२०८३ बैशाख १३

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति

काठमाडौं । गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन नेपाली कांग्रेसले समिति बनाएको छ । कांग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति बनाएको हो । 

समितिको सदस्यमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम र युवा अभियन्ता यजश्वी राई रहेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् । 

समितिले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको सम्बन्धमा गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचवुझ आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदनको अध्ययन गरी राय सल्लाह-सुझाव सहितको प्रतिवेदन  पेस गर्ने छ । समितिलाई सात दिनको समय दिइएको छ ।

Read More

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी भएका छन् । पाण्डेले ५१४ मत प्राप्त गर्दै अध्यक्षमा जित हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी आङदोर्जी लामाले ४१३ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए ।

यसैगरी, मंगल शाही नीतिगत उपमहासचिवमा र सन्तोष शाह आन्तरिक उपमहासचिवमा विजयी भएका छन्। कोषाध्यक्षमा उज्ज्वल गौतम र सह–कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

Read More

कर्णालीमा यातायात व्यवसायी आन्दोलित

काठमाडौं । कर्णालीमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । प्रहरीले सुर्खेत बसपार्कबाट पाँच जना यातायात मजदुर पक्राउ गरी मुद्दा चलाएको बिरोधमा कर्णालीमा सञ्चालन भएको सबै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

व्यवसायीहरूले शुक्रबारदेखि सबै सार्वजनिक यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन् । उनीहरुले प्रहरीले सार्वजनिक सवारीका चालक तथा मजदुरलाई दुःख दिएको आरोप लगाएका छन् ।

यातायात व्यवसायीहरूले निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनहरूलाई नियन्त्रणमा लिनुपर्नेमा त्यसतर्फ कुनै कडाइ नगरी उल्टै सार्वजनिक सवारीमाथि मात्र दबाब सिर्जना गरिएको बताएका छन् । 

कर्णाली प्रदेशका विभिन्न जिल्लामा रातो प्लेटका सवारी साधनले यात्री बोक्ने गर्दछन् ।  यातयात व्यवसायीले रातो प्लेटका सवारी साधनलाई रोक्नुको साटो उल्टो प्रहरीले संरक्षण गर्न खोजेको आरोप लगाएका छन् ।   

व्यवसायीको आन्दोलनका कारण शुक्रबारदेखि सुर्खेतबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सम्पूर्ण सवारी सेवा प्रभावित भएका छन् । 

प्रहरीले भने सुर्खेत बसपार्कमा यात्रु तानातान गरिरहेका पाँच जनालाई पक्राउ गरेको बताउदै यातायात व्यवसायीसँग यस विषयमा छलफल भइरहेको बताएको छ । 

Read More

सभामुखका लागि डीपी अर्यालले गराए मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले मनोयन दर्ता गराएका छन् । 

अर्यालले शुक्रबार संसद् सचिवालयमा प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् ।

अर्यालको प्रस्तावकमा सभापति रवि लामिछाने र  समर्थकमा कानुनमन्त्री समेत रहेकी सोविता गौतम रहेकी छन् । 

यसअघि बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने प्रस्ताव पारित गरेको थियो । 

संसद सचिवालयको निर्वाचन कार्यतालिका अनुसार आज २ बजेसम्म मनोनयन दर्ताको समय रहेको छ भने साढे २ बजे उम्मेदवारको नाम प्रकाशित हुने छ । त्यस्तै सभामुखको निर्वाचनका आइतबार बस्ने प्रतिनिधि सभमा हुने छ ।

प्रतिनिधि सभामा रास्वपाको स्पष्ट बहुमत रहेकाले अर्याल सभामुख बन्ने निश्चित रहेको छ । 

Read More

सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार पनि सुन तोलाको २ लाख ९४ हजारमा नै कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ४८३० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४७८० मा कारोबार भएको थियो ।

Read More

आइपिएलमा आज चेन्नई र पञ्जाव भिड्दै

काठमाडौं । जारी आइपिएलमा आज एक खेल हुदैछ । आइपिएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्सबीच खेल हुदैछ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

चेन्नईले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो । त्यस्तै पञ्जावले भने गुजरात टाइटन्सलाई पराजित गरेको थियो ।

पहिलो खेलमा हार बेहोरेको चेन्नई जितसहित सिजनमा कमब्याक गर्न चाहने गरि मैदानमा उत्रिने छ भने पञ्जावले आफ्नो विजयी यात्रालाई निरन्तरता दिने उद्धेश्यले मैदानमा उत्रिने छ ।

सम्भावित प्लेइङ ११
चेन्नई सुपर किंग्स: ऋतुराज गायकवाड (कप्तान), सञ्जु सामसन (विकेटकिपर), आयुष म्हात्रे, म्याट शर्ट, शिवम दुबे, सरफराज खान/प्रशान्त वीर, कार्तिक शर्मा, जेमी ओभरटन, नूर अहमद, म्याट हेनरी, अन्शुल कम्बोज र खलील अहमद ।
पञ्जाब किंग्स: श्रेयस अय्यर (कप्तान), प्रियांश आर्य, प्रभसिम्रन सिंह (विकेटकिपर), कुपर कोनोली, नेहल वधेरा, शशांक सिंह, मार्कस स्टोइनिस, मार्को यान्सेन, जेभियर बार्टलेट, विजयकुमार वैश्यक, अर्शदीप सिंह र युजवेन्द्र चहल ।

Read More

मन्त्रालयको सोफामै सुते गृहमन्त्री गुरुङ !

