधि अझै व्यवहारिक रूपमा सम्भव भइसकेको छैन ।

हाल विश्वमा केही संस्थाले यस्तो सेवा प्रदान गरिरहेका छन् । अहिलेसम्म ५ सयभन्दा बढी मानिस यस विधिबाट संरक्षण गरिसकेका छन् भने हजारौंले भविष्यका लागि नाम दर्ता गराएका छन् । पूरा शरीर संरक्षण गर्न करिब २ लाख २० हजार डलर सम्म खर्च लाग्ने बताइएको छ । केवल मस्तिष्क संरक्षणका लागि भने करिब ८० हजार डलर खर्च हुने रिपोर्टमा उल्लेख छ । केही व्यक्तिले यसका लागि बीमाको सहारा समेत लिने गरेका छन् ।

सम्भवतः मानिसहरूले क्रायोनिक संरक्षण रोज्न नचाहनुको मुख्य कारण भनेको अहिले हामीसँग मृत व्यक्तिलाई पुनः जीवन दिन सक्ने कुनै ठोस उपाय नहुनु हो । बेडफोर्ड पाँच दशकभन्दा बढी समयदेखि संरक्षणमा छन् भने कोल्स एक दशकभन्दा बढी समयदेखि यस्तै अवस्थामा छन् । वैज्ञानिकहरूले भने यस्ता अवशेषलाई पुनः जीवित गराउने सम्भावना अत्यन्त न्यून रहेको बताउछन् ।

यद्यपि, सम्भावना अत्यन्त सानो भए पनि शून्यभन्दा माथि हुनु केही मानिसका लागि पर्याप्त ठहरिएको छ । त्यसमध्ये अल्कोर संस्थाका अनुसन्धान तथा विकास निर्देशक निक लुवेलिन पनि पर्छन् । उनी भन्छन्, एक वैज्ञानिकका रूपमा पुनर्जीवन सफल हुने सम्भावना निकै कम रहेको स्वीकार गर्छन् । तर भविष्य कस्तो हुनेछ भन्ने जान्ने उत्सुकताले उनले आफ्नै मस्तिष्क क्रायोनिक संरक्षणका लागि दर्ता गराएका छन् ।

तर म्यासाचुसेट्स जनरल अस्पतालकी क्रायोबायोलोजिस्ट श्यानन टेसियर भने यस्तो प्रविधि पूर्ण रूपमा सफल भए पनि आफू सहभागी नहुने बताउछिन् । उनका अनुसार यो विषय अन्ततः दार्शनिक प्रश्नमा रूपान्तरित हुन्छ । उनी भन्छिन्- ‘के म सयौं वर्षपछि फेरि जीवित हुन चाहन्छु, जब मेरो परिवार रहँदैन र जीवन पूर्ण रूपमा फरक भइसकेको हुन्छ ?’ उनका अनुसार यसमा धेरै जटिल दार्शनिक, सामाजिक र कानुनी प्रश्नहरू समेटिएका छन्, जसबारे गम्भीर रूपमा सोच्न आवश्यक छ ।

Read More

आइपिएलमा आज राजस्थान र चेन्नई भिड्दै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) आज अन्तर्गत आज राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबीच खेल हुदैछ । गुहाटीमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि हुदैछ ।

यस सिजनमा सन्जु सामसन राजस्थान छोडेर चेन्नई पुगेका छन् भने चेन्नईका रविन्द्र जडेजा र साम करन राजस्थानबाट खेल्दैछन् । राजस्थानको कप्तानी रियान परागले गर्दैछन् । राजस्थानका युवा खेलाडी वैभव सुर्यबंशी यस आइपिएलमा पनि प्रमुख आकर्षण रहेका छन् ।

त्यस्तै चेन्नईको कप्तानी रुतुराज गायकवाडले गर्दैछन् । चेन्नईका महेन्द्र सिंह धोनी इन्जुरीका कारण खेल्न नसक्ने भएका छन् भने यस टिममा सामसनसहित शिभम दुवे, सरफाज खानआयुष मात्रे जस्ता खेलाडी प्रमुख रहेका छन् । राजस्थान रोयल्सले आइपिएलको पहिलो संस्करण २००८ मा उपाधि जितेको थियो भने चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा गरेर पाँच पटक उपाधि जितेको छ ।

