२०८३ बैशाख १४

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधामन्त्री बालेन शाहले दिउसो २ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बोलाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

Read More

ट्रम्पको इरानलाई तीन दिनको अल्टिमेटम

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिदै तीन दिनको अल्टिमेटम दिएका छन् । उनले युद्ध अन्त्य गर्न युद्धविराममा सहमत हुन इरानसँग तीन दिन मात्रै रहेको बताएका हुन् । अन्यथा इरानको तेल पाइपलाइनमा विस्फोट हुन सक्ने चेतावनी दिए ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानले तेल निर्यात गर्न नसके पाइपलाइनभित्र दबाब अत्यधिक बढ्ने बताएका छन् । उनका अनुसार तेललाई जहाज वा भण्डारण ट्याङ्कीमा पठाउने मार्ग बन्द हुँदा र नाकाबन्दी लाग्दा यस्तो अवस्था सिर्जना हुन्छ ।

उनले तेलको प्रवाह अचानक रोकिँदा पाइपलाइनभित्र प्राविधिक र प्राकृतिक कारणले दबाब बढेर पाइपलाइन फुट्न सक्ने दाबी गरे । ट्रम्पका अनुसार यस्तो अवस्था आए पाइपलाइनलाई पहिलेको अवस्थामा फर्काउनु लगभग असम्भव हुने र यसको क्षमता पनि धेरै घट्नेछ ।

यता इरानले अमेरिकासँग सम्भावित सम्झौताका विषयमा कडा अडान लिएको छ । इरानले आणविक कार्यक्रम र होर्मुज जलडमरूमध्यको विषयमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार यो सन्देश पाकिस्तानमार्फत अमेरिकासम्म पुर्‍याइएको हो। इरानले यी दुवै विषयलाई आफ्नो ‘रातो रेखा’ भन्दै कुनै पनि प्रकारको सम्झौता सम्भव नभएको जनाएको छ ।

साथै, यो औपचारिक वार्ता नभई आफ्नो धारणा स्पष्ट पार्ने कूटनीतिक पहल मात्र भएको इरानले जनाएको छ। इरानका विदेशमन्त्री अब्बास अराघाचीले यस विषयमा तय सीमाभित्र रहेर जिम्मेवारी निभाइरहेको पनि बताइएको छ ।

Read More

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दैछ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठकमा संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधव कुमार नेपालले पार्टीको आगामी रणनीति बारेको प्रस्ताव पेस हुने बताइएको छ ।

यस्तै, बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालयका विषयमा छलफल हुने बताइएको छ ।

Read More

बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले २१ बुँदामा सरकारको अवस्थाको चित्रण गरेका हुन् ।

उनले भनेका छन्:   

१. विदेशी ऋणमा वृद्धि

एसियाली विकास बैंक र विश्व बैंकबाट करिब १८ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत। ऋण नलिने वाचा गर्नेहरूकै पालामा ऋणको बोझ थपिएको देखिन्छ।

२. श्रमिकको सुरक्षामाथि प्रश्न

इजरायल, कुबेत, बहराइन र लेबनानजस्ता अस्थिर तथा युद्धग्रस्त देशमा पुनः श्रम स्वीकृति खुला। युवाको सुरक्षाभन्दा रेमिट्यान्स प्राथमिकतामा परेको छ।

३. भ्रामक सूचना प्रवाह

इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको झुटो प्रचार स्वयं मन्त्री र साँसदहरु बाट, जसले सरकारी विश्वसनीयतामाथि प्रश्न उठायो।

४. गृहमन्त्री विवाद र राजीनामा

अभियुक्तसँग शंकास्पद आर्थिक कारोबारको आरोप लगायत असंख्य आरोप लागेपछि गृहमन्त्री सुदन गुरुङले राजीनामा दिए।

५. श्रममन्त्री बर्खास्त

पदको दुरुपयोग गर्दै श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा निरन्तरता दिएको सामान्य आरोपमा स्टन गर्दै श्रममन्त्री दीपककुमार साह पदमुक्त।

