२०८३ जेष्ठ २

स्थानीय व्यवसाय समुदायको मेरुदण्ड: कोका-कोलाको नयाँ अभियान ‘लोकल्ली योर्स’ सार्वजनिक

काठमाडौं । कोकाकोला कम्पनीले नेपालका स्थानीय समुदाय र साना व्यवसायीको सम्मान गर्दै ‘लोकल्ली योर्स’ अभियान सुरु गरेको छ।

अभियानमार्फत टोल–छिमेकमा वर्षौंदेखि पसल, रेष्टुरेन्ट र साना व्यवसाय सञ्चालन गर्दै आएका उद्यमीहरूको योगदानलाई भिडियो कथामार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। अभियानले दैनिक जीवनमा स्थानीय व्यवसायीले निभाउँदै आएको भूमिका, उनीहरूको संघर्ष, अनुभव र सामुदायिक सम्बन्धलाई उजागर गरेको छ।

कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले स्थानीय व्यवसायहरू समुदायको मेरुदण्ड भएको उल्लेख गर्दै ५० वर्षभन्दा बढी समयदेखि नेपाली जनजीवनसँग जोडिएका व्यक्तिहरूको सम्मान गर्न अभियान ल्याइएको बताइन्।

त्यसैगरी बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कानले ले साना व्यवसायीहरूले स्थानीय अर्थतन्त्र र सामाजिक सम्बन्धलाई बलियो बनाएको बताए।

अभियानमा सहभागी व्यवसायीहरूले पनि कोका–कोला नेपाली खानपान संस्कृति र दैनिक जमघटको अभिन्न हिस्सा बनिसकेको अनुभव साझा गरेका छन्। कम्पनीका अनुसार ‘लोकल्ली योर्स’ अभियानले स्थानीय उद्यमशीलता, संघर्ष र सामुदायिक गौरवका प्रेरणादायी कथालाई उजागर गर्ने उद्देश्य राखेको छ।

Read More

स्वास्थ्यमन्त्री मेहता र भारतीय राजदूतबीच भेट, स्वास्थ्य पूर्वाधार विकासमा जोड

काठमाडौं। स्वास्थ्यमन्त्री निशा मेहता र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्रालयमा भएको भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी र सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरिन्।

छलफलमा राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्र स्थापना तथा स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा सहकार्य अझ विस्तार गर्ने विषयमा समेत कुराकानी भएको बताइएको छ।

Read More

तमिलनाडुमा मुख्यमन्त्री विजयलाई समर्थन गर्न एआइएडिएमकेमा फुट 

काठमाडौँ । भारतको तमिलनाडुको प्रमुख राजनीतिक दल एआइएडिएमके भित्र विभाजन देखिएको छ । पार्टीका नेता सीभी षणमुगमले अभिनेता तथा मुख्यमन्त्री विजय नेतृत्वको टिभिके सरकारलाई समर्थन गर्ने घोषणा गरेपछि संसदको तेस्रो ठुलो दल फुटको संघारमा पुगेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार षणमुगमसँगै करिब ३० जना विधायक पनि विजयको पक्षमा उभिएका छन् । उनले जनताले दिएको जनादेश टिभिकेका लागि भएको भन्दै समर्थन गर्ने निर्णय गरिएको बताएका छन् ।

षणमुगमले द्रमुकसँग गठबन्धन गरेको भए एआईएडीएमकेको अस्तित्व नै संकटमा पर्ने दाबी गर्दै पार्टी विभाजन गर्ने उद्देश्य आफ्नो नभएको र एडप्पादी पलानीसामी नै आफ्नो नेता रहेको पनि स्पष्ट पारेका छन् ।

एआईएडीएमकेभित्रको मतभेद तमिलनाडु विधानसभा अधिवेशन सुरु भएपछि सार्वजनिक भएको बताइएको छ । पार्टीका केही नेताले नेतृत्व परिवर्तनको मागसमेत उठाएका छन् । पूर्वनेता केसी पलानीसामीले पार्टीभित्र स्पष्ट रूपमा फुट देखिएको टिप्पणी गरेका छन् ।

नयाँ दल टिभिकेले सरकार बनाए पछि राज्यपालले बुधबारसम्म विश्वासको मत लिने समय दिएको अवस्थामा एआइएडिएमके भित्रको यस फुटले मुख्यमन्त्री विजयलाई भने राहत भएको छ ।

तमिलनाडुमा सन् १९६७ पछि पहिलो पटक द्रमुक र एआईएडीएमके बाहेक तेस्रो दलको सरकार बनेको हो । विगत झन्डै ५९ वर्षदेखि राज्यको राजनीति यी दुई दल वरिपरि केन्द्रित रहँदै आएको थियो ।

