२०८३ जेष्ठ २

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

आजको बैठकमा कानुनमन्त्री सोबिता गौतमले नेपाल सरकार र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुन सहायतासम्बन्धि सम्झौता पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पेश गर्ने कार्यसूची रहेको छ ।

Read More

आइपिएलमा पञ्जावको लगातार चौथो हार, दिल्ली ३ विकेटले विजयी

काठमाडौँ । दिल्ली क्यापिटल्सले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो ।

पञ्जावले दिएको २११ रनको लक्ष्य पछाएको दिल्लीले १९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । दिल्लीको जितमा कप्तान अक्सर पटेलले ५६ रन बनाए भने डेभिड मिलरले ५१, आशुतोष शर्माले २४, माधव तिवारीले १८ रन बनाएका थिए । त्यस्तै पञ्जावका बलर यश ठाकुर र अर्शदीपले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ५ विकेट गुमाउदै २१० रन बनाएको थियो । पञ्जावका लागि कप्तान श्रेयस अय्यरले ५९ रन बनाएका थिए भने प्रियांस आर्याले ५६ र कूपर कोन्नोलीले ३८ रन बनाएका थिए ।

यो जितपछि दिल्लीको १२ खेलमा १० अंक भएको छ । दिल्लीको अब २ खेल मात्र खेल्न बाँकी रहेकाले दुवै खेल जितेपनि प्लेअफको सम्भावना भने निकै कम रहेको छ । त्यस्तै पञ्जावले भने योसहित लगातार चार खेलमा हार बेहोरेको छ । पञ्जावको ११ खेलमा १३ अंक रहेको छ र चौथो स्थानमा झरेको छ ।

जारी आइपीएलमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ ।

Read More

विश्वकप डिभिजन लिग- २ मा आज नेपाल र स्कटल्याण्ड आमने सामने

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र स्कटल्याण्ड आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।

नेपाल र स्कटल्याण्ड एकदिवसीय क्रिकेटमा यसअघि ९ पटक खेलेका छन्, जसमा नेपालले ५ र स्कटल्याण्डले ३ जित हासिल गरेका छन् भने एक खेल नतिजा बिना टुंगिएको थियो । 

जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २४ खेल खेलेर ८ जित र १४ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा १८ अंक हासिल गरेको छ । नेपाल हाल सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डले भने अहिलेसम्म २८ खेलमा १४ जित र ८ हार तथा ६ खेलमा अंक बाड्दा ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

यस सिरिजमा क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा यस सिरिजका लागि इशान पाण्डेलाई अवसर दिइएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, सोमपाल कामी, विनोद भण्डारी र करण केसी रहेका छन् ।

त्यस्तै स्कटल्यान्ड टोलीमा कप्तान रिची बेरिङ्टनसहित म्याथ्यु क्रस, ब्राड्ली करी, ज्यास्पर डेभिडसन, ओलिभर डेभिडसन, माइकल इङ्लिस, ओवेन गोल्ड, ज्याक जार्भिस, ओली जोन्स, माइकल लिस्क, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, जर्ज मुन्से, सफयान शरीफ र मार्क वाट रहेका छन् ।

यस सिरिज अन्तर्गत मे १२ मा नेपाल र स्कटल्याण्ड खेल्ने छन् भने मे १४ मा स्कटल्याण्ड र अमेरिका, मे १६ मा नेपाल र अमेरिका, मे १८ मा नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

Read More

आज विश्व नर्स दिवस मनाइदै

काठमाडौँ । विश्व नर्स दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइदैछ । हरेक वर्षको मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

आधुनिक नर्सिङ पेसाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा प्रत्येक वर्ष विश्वभरि नै नर्स दिवस मनाइन्छ । फ्लोरेन्स नाइटिङ्गेल, जसले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सेवा प्रदान गर्नुका साथै निःस्वार्थ भावनाका साथ बिरामीहरूको सेवा गरेकी थिइन् । त्यसैले यस अवसरलाई नर्सिङ क्षेत्रमा आधुनिक र व्यावसायिक नर्सिङ सेवाको नयाँ मोड पनि मानिन्छ । उनले सन् १८६० मा लन्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिङ कलेज पनि सञ्चालन गरेकी थिइन् ।

