२०८३ बैशाख १७

नक्सा पास नगरी निर्माण भएका घर तथा भवनलाई अभिलेखीकरण गर्न पोखरा महानगरको आग्रह

काठमाडौँ । पोखरा महानगरपालिकाले नक्सा पास नगरी निर्माण भएका घर तथा भवनलाई नियमित तथा अभिलेखीकरण गर्न आग्रह गरेको छ ।

महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को नियम १०२ तथा भवन नियमित तथा अभिलेखीकरण कार्यविधि २०८० (दोस्रो संशोधन २०८२) अनुसार नक्सा पास र सम्पन्न प्रमाणपत्र नभएका घर तथा भवनलाई प्रक्रिया पूरा गराई प्रमाणपत्र प्रदान गर्ने अभियान सञ्चालन गरेको जनाएको छ ।

नगरवासीको सुविधाका लागि वैशाख १२ गतेदेखि २१ गतेसम्म प्लिन्थ क्षेत्रफल २००० वर्गफिटसम्म र तीन तल्लासम्मका घर तथा भवनका लागि सम्बन्धित वडा कार्यालयबाट सेवा उपलब्ध गराइएको छ भने सोभन्दा बढी क्षेत्रफल र तल्ला भएका घर तथा भवनका लागि महानगरको घर नक्सा तथा अभिलेखीकरण शाखाबाट सेवा दिइएको महानगरले जनाएको छ ।

महानगरले चालु आर्थिक वर्षको असार मसान्तसम्म अन्तिम पटकका लागि नियमित तथा अभिलेखीकरण गर्ने समयावधि रहेको उल्लेख गर्दै अभियान अवधिमै सेवा लिन आग्रह गरेको छ । सो क्रममा व्यवसाय दर्ता तथा नवीकरण, राजस्व दाखिला लगायतका सेवा पनि लिन सकिने जनाइएको छ ।

महानगरले नक्सा पास र सम्पन्न प्रमाणपत्र नभएका घर तथा भवनका हकमा सम्पत्ति कर, मालपोत तथा भूमिकर तिर्न, घरजग्गा नामसारी तथा किनबेच जस्ता सेवामा कानुनी समस्या आउने भन्दै अनिवार्य रूपमा प्रमाणपत्र लिन नगरवासीलाई आग्रह गरेको छ ।

Read More

कच्चा तेलको मूल्य चार बर्षकै उच्च स्तरमा

काठमाडौँ । मध्यपूर्वमा जारी युद्धबीच कच्चा तेलको मूल्य प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार वर्षयताकै उच्च स्तर हो ।

पछिल्लो तथ्यांकअनुसार ब्रेन्ट कच्चा तेलको मूल्य करिब १२६.२० डलर प्रति ब्यारेल पुगेको छ, जुन २०२२ को मार्चपछिको सबैभन्दा उच्च हो । यसअघि ८ मार्च २०२२ मा तेलको मूल्य १२७.९८ डलर पुगेको थियो । गत साता भने मूल्य करिब १०० डलर आसपास रहेको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका बन्दरगाहमा सैनिक नाकाबन्दी जारी राख्ने अभिव्यक्ति दिएपछि बजारमा प्रभाव परेको हो । उनले इरानले आफ्नो परमाणु कार्यक्रमबारे सहमति नगरेसम्म नाकाबन्दी नहट्ने बताएका छन् ।

यस निर्णयले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक होर्मुज क्षेत्रमा तनाव बढाएको छ, जसका कारण तेल आपूर्तिबारे अनिश्चितता थपिएको छ ।

यता इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले मूल्यवृद्धिप्रति व्यंग्य गर्दै अब तेलको मूल्य १४० डलरसम्म पुग्ने संकेत गरेका छन् । उनले ट्रम्पलाई गलत सल्लाह दिइएको आरोपसमेत लगाएका छन् । त्यस्तै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टमाथि पनि उनले टिप्पणी गर्दै उनको सल्लाहका कारण तेलको मूल्य बढिरहेको बताएका छन् ।

इतिहासमा सबैभन्दा उच्च तेल मूल्य सन् २००८ मा पुगेको थियो, जतिबेला ब्रेन्ट कच्चा तेल करिब १४७ डलर प्रति ब्यारेल पुगेको थियो । विज्ञहरूले वर्तमान अवस्था हेर्दा मूल्य अझै बढ्न सक्ने आकलन गरेका छन् । यदि होर्मुज मार्ग लामो समय अवरुद्ध भएमा तेलको मूल्य १५० देखि २०० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