विजयलाई अहिले काँग्रेस र अन्य स-साना तीन दलले समर्थन गरेका छन् । 

Read More

टेस्ट क्रिकेटमा पाकिस्तानविरुद्ध बंगलादेशको शानदार जित

काठमाडौँ । बंगलादेशले पाकिस्तानविरुद्धको पहिलो टेस्ट जितेको छ । मंगलबार सम्पन्न खेलमा बंगलादेशले पाकिस्तानलाई १०४ रनले पराजित गरेको हो ।

मिरपुरमा २६८ रनको लक्ष्य पछ्याएको पाकिस्तान १६३ रनमा अलआउट भएपछि बंगलादेशले सिरिजको पहिलो खेलमा जित हासिल गरेको हो । योसँगै घरेलु टोलीले २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

यस टेस्टमा बंगलादेशले पहिलो इनिंगमा ४१३ रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिंगमा ३८६ रन बनाएको थियो । त्यसपछि बंगलादेशले आफ्नो दोस्रो इनिंगमा ९ विकेट गुमाएर २४० रन बनाएपछि २६८ रनको लक्ष्य दिदै इनिंग घोषणा गरेको थियो ।

यो बंगलादेशले पाकिस्तानविरुद्ध आफ्नो घरेलु मैदानमा जितेको पहिलो टेस्ट हो भने पाकिस्तानविरुद्ध लगातार तेस्रो टेस्ट जितेको छ । बंगलादेशले यसअघि २०२४ मा पाकिस्तानलाई उसकै घरेलु मैदानमा लगातार दुई खेलमा हराएको थियो ।

अब दोस्रो तथा अन्तिम टेस्ट शनिबारदेखि सिलेटमा सुरु हुनेछ। 

Read More

अर्घाखाँची बस दुर्घटना: मृत्यु हुनेको संख्या चार पुग्यो

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुडुलेमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।  

प्रहरीले दुर्घटनामा ४ जनाको ज्यान गएको जानकारी दिदै २७ जना घाइते भएको बताएको छ ।

मृत्यु हुनेमा पोखरा महानगर-१९ की ७८ बर्षिय राममाया बस्नेत, ७८ बर्षिय विन्दु कुँवर, पर्वत मोदी गाउँपालिका-५ की ५० बर्षिय कौशिला रेग्मी र मोदी- ५ का ४५ बर्षका चालक रमेश जिसी रहेका छन् ।सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी–८ को कुडुलेफाट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । 

घाइतेमध्ये चार जनाको अबस्था गम्भीर रहेको  र घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । 

सुपा देउराली दर्शन गरी पर्बत फर्किदै गरेको पर्वतको ध १ ख ५०४ नम्बरको गाडी सडकबाट तल खसेको थियो ।

Read More

जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारीमा सरकार

काठमाडौं । सरकारले जलस्रोतको व्यवस्थापनलाई संघीय संरचना अनुरुप व्यवस्थित गर्न जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ को मस्यौदा परिमार्जन कार्य पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो ।

हाल कार्यान्वयनमा रहेको जलस्रोत ऐन २०४९ लाई प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेको संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार बाँडफाँटलाई कानुनी आधार दिनेछ । नयाँ ऐन जारी भएपछि प्रदेश तथा स्थानीय तहहरूले पनि आफ्नो अधिकार क्षेत्रअनुसार छुट्टै कानुन निर्माण गर्न सक्ने छन् ।

मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य जलस्रोतको संरक्षण, बहुआयामिक उपयोग र समुचित विकास सुनिश्चित गर्नु हो । यससँगै जल उत्पन्न विपद् न्यूनीकरण, जलस्रोतको दिगो उपयोग तथा एकीकृत व्यवस्थापनलाई पनि विधेयकले प्राथमिकतामा राखेको छ ।

विधेयकमार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव गरिएको छ । सचिवालयलाई जलस्रोतको नियमन, नीति समन्वय र दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा विकास गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ । आयोगको विद्यमान कार्यक्षेत्रलाई विस्तार गर्दै थप जिम्मेवारी दिइएको छ ।

मन्त्रालयले ऐनसँगै आवश्यक नियमावली तर्जुमाको काम पनि समानान्तर रूपमा अघि बढाएको छ, ताकि कानुन पारित भएसँगै कार्यान्वयनमा लैजान सहज होस् ।

सरकारले चालु संसद अधिवेशनबाटै विधेयक पारित गर्ने लक्ष्य राखेको छ । त्यसका लागि मस्यौदालाई जेठ पहिलो साताभित्र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेश गर्ने तयारी भइरहेको छ ।

संघीय संरचनाअनुसार जलस्रोत व्यवस्थापनको स्पष्ट कानुनी आधारको अभाव हुँदा विभिन्न तहका सरकारबीच अधिकार क्षेत्र, आयोजना स्वीकृति तथा स्रोत उपयोगमा अन्योल देखिँदै आएको थियो । नयाँ विधेयकले त्यस्ता अस्पष्टता हटाउँदै जलस्रोतको विकासलाई संस्थागत र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