यो दिवसलाई शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ । यो दिवस मनाउँदै गर्दा कोरोना महामारीका बेलामा ज्यानको प्रवाह नगरी होमिएका ति नर्सहरुको सम्मान गर्नु नै पर्छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको  सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More

२०८३ बैशाख २९ गते मंगलबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख २९ गते मंगलबार ईस २०२६ मे १२ नेपाल सम्बत ११४६ वछलागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष दशमी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्रपदा नक्षत्र, वैधृति योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज विश्व नर्स दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–

आज साहस र आत्मविश्वास बढ्ने दिन छ। कार्यक्षेत्रमा तपाईंको सक्रियता र निर्णय क्षमताको प्रशंसा हुन सक्छ। रोकिएका काम पूरा हुने सम्भावना देखिन्छ। आर्थिक पक्षमा सुधार आउने संकेत छन्, तर हतारमा लगानी गर्नु उचित हुनेछैन। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। प्रेम जीवनमा खुसी र समझदारी बढ्नेछ। विद्यार्थीका लागि अध्ययनमा ध्यान केन्द्रित गर्न सहज हुनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर आरामको कमीले थकान बढ्न सक्छ। यात्राबाट लाभ प्राप्त हुने सम्भावना छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)–

आज धैर्य र संयमले सफलता दिलाउनेछ। व्यापार तथा रोजगारीमा क्रमिक प्रगति हुने संकेत छन्। सहकर्मी तथा साथीभाइको सहयोग प्राप्त हुनेछ। आर्थिक लाभका अवसर देखिए पनि खर्च बढ्न सक्ने भएकाले योजना बनाएर खर्च गर्नु राम्रो हुनेछ। परिवारमा खुसीको वातावरण बन्नेछ। प्रेम तथा दाम्पत्य जीवनमा मिठास बढ्नेछ। स्वास्थ्यमा सुधार आउने संकेत छन्। धार्मिक तथा सामाजिक काममा सहभागी हुने अवसर प्राप्त हुन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)–

आज नयाँ योजना र नयाँ सोचले फाइदा दिलाउन सक्छ। अध्ययन, लेखन तथा सिर्जनात्मक क्षेत्रमा राम्रो प्रगति हुनेछ। कार्यक्षेत्रमा तपाईंको विचारको कदर हुन सक्छ। आर्थिक अवस्था सामान्य रहनेछ, तर भविष्यका लागि नयाँ योजना बनाउन सकिनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। प्रेम सम्बन्धमा खुला संवादले सम्बन्ध अझ बलियो बन्नेछ। स्वास्थ्यमा मानसिक तनाव कम गर्न आराम र सकारात्मक सोच आवश्यक हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–

आज परिवारको सहयोग र साथले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा केही चुनौती आउन सक्छन्, तर धैर्य र संयमले समाधान निकाल्न सकिनेछ। आर्थिक लाभको सम्भावना देखिन्छ। व्यवसायमा नयाँ अवसर प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। विद्यार्थीका लागि मेहनत अनुसार सफलता मिल्ने दिन छ। स्वास्थ्य सामान्य रहनेछ, तर खानपानमा ध्यान दिनु आवश्यक हुनेछ। धार्मिक तथा शुभ कार्यमा सहभागी हुने अवसर प्राप्त हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–

आज सामाजिक तथा व्यावसायिक क्षेत्रमा प्रभाव बढ्नेछ। नेतृत्व क्षमता देखाउने अवसर प्राप्त हुनेछ। नयाँ जिम्मेवारी आउन सक्छ र त्यसलाई सफलतापूर्वक पूरा गर्न सकिनेछ। आर्थिक पक्ष राम्रो रहने संकेत छन्। परिवारसँग रमाइलो समय बित्नेछ। प्रेम जीवनमा खुसी र उत्साह बढ्नेछ। साथीभाइसँग भेटघाट र मनोरञ्जनमा समय बित्न सक्छ। स्वास्थ्यमा सुधार आउनेछ, तर आराममा ध्यान दिनु राम्रो हुनेछ। यात्राबाट लाभ मिल्ने योग देखिन्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)–