६. कर्मचारी र विद्यार्थी संगठन खारेज

कर्मचारी संगठन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय

लोकतन्त्रको मर्ममाथि गम्भीर प्रहार।

७. साना व्यापारी र सडक छेउका घरवाला माथि प्रहार

सडक विस्तार र फुटपाथ सफाईको नाममा

वीरगञ्ज, बुटवल लगायतका साना व्यापारी तथासडक छेउका घरवाला माथि निर्मम प्रहार

सरकारी प्रहरीबाट लुटपाटको आरोप।

 ८. शंकास्पद सम्पत्ति विवाद

प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरूको

धन, जग्गा, सुन, शेयर र लगानीमाथि शंका र विवाद।

९. गैरकानुनी गिरफ्तारीको आरोप

चर्चा कमाउन अन्य दलका ठूला नेता

व्यापारी र निर्माण व्यवसायीहरूको गिरफ्तारी

कानूनभन्दा प्रचार ठूलो देखियो।

१०. सीमामा करको भारी

नेपाल–भारत सिमानामा सदियौंदेखि चल्दै आएको

सामान्य खरिद बिक्रीमा १०० रुपैयाँभन्दा बढी भनसार कर

सोझा साझा गरिबको भात खाने बाटो बन्द।

११. ठूला मुद्दामा सेटिङ्ग

जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दामा पक्राउ परेका

उच्च तहका व्यक्तिहरू प्रतिशोधको आरोपबीच रिहा

कानुन आफ्ना आलोचकहरूका लागि मात्र कडा भएको सेटिङ

 १२. अपराध दरमा वृद्धि

देशभर हत्या–हिंसाका घटनामा वृद्धि, शान्ति सुरक्षा कायम गर्न सरकार कमजोर देखिएको आरोप।

१३. विमानस्थलमा अव्यवस्था

विमानस्थलमा भीडभाड दोब्बर, तर व्यवस्थापन प्रभावकारी हुन नसकेको अवस्था।

१४. महँगी नियन्त्रणमा असफलता

भारतीय सीमा नाकामा समस्या, इन्धन र खाद्यान्नको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको आलोचना।

१५. सुकुम्बासीमाथि कडा कदम

पूर्व तयारी र वैकल्पिक व्यवस्था बिना बस्ती हटाउने कार्यले ‘डोजर आतंक’ को आरोप खेप्नुपरेको अवस्था।

१६. हतारमा निर्णय

नीति घोषणा छिटो, तर कार्यान्वयनका लागि आवश्यक तयारी कमजोर।

१७. कामभन्दा प्रचार बढी

व्यवहारिक काम कम, सामाजिक सञ्जालमा प्रचारप्रसार बढी भएको टिप्पणी।

१८. प्रशासनसँग टकराव

कर्मचारी संयन्त्रसँग समन्वय अभाव, आदेशमुखी शैली हाबी।

१९. जनतासँग संवादको कमी

निर्णयहरू आउँछन्, तर त्यसको स्पष्ट कारण र संवाद अभाव देखिन्छ।

 २०. प्राथमिकता अस्पष्ट

मुख्य समस्याहरू यथावत्, तर देखावटी काममा बढी ध्यान।

२१. आलोचनाप्रति असहिष्णुता

प्रश्न उठ्दा उत्तरभन्दा आक्रोश बढी देखिने प्रवृत्ति ।

Read More

मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

काठमाडौँ । पश्चिम अफ्रिकी देश मालीका रक्षामन्त्री सादियो कैमारा आत्मघाती ट्रक विस्फोटमा मृत्यु भएको छ ।

रक्षामन्त्री कैमारा परिवारका अनुसार राजधानी बमाको नजिकै रहेको आफ्नै निवासमा भएको आत्मघाती ट्रक विस्फोटमा उनी गम्भीर घाइते भएका थिए ।

सरकारी टेलिभिजनले केही घण्टापछि पुष्टि गर्दै प्रारम्भमा घाइते भएका कैमाऱाको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

रिपोर्टअनुसार मालीका राष्ट्रपति असीमी गोइता पनि निशानामा परेका थिए। उनको निवासलाई समेत लक्ष्य बनाइएपछि उनलाई सुरक्षित स्थानमा सारिएको थियो ।

मालीको चरमपन्थी समूह आजावाद मुक्ति मोर्चाले माली सेनासँग रहेका रुसी भाडाका सैनिकले दुई दिनको लडाइँपछि किदाल क्षेत्र छाड्न सहमति जनाएको दाबी गरेको छ । मोर्चाले उक्त सहर अहिले आफ्नो नियन्त्रणमा रहेको जनाएको छ । माली अहिले व्यापक हिंसा र अस्थिरताबाट गुज्रिरहेको छ। राजधानी बमाकोसहित विभिन्न सहरमा चरमपन्थी समूहले लगातार आक्रमण गर्दै आएका छन् ।

Read More

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको १३ सयले बढेर तोलाको ३ लाख ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ५०४५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४९९५ मा कारोबार भएको थियो ।

Read More

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्ने लागेको छ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा विहान ११: ३० बजे बस्ने भएको् हो ।

बैठकमा समितिको कार्यक्षेत्रका बारेमा र समितिको आगामी कामकारबाही सम्बन्धी छलफल हुनेछ ।

यस अघि बसेको समितिको बैठकले रास्वपा सांसद डा. कृष्ण हरि बुढाथोकीलाई समितिको सभापतिमा चयन गरेको थियो ।

Read More

इजरायली आइरन डोम युएईमा तैनाथ

काठमाडौँ । हालै इरानसँगको युद्धका क्रममा इजरायलले आफ्नो उन्नत हवाई प्रतिरक्षा प्रणाली ‘आयरन डोम’ र सैन्य कर्मचारी संयुक्त अरब इमिरेट्स (युएई) मा तैनाथ गरेको खुलासा भएको छ ।