Read More

सोपान फार्मास्युटिकल्सको आइपिओ बाँडफाँड

काठमाडौँ । सोपान फार्मास्युटिकल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ । बुधबार काठमाडौँको बालुवाटारस्थित निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड सम्पन्न गरिएको हो।

कम्पनीले सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर आइपिओका रूपमा निष्कासन गरेको थियो । यो निष्कासन २०८३ साल बैशाख ३ गतेदेखि ८ गतेसम्म खुला गरिएको थियो।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । त्यसको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

यस आईपीओमा कुल २७ लाख ३० हजार ९८७ योग्य लगानीकर्ताबाट २ करोड ९९ लाख ६ हजार ५२० कित्ता सेयर माग भएको थियो । त्यस्तै ३७ हजार ७ सय ५६ आवेदन भने अयोग्य ठहरिएका थिए।

बाँडफाँडपछि लक्की ड्रमार्फत ३ लाख ४७ हजार ४९० आवेदकले १०-१० कित्ता सेयर पाएका छन् । आइपिओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने  निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

Read More

सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य आज पनि घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको १८ सयले घटेर तोलाको २ लाख ९२ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले घटेर ४८१० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९१५ मा कारोबार भएको थियो ।

Read More

आज धेरैजसो शहरमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

काठमाडौँ । देशका अधिकांश सहरमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमानअनुसार धेरै स्थानमा मध्यमदेखि हल्का वर्षा हुने संकेत गरिएको छ।

आज दिउँसो जिरी, ताप्लेजुङ र पोखरामा मध्यम वर्षाको सम्भावना करिब ६० प्रतिशत रहेको छ। काठमाडौँ, ओखलढुंगा, विराटनगर र धनकुटामा पनि मध्यम वर्षा हुने देखिएको छ। त्यस्तै डडेलधुरा, दिपायल, धनगढी, वीरगञ्ज, नेपालगञ्ज, घोराही, भैरहवा, सिमरा, जनकपुर र धरानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ। जुम्ला र जोमसोम क्षेत्रमा पनि वर्षाको सम्भावना उल्लेखनीय रहेको छ।

तापक्रमका हिसाबले तराई क्षेत्रमा बढी गर्मी रहने देखिएको छ। धनगढी, नेपालगञ्ज, वीरगञ्ज र जनकपुरमा अधिकतम तापक्रम ३५ देखि ३७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। पहाडी तथा हिमाली क्षेत्रमा भने तापक्रम तुलनात्मक रूपमा कम रहनेछ, जहाँ जिरी, जुम्ला र जोमसोममा २० देखि २५ डिग्री सेल्सियसको आसपास रहने देखिएको छ। काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम करिब २३ डिग्री सेल्सियस रहनेछ।

आज राति पनि अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा जारी रहने सम्भावना रहेको छ। काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर, धनगढी र नेपालगञ्जमा वर्षाको सम्भावना ३० देखि ६० प्रतिशतसम्म देखिएको छ भने केही स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ।

मौसमविद्हरूले मेघगर्जन र चट्याङको जोखिम रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

Read More

महावीर पुनले गरे अध्यादेशको समर्थन, के भने ?

काठमाडौँ । सांसद महावीर पुनले सरकारले ल्याएको अध्यादेशको समर्थन गरेका छन् ।

विहिबार सामाजिक सञ्जालमा लेख्दै सांसद पुनले सरकारले आवश्यक परे अध्यादेश ल्याएरै भए पनि जनताका हितका काम अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले विगतदेखि नै जनताका लागि उपयोगी काम गर्न खोज्दा ऐन कानुनको अभाव देखाउँदै मन्त्रालयले रोक्ने गरेको भन्दै आफूले लामो समयदेखि यस्ता अवरोध झेल्दै आएको भुक्तभोगी रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्ने पर्छ ! कुविद्वानहरुले किचकिच नगरौं मैले धेरै बर्ष अगाडी देखि जनताहरुलाई फाईदा हुने कामहरु गर्न खोज्दा मन्त्रालयले ऐन कानुन छैन भनेर अल्भयाउँदा धेरै दुख पाएको भुक्तभोगी म हुँ ।’

पुनले जेनजी आन्दोलनपछिको समयमा शिक्षा मन्त्री हुँदा आफूले अघि बढाउन खोजेका धेरै काम कर्मचारीले ऐन कानुनकै आधारमा रोकेको उल्लेख गर्दै आफूले प्रस्ताव गरेका तीनवटा अध्यादेशसमेत धेरै प्रयास गर्दा पनि अघि बढ्न नदिएको गुनासो गरेका छन् ।

Read More

ट्रम्प र पुटिनबीच इरान र युक्रेनको विषयमा छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन र इरानका विषयमा युद्ध सम्बन्धी छलफल भएको बताएका छन् ।