काठमाडौं । गृहमन्त्री सुदन गुरुङ मन्त्रालयको सोफामा सुतेको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मन्त्री गुरुङले सामाजिक सञ्जालमा सोफामा सुतेको तस्वीर पोष्ट गर्दै निर्माताभन्दा ठूलो निर्माण नहुने र जनताभन्दा माथि सरकार नहुने उल्लेख गरेका छन् ।
गएराती मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका थिए भने त्यसपछि जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न राति नै केएमसी अस्पताल पुगेका थिए ।
त्यसपछि उनी मन्त्रालय आएर सोफामा सुतेको बुझिएको छ ।

Read More

ट्रम्पले महान्यायाधिवक्ता बोन्डीलाई पदबाट हटाए

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन् । सञ्चारमाध्यमका अनुसार जेफ्री एपस्टाइन प्रकरणसँग सम्बन्धित कागजात सम्हाल्ने तरिकालाई लिएर असन्तुष्टि बढेपछि ट्रम्पले बोन्डीलाई हटाएका हुन् ।
ट्रम्प प्रशासनले एपस्टाइन प्रकरणको अनुसन्धान र त्यससँग जोडिएका फाइलहरू उचित रूपमा व्यवस्थापन नभएमा असन्तुष्ट बनेका ट्रम्पले कडा कदम चाल्दै बोन्डीलाई पदबाट हटाइएको बताइएको छ ।
जेफ्री एपस्टाइन यौन प्रकरणमा ट्रम्पको नाम सामेल भएपनि यसैबीचमा इरान युद्ध भएपछि अहिले यो विषय चर्चाबाट सेलाएको छ ।
एपस्टाइनमाथि सन् २००५ मा नाबालिग किशोरीमाथि यौन दुरुपयोगको आरोप लागेको थियो । सन् २००८ मा नाबालिगसँग यौन सम्बन्ध माग गरेको आरोपमा दोषी ठहर हुँदै १३ महिना जेल सजाय भोगेका थिए । सन् २०१९ मा उनलाई यौन बेचबिखनसम्बन्धी आरोपमा पुनः पक्राउ गरिएको थियो तर मुद्दा चल्नुअघि नै उनले जेलमै आत्महत्या गरेका थिए।
उनकी सहयोगी घिस्लेन म्याक्सवेललाई सन् २०२१ मा एपस्टाइनलाई सहयोग गरेको आरोपमा दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनाइएको थियो। अहिले उनी सजाय भोगिरहेकी छन् ।

Read More

कम्बोडियाबाट तीन नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा विभिन्न प्रलोभनमा परी पुगेका तीन नेपाली नागरिकको उद्धार गरिएको छ । उनीहरूलाई अवैध रूपमा सञ्चालित अनलाइन ठगी केन्द्र र क्यासिनोमा गैरकानुनी काममा लगाइएको थियो।
थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरिएको हो । गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरू चैत १९ गते कम्बोडियाबाट उडेर चैत २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने गरी स्वदेश फर्काइएका छन् ।
राजदूतावासका अनुसार कम्बोडियामा अझै केही नेपालीहरू अलपत्र परेका वा कठिन अवस्थामा रहेको जानकारी प्राप्त भएको छ । त्यस्ता नागरिकलाई स्वदेश फर्काउन आवश्यक पहल भइरहेको जनाइएको छ ।
कम्बोडियामा नेपालीहरूलाई अनलाइन ठगी लगायत गैरकानुनी काममा लगाइएको तथा भिसा बिना वा भिसा अवधि सकिएपछि समेत बसिरहेको अवस्था देखिएको छ । यस्तो अवस्थामा रहेका नेपालीलाई तत्काल राजदूतावास वा गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
स्क्यामिङ केन्द्रमा काम गराइएका धेरैको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराउने गुनासो आएको छ । यस्तो अवस्थामा स्वदेश फर्कन नेपाली राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउँदै आएको छ ।
तथ्यांक अनुसार पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको छ। सन् २०२१ मा १०१ जना पुगेका नेपाली सन् २०२५ सम्म आइपुग्दा ९ हजार ६७६ पुगेका छन् ।
नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा छिटो कमाइ हुने प्रलोभनमा परी भ्रमणको बहानामा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका देश नजान राजदूतावासले पुनः आग्रह गरेको छ ।

Read More

एमालेको सचिवालय बैठक आज बस्दै, बादलको सम्बोधन बारे छलफल हुने

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

बैठकमा बिहीबार प्रतिनिधि सभामा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिबारे छलफल हुने बताइएको छ।

हिजो बसेको प्रतिनिधि सभाको बैठकमा नेता बादलले दलका तर्फबाट राखेको विचार पार्टीको स्थापित नीति, मान्यताविरीत रहेको भन्दै आज सचिवालय बैठक बसेर छलफल गर्ने बताइएको छ ।

त्यसका साथै अन्य राजनीतिक तथा समसामयिक विषयबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

Read More