२०८३ जेष्ठ २

केन्द्रीय कार्यसमिति विस्तारले बृहत् एकताको उद्देश्यमा ठेस पुग्यो- पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यसमितिको पछिल्लो विस्तारबारे आफूलाई कुनै जानकारी वा परामर्श नभएको बताएका छन् ।

खड्काले धारणा सार्वजनिक गर्दै वैशाख २८ गते गरिएको केन्द्रीय कार्यसमितिको मनोनयनले पार्टीको बृहत् एकताको उद्देश्यमा ठेस पुगेको बताएका हुन् ।

उनले देशको राष्ट्रियता, संविधानवाद र लोकतन्त्रमाथि चुनौती बढिरहेका बेला कांग्रेस पूर्ण रूपमा एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । पार्टीको समग्र एकता बिना कांग्रेसले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न नसक्ने उनको भनाइ छ ।

खड्काले पार्टी एकताको मुख्य जिम्मेवारी गगन थापा र विश्वप्रकाश शर्माको काँधमा रहेको उल्लेख गर्दै सबै पक्षलाई एकताका लागि तत्काल पहल गर्न आग्रह गरेको बताए ।

उनले विगतमा विभाजित कांग्रेसले ठूलो राजनीतिक क्षति बेहोरेको र जनविश्वाससमेत गुमाएको स्मरण गराउँदै अहिलेको परिस्थितिबाट पाठ सिकेर साझा सोच र भावनासहित अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

खड्काले पार्टी नेतृत्वले अझै पनि बृहत्तर एकताको दिशामा सामूहिक भावना र साझा विचारका साथ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

Read More

मानवीय संरचनामाथि डोजर चलाएर विकास हुँदैन :ज्ञानेन्द्र शाही

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले मानवीय संवेदनामाथि डोजर चलाएर विकास सम्भव नहुने बताएका छन्।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता शाहीले अवैध संरचना हटाउन आफू सकारात्मक भए पनि सुकुम्वासी बस्तीमाथि कठोर व्यवहार गर्नु उचित नभएको बताए।

उनले सरकारलाई “सुकुम्वासी होइन, हुकुमबासी मानसिकतामाथि प्रहार गर्न” आग्रह गर्दै सत्ता र शक्तिको दुरुपयोग भइरहेको आरोप लगाए।

सुकुम्वासी बस्ती हटाउने क्रममा दुई जनाले आत्महत्या गरेको घटनाप्रति दुःख व्यक्त गर्दै शाहीले नागरिकको जीवन सुरक्षा सरकारको मुख्य दायित्व भएको पनि उल्लेख गरे। साथै उनले सत्ता स्थायी नहुने भन्दै सरकारलाई संवेदनशील भएर काम गर्न चेतावनी दिए।

Read More

परराष्ट्रमन्त्री खनालसँग राष्ट्रसंघीय महिला निकायकी उपकार्यकारी निर्देशक गुम्बोन्जभान्डाको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राष्ट्रसंघीय महिला निकायकी उपकार्यकारी निर्देशक न्याराडजायी गुम्बोन्जभान्डाले शिष्टाचार भेट गरेकी छन् ।

सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपालले लैङ्गिक समानता तथा महिला सशक्तीकरणका क्षेत्रमा हासिल गरेको प्रगतिबारे छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

साथै नेपाल र संयुक्त राष्ट्रसंघीय महिला निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

Read More

रास्वपा अराजक जमातको अस्थायी गठजोड हो- बादल

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अराजक जमातको अस्थायी गठजोड भएको आरोप लगाएका छन् ।  

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता थापाले रास्वपा कुनै वैचारिक दल नभएको टिप्पणी गर्दै रास्वपा अराजक जमातको अस्थायी गठजोड भएको आरोप लगाएका हुन्  ।  

साथै उनले रास्वपाको सफलता एआई र अल्गोरिदमको जादु, विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम भएको दाबि गरे । 

उनले भने- ‘प्रतिनिधि सभा तथा संघीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी गर्यो। यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो। यो लक्ष्य प्राप्त गर्न पनि रास्वपा सफल रह्यो । यो सफलता त दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम थियो ।’

साथै नेता थापाले नेपाली सेनाको आलोचना गर्दै आफ्नै परमाधिपतिको निवास जल्दा मौन रहेको सेना सुकुम्बासीको बस्तिमा किन गएको भन्दै प्रश्न गरेका थिए ।

Read More

१२ वर्षपछि बुद्धसिंह मार्गको पुल ठेक्का रद्द

काठमाडौँ । पोखरा–नारायणगढ सडकअन्तर्गत बुद्धसिंह मार्गको घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्ततः रद्द गरिएको छ। निर्माण सुरु भएको १२ वर्ष बित्दा पनि काम सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीसँगको सम्झौता तोडेको हो।

आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिकालाई जोड्ने उक्त पुल निर्माणका लागि पटक–पटक निर्देशन दिँदा पनि काम अघि नबढेपछि कानुनी प्रक्रिया अनुसार कारबाही सुरु गरिएको कार्यालयले जनाएको छ। १०५ मिटर लामो पुलको हालसम्म करिब ३६ प्रतिशत मात्र काम सम्पन्न भएको छ।

पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले लामो समयदेखि सास्ती भोग्दै आएका छन्। पुल बनेमा दमौलीदेखि चितवनसम्मको दूरी करिब २५ किलोमिटर छोटिने बताइएको छ। हाल यात्रुहरू झोलुङ्गे पुल प्रयोग गर्न बाध्य छन् भने साना सवारीसाधन सञ्चालनमा समेत समस्या हुँदै आएको छ।

ठेक्का रद्द भएसँगै अब नयाँ प्रक्रिया मार्फत बाँकी निर्माण कार्य अघि बढाइने सडक डिभिजन कार्यालयले जनाएको छ।

Read More

जनजीविकासँग जोडिएका मुद्दामा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले जनजीवनसँग प्रत्यक्ष सम्बन्धित समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । शून्य समयमा बोल्दै उनीहरूले सडक, स्वास्थ्य, सुकुमवासी, कृषि, पर्यटन, विद्युत्, खेलकुद तथा विपद् व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरूले विभिन्न जिल्लाका सडक स्तरोन्नति, अस्पताल विस्तार, बाढी–पहिरो पीडितको राहत, किसानका समस्या समाधान, पर्यटन प्रवर्द्धन तथा सुकुमवासी व्यवस्थापनका विषय उठाएका थिए । केही सांसदले खेलाडी पलायन रोक्न, ज्येष्ठ नागरिकमैत्री संरचना निर्माण गर्न तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकार सुनिश्चित गर्न पनि माग गरेका छन् ।

त्यसैगरी, स्मार्ट सिटी निर्माण, विद्युत् आपूर्ति विस्तार, सीमावर्ती क्षेत्रका समस्या समाधान तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा सरकार गम्भीर बन्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

Read More

हर्क साम्पाङको प्रश्न- सरकारको प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ?

काठमाडौँ । श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा जवाफ दिनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने भन्दै प्रश्न उठाएका छन् ।

उनले भने- ‘यो सरकारको प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ? छ भने उहाँले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको जबाफ नदिनु भनेको जनताका प्रश्नको उत्तर नदिनु हो ।’

उनले अहिले जनता सरकारसँग डराएर बाँच्नुपर्ने अवस्था आएको भन्दै लोकतन्त्र यहि हो त ? भन्दै प्रश्न गरेका छन् । उनले बैठकमा सांसदहरूको उपस्थिति र खाली देखिएका कुर्सी बारे पनि प्रश्न उठाउदै उनले सभामुखको समेत ध्यानाकर्षण गराएका थिए ।

साम्पाङले सरकारले नीति तथा कार्यक्रम ल्याउदा विपक्षी दलहरुसँग छलफल नगरेको भन्दै आलोचना गर्दै इमान्दार नभएसम्म र नियत ठिक ठाउमा नआएसम्म जस्तो नीति ल्याएपनि केहि नहुने बताए ।

Read More

अर्घाखाँचीमा बस दुर्घटना हुदा दुई जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं । अर्घाखाँचीको पाणिनि-८ दुर्गाफाँट कुँडुलेमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

सुपा देउरालीबाट पर्वत जादै गरेको ढ १ ख ५०४ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि तत्काल जिल्ला अस्पताल सन्धिखर्क र पाल्पाको तानसेन पठाइएको र केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि तानसेन रिफर गरिएको प्रहरीले जनाएको छ ।  

Read More

नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए- प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा बोल्दै प्रचण्डले सरकार गठन भएपछि सरकारले आफ्नो रोडम्याप सार्वजनिक गरेको तर नीति तथा कार्यक्रमले सत्तारुढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय संकल्पपत्रको स्पिरिट समात्न सकेको बताएका हुन् ।

उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने हतार र परिपाटीप्रति असन्तुष्टि व्यक्त गर्दै भने- ‘जुन हतारोमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ र जुन परिपाटी अवलम्बन गरेका छौं त्यसबाट नीति तथा कार्यक्रममाथिको छलफल सधैँ एउटा कर्मकाण्ड मात्रै बन्न पुगेको छ ।’

सम्बोधनका क्रममा संयोजक प्रचण्डले मधेशी जनताको सपनाहरूको जगमा यो सरकार बनेपनि सिँगो नीति तथा कार्यक्रममा मधेशप्रति मौन रहेको बताए  । उनले भने- ‘सत्तारुढ दलका सभापति रवि लामिछानेले दलित समुदायमाथि राज्यका तर्फबाट क्षमा माग्नुभयो । तर त्यो क्षमा सरकारको नीति तथा कार्यक्रममा कहिँ कतै प्रकट हुन सकेन। सरकार दलित समुदायका सवालमा विगतका यथास्थितिवादी सरकारहरूभन्दा पनि प्रतिगामी बन्न पुगेको छ ।’ 

उनले दलित विकास प्राधिकरणको आवश्यकता, रैथाने सीपको प्रवर्द्धन र विशेषाधिकार नीतिलाई नीति तथा कार्यक्रमले सम्बोधन नगरेको बताए ।

Read More

नेप्सेमा ३९.४४ अंकको गिरावट, ४ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से ३९.४४  अंकले घटेर २७४४.४० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३८ कम्पनिका एक करोड ६ लाख ७८ हजार ५५० कित्ता शेयर ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६६७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने फर्स्ट माइक्रो फाइनान्सको शेयर १२.४० प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको १८ करोड ९९ लाखको कारोबार भएको छ भने  रिलायन्स स्पिनिंग मिल्सको १८ करोड ९ लाख बराबरको कारोबार भएको छ ।

Read More