अमेरिकी र इजरायली अधिकारीलाई उद्धृत गर्दै प्रकाशित एक रिपोर्टअनुसार यो तैनाथी यसअघि सार्वजनिक गरिएको थिएन। युद्धको प्रारम्भिक चरणमै यस्तो कदम चालिएको बताइएको छ ।

त्यतिबेला संयुक्त अरब इमिरेट्समाथि इरानतर्फबाट लगातार मिसाइल र ड्रोन आक्रमणको खतरा बढेको थियो । ती आक्रमणको निशाना खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा र अन्य महत्वपूर्ण स्थानहरू थिए ।

रिपोर्टका अनुसार अबुधाबीले आफ्ना महत्वपूर्ण नागरिक तथा सैन्य संरचनामाथि जोखिम बढेपछि सहयोगी राष्ट्रहरूसँग तत्काल सहायता मागेको थियो ।

सोही अनुरोधपछि इजरायलले आफ्नो उन्नत हवाई प्रतिरक्षा प्रणाली ‘आयरन डोम’ त्यहाँ पठाएको जनाइएको छ।

Read More

ओमानले टस जित्यो, युएईले पहिला ब्याटिंग गर्दै

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज ओमान र युएईबीच खेल हुदैछ ।

टियु क्रिकेट मैदानमा हुने यस खेलमा ओमानले टस जितेर पहिला फिल्डिङ रोजेको छ । योसँगै युएईले पहिला ब्याटिंग गर्ने भएको छ ।

जारी सिरिजको पहिलो खेलमा युएई नेपालसँग पराजित भएको थियो । लिग- २ मा ओमानको २४ खेलमा २९ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै युएईको २१ खेलमा १० अंक रहेको छ र अंक तालिकामा पुछारमा छ ।

ओमान र युएई एकदिवसीय खेलमा अहिलेसम्म १० पटक आमने सामने भएका छन् । जसमा ओमानले ६ खेल जितेको छ भने ३ खेल युएईले जितेको छ । त्यस्तै एक खेल टाई भएको थियो ।

पछिल्लो पटक दुवैबीच २०२४ को नोभेम्बरमा भएको खेल ओमानले ४ विकेटले जितेको थियो ।

Read More

जापानमा सामाजिक सञ्जालको लत तथा साइबर दुर्व्यवहार रोक्न कडा कानुन बनाइदै

काठमाडौँ । जापान सरकारले बालबालिका र युवामा बढ्दो सामाजिक सञ्जालको लत तथा साइबर दुर्व्यवहार रोक्न सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने तयारी गरेको छ ।

जापानको सञ्चार मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक योजनाअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर पहिलेभन्दा कडाइका साथ जाँच गर्न अनिवार्य बनाउन सकिनेछ । यसको उद्देश्य कम उमेरका बालबालिकालाई डिजिटल जोखिमबाट जोगाउनु रहेको बताइएको छ ।

सरकारले भने अन्य केही देशजस्तो उमेरका आधारमा पूर्ण प्रतिबन्ध लगाउने पक्षमा नरहेको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार अहिलेको डिजिटल युगमा सामाजिक सञ्जाल संवाद र सम्पर्कको महत्त्वपूर्ण माध्यम भएकाले पूर्ण रूपमा बन्द गर्नु उचित नहुने ठहर गरिएको छ ।

विशेषज्ञहरूको हालैको बैठकमा यो प्रस्तावित नीति प्रस्तुत गरिएको थियो । अब बालबालिका तथा परिवारसम्बन्धी निकायले यसलाई कार्यान्वयन गर्न आवश्यक उपाय र कानुनी संशोधनबारे निर्णय गर्नेछ । यस विषयमा अन्तिम प्रतिवेदन गर्मीयामसम्म आउने अपेक्षा गरिएको छ ।

नयाँ योजनाअनुसार सामाजिक सञ्जाल कम्पनीहरूले आफ्ना सेवासँग सम्बन्धित सम्भावित जोखिमको मूल्यांकन गरी सार्वजनिक गर्नुपर्नेछ । साथै युवा प्रयोगकर्तालाई सुरक्षित राख्न के-कस्ता कदम चालिएको छ भन्ने जानकारी पनि दिनुपर्नेछ ।

हाल एक्स र इन्स्टाग्रामजस्ता लोकप्रिय मञ्चमा खाता खोल्न न्यूनतम १३ वर्ष उमेर आवश्यक मानिन्छ । तर प्रयोगकर्ताले आफैं उमेर उल्लेख गर्ने भएकाले कम उमेरका बालबालिकाले सजिलै नियम छल्ने गरेका छन् ।

यसअघि अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने कानुन लागू गरिसकेको छ। इन्डोनेसियाले पनि यही वर्ष मार्चमा १६ वर्षमुनिका बालबालिकाका लागि यस्तै प्रतिबन्ध लागू गरेको थियो ।

Read More