ट्रम्पले पुटिन इरानमा जारी द्वन्द्व अन्त्य गराउन सहयोग गर्न इच्छुक रहेको बताउदै उनले युक्रेन युद्धबारे बढी कुरा भएको उल्लेख गरेका छन् । 

इरान युद्धको विषयमा पुटिनले सहयोग गर्न चाहेको तर आफूले पहिले युक्रेनको युद्ध अन्त्य गर्न आग्रह गरेको ट्रम्पले बताएका छन् ।

ट्रम्पका अनुसार पुटिनले इरानको समृद्धिकरण प्रक्रियामा सहभागी हुन चाहेको बताएका थिए । यसबारे उनले इरानसँग सम्झौता गर्न सहयोग गरेमा त्यसमा सहभागी हुन चाहेको संकेत दिएको ट्रम्पले जनाए । ट्रम्पले भनेका छन्- ‘म चाहन्छु कि तपाईं पहिले युक्रेनको युद्ध अन्त्य गर्न सहयोग गर्नुहोस् ।’ साथै उनले इरानलाई परमाणु हतियार राख्न नदिने अडान दोहोर्याउँदै पुटिन पनि त्यसको पक्षमा नरहेको बताएका छन् ।

Read More

राष्ट्रपति पौडेलले अध्यादेशका विषयमा संबिधानविदहरुसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशका विषयमा संबिधानविदसँग छलफल गर्ने भएका छन् । 

सरकारले एकैपटक विभिन्न ६ अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति पौडेलले अध्यादेश जारी गर्नुअघि परामर्श गर्न लागेका हुन् । स्रोतका अनुसार आज दिउँसो ४ बजे छलफलका लागि राष्ट्रपतिले विभिन्न संविधानविद र वरिष्ठ अधिवक्ताहरुलाई शीतल निवास बोलाएका छन् ।

सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न अध्यादेशहरू मन्त्रिपरिषदबाट वैशाख १४ गते राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको सिफारिसका लागि बस्ने बैठक सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न अध्यादेश जारी गर्न सिफारिस गरिएको छ।

सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश पनि जारी गर्न सिफारिस गरिएको छ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई नियमन गर्ने, यस प्रकृतिका संस्थाहरूले कार्य सञ्चालन इजाजतपत्र लिनुपर्ने र समस्याग्रस्त सहकारी संस्थाका सदस्यहरूलाई तत्काल बचत रकम फिर्ताका लागि ‘चक्रय राहत कोष’ स्थापना गर्ने लगायतका व्यवस्थाहरू यस अध्यादेशमा रहेका छन् ।

यस्तै, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश समेत जारी गर्न सिफारिस गरिएको छ। विगतमा राजनीतिक रूपमा नियुक्ति तथा मनोनयन भएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेशसँग अनुकूल बनाउन यी अध्यादेशहरू सिफारिस गरिएको हो।

यसैगरी, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गरिएको छ, जसअन्तर्गत २० वटा ऐन संशोधन हुनेछन्। भूमि, जग्गा नापजाँच, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती र बिमा लगायतका कानुनमा देखिएका अवरोध हटाउन यो अध्यादेश सिफारिस गरिएको हो।

साथै, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश पनि जारी गर्न सिफारिस गरिएको छ। यो अध्यादेश सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्ति भई बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्ने उद्देश्यले ल्याइएको हो।

यस्तै, सार्वजनिक खरिदलाई समयसापेक्ष बनाउने उद्देश्यसहित सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश पनि जारी गर्न सिफारिस गरिएको छ ।

Read More

प्रतिपक्ष हर्क साम्पाङ: बालेनविरुद्ध आक्रामक, सेना र प्रहरीको भूमिकाप्रति असन्तुष्ट !

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी बस्ति खाली गराएको विषयमा निरन्तर सरकारको आलोचना गरिरहेका छन् भने नेपाली सेना र नेपाल प्रहरीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । 

साम्पाङले सामाजिक सञ्जालमा निरन्तर बालेन शाह नेतृत्वको सरकारले सुकुम्बासी बस्ति खाली गराएको विषयको आलोचना गर्दै बालेनको राजीनामा मागिरहेका हुन् ।

उनले पछिल्लो पटक विहिबार रास्वपा सभापति रवि लामिछानेलाई पनि निशाना बनाएका छन् । उनले रवि लामिछाने सुकुमबासीको पक्षमा नबोलेको देख्दा यो निर्णय रास्वपाकै रहेछ भन्दै गरिब जनतालाई चिसो भुईँमा खुल्ला आकाश मुनि झरीमा रुज्न बाध्य बनाएको उल्लेख गरेका छन् । साथै उनले जनताले कस्तालाई चुने त्यो देखिएको समेत बताएका छन् ।

साम्पाङले त्यसअघि लेखेका छन्- ‘राज्य आतंक मच्चाएर जनतालाई बेघर, बासबिहिन बनाएर बिजोग बनाएको कारण नैतिकताको आधारमा राजीनामा दिनु पर्छ ! मैले सुझाएको कुरा मानेको भए बालेनको यो गति हुने थिएन !’