आज मेहनत अनुसार राम्रो फल प्राप्त हुने दिन छ। कार्यक्षेत्रमा प्रगति हुनेछ र नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक लाभको सम्भावना बलियो देखिन्छ। परिवारमा सुखद वातावरण बन्नेछ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। विद्यार्थीका लागि अध्ययनमा राम्रो प्रगति हुने संकेत छन्। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कामले थकान बढ्न सक्छ। नयाँ चिनजानले भविष्यमा लाभ दिलाउन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)–

आज मनमा सकारात्मक सोच र उत्साह बढ्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुन सक्छ। व्यापार तथा व्यवसायमा लाभ हुने संकेत छन्। आर्थिक अवस्था क्रमशः सुधारतर्फ जानेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। प्रेम सम्बन्धमा नयाँ खुसी प्राप्त हुन सक्छ। स्वास्थ्यमा सुधार आउने संकेत छन्। छोटो यात्राबाट फाइदा मिल्ने सम्भावना देखिन्छ। विद्यार्थीले अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सक्नेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–

आज धैर्य र मेहनतले राम्रो परिणाम दिलाउनेछ। कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्न सक्छ, तर अन्ततः सफलता तपाईंको पक्षमा आउनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। परिवारको सहयोगले महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ। प्रेम सम्बन्धमा बोलीमा संयम राख्नु राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। यात्राबाट सकारात्मक अनुभव प्राप्त हुन सक्छ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)–

आज भाग्यले राम्रो साथ दिने दिन छ। लामो समयदेखि रोकिएका काम पूरा हुन सक्छन्। व्यवसाय तथा जागिरमा प्रगति हुनेछ। आर्थिक लाभको सम्भावना बलियो देखिन्छ। परिवारसँगको सम्बन्ध अझ नजिक बन्नेछ। प्रेम जीवन सुखद रहनेछ। विद्यार्थीका लागि अध्ययनमा सफलता प्राप्त हुने दिन छ। स्वास्थ्य राम्रो रहनेछ। धार्मिक तथा सामाजिक कार्यमा सक्रियता बढ्न सक्छ। यात्राबाट लाभ प्राप्त हुने संकेत छन्।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)–

आज कामको चाप बढ्न सक्छ, तर परिणाम सकारात्मक रहनेछ। व्यवसायमा नयाँ योजना सफल हुन सक्छ। आर्थिक अवस्थामा सुधार आउने संकेत छन्। परिवारका सदस्यसँग सल्लाह गरेर अघि बढ्दा फाइदा हुनेछ। प्रेम सम्बन्धमा समझदारी कायम रहनेछ। स्वास्थ्यमा थकान महसुस हुन सक्छ, त्यसैले आराम आवश्यक हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने सम्भावना छ। यात्राको योग पनि देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)–

आज सिर्जनात्मक क्षमता बढ्नेछ। नयाँ अवसर प्राप्त हुन सक्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सफल बन्नेछ। आर्थिक लाभका संकेत देखिन्छन्। परिवारसँग रमाइलो वातावरण बन्नेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। विद्यार्थीका लागि अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्ने दिन छ। स्वास्थ्य सामान्य रहनेछ। अनावश्यक तनावबाट टाढा रहनु राम्रो हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)–

आज मनमा शान्ति र सकारात्मकता बढ्नेछ। पारिवारिक सुख र सहयोग प्राप्त हुनेछ। व्यवसाय तथा जागिरमा राम्रो प्रगति हुने सम्भावना छ। आर्थिक पक्ष बलियो बन्न सक्छ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। विद्यार्थीले मेहनत अनुसार राम्रो सफलता प्राप्त गर्न सक्नेछन्। स्वास्थ्यमा सुधार आउनेछ। नयाँ योजना तथा नयाँ चिनजानले भविष्यमा लाभ दिलाउन सक्छ ।

Read More