Read More

श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली हट्यो

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली हटाएर आवेदन दिएको दिनमै स्वीकृति दिने व्यवस्था सुरु गरेको छ ।

मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार स्वीकृत कार्यसूचीमा रहेका विषयमा मन्त्री दीपककुमार साहले श्रम तथा रोजगारी क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन तत्काल कार्ययोजना बनाएर लागू गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, न्यूनतम ज्यालाको सुनिश्चितता, कार्यस्थल सुरक्षा, काम गर्ने वातावरण र स्वास्थ्य सुरक्षाको अध्ययन गरी न्यूनतम मापदण्ड तय गर्ने, सीप विकास तालिममार्फत रोजगारी सिर्जना गर्ने, सबै प्रदेशमा निजी क्षेत्रसँग सहकार्य गरी सीप मेला सञ्चालन गर्ने र आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने योजना अघि बढाउने निर्णय गरिएको छ ।

यसैगरी वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्ने, सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउने तथा सूचना प्रविधिको प्रयोगमार्फत सेवा छिटो र सस्तो बनाउनेतर्फ पनि ध्यान दिइने भएको छ ।

त्यस्तै पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई डिजिटल माध्यममा उपलब्ध गराउने, यसलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने र सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियान सञ्चालन गरिने निर्णय गरिएको छ ।

मन्त्रालयले श्रमिकको न्यूनतम ज्याला पूर्ण रूपमा लागू गर्ने, श्रमाधान योजना प्रभावकारी बनाउने तथा कल केन्द्रलाई थप व्यवस्थित गर्ने योजना पनि अघि सारेको छ ।

औद्योगिक प्रतिष्ठानमा जोखिम मूल्यांकन गरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवर्द्धन गर्ने, उत्पादन र उद्यमशीलता बढाएर आन्तरिक रोजगारी सिर्जना गर्ने र थप पाँच मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने निर्णय समेत गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

Read More

टोटनह्यामका मुख्य प्रशिक्षक टुडोर बर्खास्त

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब टोटनह्यामले मुख्य प्रशिक्षक इगोर टुडोरलाई पदबाट बर्खास्त गरेको छ । उनले मात्र ४४ दिनमा ७ खेलको नेतृत्व गरेपछि क्लबले उनीसँगको सहकार्य अन्त्य गरेको हो ।

नटिङ्घम फरेस्टसँगको निराशाजनक हारपछि क्लबले अन्ततः टुडोरलाई हटाउने निर्णय गरेको जनाएको छ । उनी अन्तरिम प्रशिक्षकका रूपमा फेब्रुअरी १३ मा नियुक्त भएका थिए ।

टुडोरको नेतृत्वमा टोलीको प्रदर्शन कमजोर रहँदा रेलिगेसनको खतरा कायमै रहेपछि क्लब व्यवस्थापनले कदम चालेको हो । टोटनह्याम प्रिमियर लिगमा हाल ३१ खेलमा ३० अंकसहित १७औं स्थानमा रहेको छ  ।  

क्लबले जारी गरेको विज्ञप्तिमा टुडोरसँग आपसी सहमतिमा तत्काल लागू हुने गरी अलग भएको उल्लेख गरिएको छ । साथै गोलरक्षक प्रशिक्षक टोमिस्लाभ रोगिच र शारीरिक प्रशिक्षक रिकार्डो रान्याच्ची पनि आफ्नो जिम्मेवारीबाट बाहिरिएका छन् ।

क्लबले उनीहरूको छोटो अवधिको योगदानका लागि धन्यवाद दिँदै टुडोरको व्यक्तिगत कठिनाइप्रति सहानुभूति व्यक्त गरेको छ । नयाँ मुख्य प्रशिक्षकबारे जानकारी छिट्टै सार्वजनिक गरिने क्लबले जनाएको छ ।