साथै उनले बालेनले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाइदिनु राम्रो हुने भन्दै गरीबलाई सडकमा पुराउने सरकारको औचित्य सकिएको बताएका छन् ।

सामाजिक सञ्जालमा साम्पाङले प्रहरीलाई समेत प्रश्न सोधेका छन् । उनले प्रहरी दाजुभाइ दिदीबैनी सुकुम्बासी बस्ती भत्काउनेलाई साथ दिंदा तपाइँको आत्मा खुसी छ त ? भन्दै प्रश्न गरेका हुन् । 

उनले प्रहरीलाई आइन्दा गरीबको बास खोस्ने पापको भागीदार नबन्न समेत सुझाव दिएका छन् ।

यसअघि साम्पाङले सामाजिक सञ्जालबाटै नेपाली सेनाले सुकुम्बासीको लगत लिएको विषय उठान गरेपछि सेनाले बुधबार स्पष्टीकरण नै दिनुपरेको थियो । उनले सेना प्रहरीको काम सुकुम्बासीको लगत लिने नभएको भन्दै लगत विवरण नदिन देशभरका स्थानीय तहलाई उनले आग्रह गरेका थिए । नेपाली सेनाले भने विपद व्यवस्थापन गर्न त्यस्तो लगत लिएको स्पष्टीकरण दिएको छ ।

Read More

ओपेकका लागि युएईको बहिर्गमन कति ठूलो धक्का हो ?

काठमाडौँ । पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन, ओपेकबाट संयुक्त अरब इमिरेट्स (युएई) को अचानक बहिर्गमन घोषणालाई एउटा प्रमुख घटना मानिएको छ ।

युएई १९७१ मा एक राष्ट्र बन्यो। सन् १९७१ मा राष्ट्र बन्नुभन्दा पहिलेदेखि नै इमिरेट्स यस संस्थाको सदस्य रहेको छ । ओपेक मुख्यतया खाडी तेल निर्यातकर्ता देशहरूको संगठन हो, जसले उत्पादन समायोजन र कोटा निर्धारण गरेर दशकौंदेखि कच्चा तेलको मूल्य नियन्त्रण गर्दै आएको छ । साधारण तथ्य यो छ कि युएईले आफ्नो अवस्थित उत्पादन क्षमताको पूर्ण उपयोग गर्न चाहन्थ्यो । ओपेक कोटा नियमका कारण, यसको उत्पादन प्रति दिन ३० देखि ३५ मिलियन ब्यारेलमा सीमित थियो ।

ओपेकको स्थापना सन् १९६० मा पाँच देशहरू: इरान, इराक, कुवेत, साउदी अरेबिया र भेनेजुएलाद्वारा गरिएको थियो, जसले तेल निर्यातकर्ताहरूको हितको रक्षा गर्न र यसका सदस्यहरूको लागि स्थिर आय सुनिश्चित गर्न उत्पादन समन्वय गर्न सकियोस् ।

यस उत्पादक समूहमा देशहरूको संख्या समयसँगै फरक भएको छ, तर पाँच संस्थापक सदस्यहरू बाहेक, यसमा अब अल्जेरिया, इक्वेटोरियल गिनी, गाबोन, लिबिया, नाइजेरिया र कंगो गणराज्य समावेश छन् ।

युएई १९६७ मा सामेल भएको थियो, र यसको बहिर्गमनले यसको ११ सदस्यहरू छोड्नेछ । ओपेक प्लस गठबन्धनमा रूस सहित १० गैर-ओपेक सदस्यहरू पनि समावेश छन् । खाडी क्षेत्रमा तनावले युएईको इरानसँगको सम्बन्धलाई असर गरिरहेको छ र साउदी अरेबियासँगको पहिले नै तनावपूर्ण सम्बन्धलाई पनि असर गर्न सक्छ । ओपेकको सन्दर्भमा, यो यसको लागि ठूलो धक्का हो, विशेष गरी यस्तो समयमा जब यसको एकता र भविष्यको बारेमा प्रश्नहरू उठाइँदैछ ।