Read More

महावीर पुनले ‘सराप’ फिर्ता लिन संसदमा राखे यस्तो शर्त

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान र प्रविधि क्षेत्रलाई उपेक्षा गरेको भन्दै प्रतिनिधिसभामा कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार संसदको विशेष समयमा बोल्दै पुनले सरकारको नीति तथा कार्यक्रममा विज्ञान र अनुसन्धानलाई प्राथमिकता नदिइएको भन्दै आक्रोश पोखेका हुन् । उनले ४६ पृष्ठ लामो नीति तथा कार्यक्रममा ‘विज्ञान’ शब्दसमेत उल्लेख नभएको भन्दै आश्चर्य व्यक्त गरेका थिए ।

पुनले विज्ञान र अनुसन्धानका लागि पर्याप्त बजेट विनियोजन नभए आफूले सामाजिक सञ्जालमार्फत दिएको ‘सराप’ कायम रहने चेतावनीसमेत दिए । सरकारले सुधार गरे आफू उक्त अभिव्यक्ति फिर्ता लिन तयार रहेको उनले बताए ।

उनले भने- उनले भने, ‘मैले हिजो बेलुका आवेशमा आएर फेसबुकमा सबै नेताहरूलाई सराप दिएको थिएँ। कसैको पनि दिमागमा विज्ञान र अनुसन्धान भन्ने कुरा नपसोस् भनेर त्यो रिस व्यक्त गरेको हुँ । तर यदि सरकारले यसलाई सुधार्छ भने म आफ्नो सराप फिर्ता लिन तयार छु।’

उनले विज्ञानबिना कुनै पनि देशको अर्थतन्त्र बलियो बन्न नसक्ने उल्लेख गर्दै अनुसन्धान र नवप्रवर्तनका लागि कुल गार्हस्थ्य उत्पादनको कम्तीमा १ प्रतिशत बजेट छुट्याउन माग गरे । त्यस्तै उनले विज्ञान तथा प्रविधिका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग राखेका छन् ।

सांसद पुनले नयाँ सरकारले पनि विज्ञानको महत्व नबुझेको भन्दै आलोचना गरेका छन् । उनले भने- उनले भने, ‘पुराना नेताहरूको त उमेरका कारण दिमागले भेटेन होला, तर अहिलेको युवा नेतृत्वले पनि विज्ञानको महत्व नबुझ्नु विडम्बना हो। विज्ञानबिना कुनै पनि देशको अर्थतन्त्र बलियो हुन सक्दैन भन्ने कुरा संसारले पुष्टि गरिसकेको छ।’

Read More

घुससहित पक्राउ परेका सशस्त्र प्रहरी निरीक्षकविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

धनुषास्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस नक्टाझिजमा कार्यरत अधिकारीले कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनामा माटो तथा ग्राभेल फिलिङमा प्रयोग हुने सवारीसाधन रोक्ने र काम गर्न नदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानबाट अधिकारीले विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार बिगो ४० हजार रुपैयाँ कायम गरी कैद र जरिवानाको मागदाबी गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

Read More

नेपाल स्कटल्याण्डसँग २ रनले पराजित

कठमाडौं । स्कटल्याण्डले नेपाललाई पराजित गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको टियु क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपाल २ रनले पराजित भएको हो ।

डिएलएस मेथड अनुसार नेपालले ३९ ओभरमा २२१ रनको लक्ष्य पाएकोमा ३० ओभरमा ७ विकेट गुमाउदै २१८ रन बनाएको थियो ।  

नेपालका लागि गुलशन झाले अविजित ६१ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले ५५ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ३२ र करण केसीले १८ रन बनाएका थिए ।  

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्बाधिक ७५ रन बनाएका थिए भने फिनले म्याकक्रीथले ३५, माइकल इङलिशले ३४, माइकल लिस्कले २९ र मार्क वाटले २४ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिएका थिए भने करण केसी र नन्दन यादवले २- २ विकेट लिएका थिए ।

यो जितपछि स्कटल्याण्डको लिग- २ मा २९ खेलमा ३६ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपालको भने लिग- २ मा यो १५औं हार हो । नेपालले २५ खेलमा ८ जितसहित १८ अंक हासिल गरेको छ र हाल सातौं स्थानमा रहेको छ ।

Read More

प्रतिनिधिसभाका सचिव हर्कराज राई बर्खास्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट बर्खास्त गरिएको छ ।

सभामुख डोल प्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति पौडेलले आजदेखि लागू हुनेगरी पदबाट हटाएका हुन् । 

संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्‍ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सचिव राईलाई सभामुख अर्यालले यसअघि दूई पटक स्पष्टीकरण सोधेका थिए  ।  

Read More