Read More

पीएम कपमा आज दुई खेल हुदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् ।

आज पीएम कपमा मधेश प्रदेश र कर्णाली प्रदेशबीच जनकपुरमा खेल हुदैछ । जारी पीएम कपमा मधेश प्रदेशले ३ खेलमा ५ अंकसहित तेस्रो स्थानमा छ भने कर्णाली प्रदेश ३ खेलमा ३ अंकसहित छैटौं स्थानमा रहेको छ ।

त्यस्तै अर्को खेल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेसबीच पर्सामा खेल हुदैछ । जारी पीएम कपमा लुम्बिनी प्रदेश ३ खेलमा ३ अंकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको भने ३ खेलमा ४ अंक छ र चौथो स्थानमा रहेको छ ।

एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । 

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

Read More

ओली र लेखकको पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज हुदैछ ।

ओलीको तर्फबाट उनकी श्रीमती राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् भने लेखकको तर्फबाट यशोदा लेखकले रिट दायर गरेकी हुन् ।

रिटमा कानुन विपरीत ओली र लेखकलाई प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरिएको छ । 

यता आइतबार जिल्ला अदालत काठमाडौँले ओली र लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका ओली उपचारका लागि टिचिङ अस्पतालमा भर्ना भएका छन् भने लेखक प्रहरी हिरासतमा छन् ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूका साथै स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश सहित कोशी प्रदेशको तराई भू-भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमको  वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

Read More

२०८२ चैत १६ गते सोमबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ चैत १६ गते सोमबार ईस २०२६ मार्च ३० नेपाल सम्बत ११४६ चौलाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल द्वादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शूल योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नतिपथका हरेक विघ्नबाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ । पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देश÷विदेशको यात्रामा निस्कने संयोग जुरेको छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

विशेष कामले गर्दा काम छाडेर बाहिर निस्कनुपर्ने परिस्थिति छ, त्यस्तै मन मिल्ने साथी वा आत्मीय जनको स्वास्थ्यगत समस्याले पनि चिन्ता बढाउन सक्छ । नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ, अभिभावकको सहानुभूति मिल्नेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । आफ्नो क्षेत्रमा साख र इज्जत कमाउने दिन हो, सहयोगीहरूको समेत साथ पाउनाले आत्मबल र हिम्मत पलाउने राम्रो समय छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । भाग्यबल बलियै देखिन्छ, तथापि भाग्यमा भन्दा पनि आफ्नै बुद्धि र श्रममा भरपर्ने समय हो, नचिताएको स्रोतबाट अचानक धनलाभ हुनसक्छ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

विशेष काम गर्ने परिस्थितिमा दुविधा वा दोधारको अवस्थामा निर्णय नलिनु नै बेस हुनेछ, बरु जानकार व्यक्तिको सल्लाह लिएरमात्र काम थाल्नु होला । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । स्वार्थका लागि सम्बन्ध गाँसी काम फुत्काउनेहरूसँग सतर्कता अपनाउनु होला, किनभने आज विवादास्पद जिम्मेबारी वहन गर्ने दिन हो । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

सामाजिक क्षेत्र वा फाल्तु विषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ, तथापि कूटनीतिक बुद्धिको उपयोग गर्दा हाँके÷ताकेका काममा सफल भइने छ । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । आफन्तहरूसित सुसम्बन्ध हुने र सहयोग पाइने समय हो । आम्दानीको अवसरमा बृद्धि हुने तथा पारिवारिक वातावरणसमेत सौहार्द्रपूर्ण रहने देखिन्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

गरेको कामको सर्वत्र प्रशंसा हुनेछ, सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । कुनै उपहार वा सम्मान प्राप्त गर्ने सम्भावना छ । आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । धनको कारोबारमा जोखिम र रिस्क भएको दिन हो, नयाँ कारोबार वा व्यवसाय फाप्दैन, अनि कुनै करार वा समझौता गर्नुछ भने राम्ररी पढ्नु बेस हुन्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला ।

Read More