समुद्र वा पाइपलाइन मार्फत आफ्नो तेल पूर्ण रूपमा बजार गर्न सकिएपछि युएईले प्रति दिन ५० लाख ब्यारेल उत्पादन बढाउन चाहने मात्र होइन । यो पनि सम्भव छ कि साउदी अरेबियाले प्रतिक्रियामा तेल मूल्य युद्ध सुरु गर्नेछ । युएईको अर्थतन्त्र विविध छ, त्यसैले यो यसको सामना गर्न सक्छ, तर गरिब ओपेक सदस्यहरूले नहुन सक्छन् ।

अबुधाबीको तेल क्षेत्रबाट फुजैराह बन्दरगाहसम्म हर्मुजको जलडमरूमलाई बाइपास गर्दै ।नयाँ पाइपलाइन निर्माण गर्ने बारेमा एमिराटी अधिकारीहरूले छलफल गरिरहेका छन् ।  पाइपलाइन पहिले नै प्रयोगमा छ, तर बढ्दो उत्पादन र खाडीमा ट्याङ्कर ट्राफिकको लागत र गतिमा स्थायी परिवर्तनलाई ध्यानमा राख्दै, थप क्षमता आवश्यक पर्नेछ । हाल, हर्मुजको जलडमरूममा समुद्री यातायातमा दोहोरो नाकाबन्दी तेलको मूल्य, ग्यास, पेट्रोल, प्लास्टिक र खाद्यान्नलाई असर गर्ने एक मात्र घटना होइन ।

तर यो पनि ध्यान दिनुपर्छ कि यदि हर्मुज संकट समाधान भयो भने, यस वर्ष अमेरिकी मध्यावधि चुनाव अघि तेलको मूल्य प्रति ब्यारेल ५० को नजिक पुग्न सक्ने बताइएको छ ।

आज, विश्वव्यापी तेल बजारमा ओपेकको महत्त्व १९७० को दशकमा जति ठूलो थिएन । त्यस समयमा, अन्तर्राष्ट्रिय तेल व्यापारमा यसको हिस्सा ८५ प्रतिशत थियो, जुन अहिले लगभग ५० प्रतिशतमा झरेको छ । तेल पनि अब विश्व अर्थतन्त्रको लागि पहिले जस्तो महत्त्वपूर्ण छैन। ओपेकको प्रभाव छ, तर यस बजारमा यसको एकाधिकार छैन । यसको अर्थ भविष्यमा अन्य ऊर्जा स्रोतहरूले तेललाई प्रतिस्थापन गर्न सक्छन् ।

युएईको निर्णयलाई विश्वले बिस्तारै तेलमाथिको निर्भरता घटाउँदै गएको संकेतको रूपमा पनि हेर्न सकिन्छ । यसका संकेतहरू अझै पनि देखिन थालेका छन् । चीनमा विद्युतीकरणमा लगानीले बढ्दो तेल र ग्यासको मूल्यको प्रभावलाई केही हदसम्म कम गरेको छ । केही अनुमानका अनुसार, चीनमा कार, ट्रक र रेलहरूको विद्युतीकरणले प्रति दिन लगभग १० लाख ब्यारेलले तेलको माग घटाएको छ ।

यदि यो प्रवृत्ति जारी रह्यो भने, विश्वव्यापी तेलको माग स्थिर हुन सक्छ । यस दृष्टिकोणबाट, सकेसम्म चाँडो तेल भण्डारहरू मुद्रीकरण गर्नु बुद्धिमानी हुन सक्छ । युएईसँग बलियो वित्तीय क्षमता र वित्तीय सेवा क्षेत्र र पर्यटन उद्योग जस्ता अर्थतन्त्रको विविध खण्ड छ ।

खाडी तनाव कम भएपछि धेरै कुरा अब नयाँ परिस्थितिमा निर्भर हुनेछ । ओपेकबाट युएईको फिर्ताले थप फिर्ता पनि निस्कन सक्छ । साउदी अरेबिया पनि पर्याप्त दबाबमा पर्नेछ । जब ट्याङ्करहरूले होर्मुज हुँदै ट्रान्जिट पुनः सुरु गर्छन् वा युएईले नयाँ पाइपलाइन निर्माण गर्ने प्रयासलाई तीव्र बनाउछ, युएई तेल ओपेक प्रतिबन्धहरूबाट मुक्त हुनेछ र पहिलेभन्दा बढी मात्रामा बजारमा प्रवेश गर्नेछ ।

यसले अहिलेको लागि हालको नाकाबन्दीमा धेरै प्रभाव पार्ने छैन। तर त्यसपछि सबै कुरा परिवर्तन हुन सक्छ ।

Read More