२०८३ जेष्ठ २

काठमाडौँ महानगरमा एसइईमा ४ विद्यालयबाट शतप्रतिशत नतिजा, ७६.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट ३ हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् ।

परीक्षामा सामेल ६० वटा विद्यालयमध्ये केन्द्रीय वहिरा माध्यमिक विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, बाल व्यवसायी माध्यमिक विद्यालय र बाल सेवा माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन् । परीक्षामा सहभागी ४ हजार १६७ जना विद्यार्थीमध्ये ४ जीपीए प्राप्त गर्ने २८ जना विद्यार्थी छन् । उनीहरुमध्ये ज्ञानोदय माध्यमिक विद्यालयका २१ जना, तरुण मा. वि. का १ जना, शिवपुरी मा. वि. का १ जना, विश्व निकेतन मा. वि. का ३ जना र रत्नराज्य मा. वि. का २ जना विद्यार्थी छन् । गएको वर्ष १७ जनाले ४ जीपीए प्राप्त गरेका थिए ।

गएको वर्ष ४ हजार ८५ जना परीक्षार्थीमध्ये ३ हजार १०९ जना (७६.०८ प्रतिशत) ग्रेडेड थिए । यस वर्ष ८२ जना वढी विद्यार्थी परीक्षामा सहभागी भए । गएको वर्षभन्दा यो वर्ष ०.६७ प्रतिशत बढी विद्यार्थी ग्रेडेड भएका हुन् । उनीहरुमध्ये ३.६ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ५४३ जना छ । ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार ४ जना, २.८ देखि ३.२ जीपीए ल्याउने १ हजार १५३ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४६९ जना, २.० देखि २.४ जीपीए ल्याउने १४ जना छन् । यसमा गएको वर्ष क्रमशः ७७४ जना, १ हजार १५६ जना, ९०२ जना, २४६ जना र १४ जना थियो । यो नतिजा हेर्दा यसरी हेर्दा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीको संख्या वृद्धि भइरहेको र तल्लो तहको जीपीए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या घट्दै गएको छ । 

गएको वर्ष ९७६ जना नटग्रेडेड थिए । यस वर्ष ९६९ जना नटग्रेडेड छन् । 

परीक्षामा देखिएको यो नतिजालाई शिक्षा विभागले सुक्ष्म विश्लेषण गरेर सुधारलाई प्रोत्साहन र नियमित नकारात्मक नतिजा प्राप्त गर्ने विद्यालयलाई नकारात्मक सूचीमा राखिने शिक्षा अधिकारी नमराज ढकालको भनाइ छ । 

विद्यालयहरुको शैक्षिक गुणस्तरमा आएको सुधार, विद्यार्थीहरुमा मिहनेत गर्ने बानीको विकास, शिक्षकहरुको अध्यापनप्रति बढ्दो सक्रियता, नतिजा सुधारका लागि महानगरपालिकाले विदाका समयमा सञ्चालन गरेका क्याम्पहरु तथा विशेष निगरानी कक्षाबाट यो परिवर्तन आएको हो । शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार सिकाइप्रति  विद्यार्थीहरुको रुचि जगाउन, सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन र तनावरहित सिकाइलाई अभ्यासमा ल्याउन ‘पुस्तक रहित शुक्रवार’ कार्यक्रमले योगदान गरेको छ । यस कार्यक्रममा विद्यार्थीहरुले पाठ्यक्रम, सहपाठ्यक्रम र अतिरिक्त पाठ्यक्रमलाई एकीकृत गरेर विद्यार्थीको बहुआयामिक सिकाइको अभ्यास गरिएको थियो ।

शिक्षामा रूपान्तरण ल्याउन विद्यार्थीको सिकाइ सुधार महानगरपालिकाको प्राथमिकता हो । यसलाई सम्भव बनाउन विद्यार्थीको सिकाइ कमजोरी हुनुको मूल कारण बुझ्न र सोहीअनुसार सुधार कार्यक्रम कार्यान्वयन योजनाका आधारमा कक्षा सञ्चालन गरिएको थियो । शिक्षकको दक्षता अभिवृद्धि गर्न शिक्षक तालिम सञ्चालन गरिएको छ । स्मार्ट कक्षा कोठामा अध्ययन गर्न साधन उपकरण र पूर्वाधार थपिएको छ । 

शैक्षिक क्रियाकलाप सँगसँगै खुला, अतिरिक्त र बहुआयमिक विद्यार्थी केन्द्रित क्रियाकलापका साथमा गरिएका अभ्यासले शैक्षिक नतिजामा वृद्धि गरेको छ । ं शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार प्रधानाध्यापकलाई व्यवस्थापकीय पक्षसहित, शिक्षकहरूलाई विषयगत तालिम तथा समग्र चेतना विकासको आधारभूत तालिम, प्रविधिमा जोड्ने सिप, शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल क्रियाकलाप, शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार तथा सफलताका लागि साथ दिने कार्यक्रम हुन् ।

Read More

साउदी प्रो लिगमा अल नासर अल हिलालसँग बराबरीमा रोकियो

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर र अल हिलाल बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा अल नासर र अल हिलाल १-१ गोलको बराबरीमा रोकिएका हुन् । 

यस खेलमा खेलको ३७औं मिनेटमा मोहमद सिमाकनको गोलमा ल नासरले अग्रता लिएको भएपनि खेलको ९० मिनेटपछिको इन्जुरी समयमा अल नासरकै बेन्टोको आत्मघाती गोलमा अल हिलालले बराबरी गोल गर्दै अल नासरलाई उपाधि जित्नबाट एक खेलका लागि रोकेको थियो ।

यो बराबरीपछि अल नासरको ३३ खेलमा ८३ अंक भएको छ र शिर्ष स्थानमा छ भने अल हिलालले ३२ खेलमा ७८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

अब लिग उपाधिको निर्णय भने अल नासरको अन्तिम खेलबाट मात्र हुने हुने भएको छ । अल नासरले अब मे २१ मा अन्तिम खेल अल दामकसँग खेल्ने तालिका रहेको छ । त्यस्तै त्यसअघि अल हिललले मे १६ मा अल नेओमसँग खेल्ने खेलमा हार बेहोरेमा पनि अल नासरले उपाधि जित्ने छ ।

Read More

राष्ट्रिय सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुने

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १२: १५ बजे राष्ट्रिय सभाको बैठक बस्ने भएको हो ।

आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख २८ गते दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यकममाथि छलफल हुने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने छन् भने आज छलफल शुरु हुने छ ।

Read More

आइपिएलमा सनराइजर्समाथि गुजरातको फराकिलो जित

काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा सनराइजर्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा गुजरातले सनराइजर्सलाई ८२ रनले पराजित गरेको हो । गुजरातले दिएको १६९ रनको लक्ष्य पछाएको सनराइजर्स १४.५ ओभरमा अल आउट हुदै ८६ रन मात्र बनाएको थियो ।

सनराइजर्सका लागि कप्तान पाट कमिन्सले सर्बाधिक १९ रन बनाए भने सलिल अरोराले १६ र हेइनरिच क्लासेनले १४ रन बनाएका थिए । त्यस्तै गुजरातका बलर कागीसो रबाडा र जासन होल्डरले ३-३ र प्रसिद्ध कृष्णले २ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज र रशिद खानले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाउदै १६८ रन बनाएको थियो । गुजरातका लागि साइ सुदर्शनले सर्बाधिक ६१, वाशिंटन सुन्दरले ५० र निशान्त सिन्धुले २२ रन बनाएका थिए ।

त्यस्तै सनराइजर्सका बलर प्रफुल हिंगे र सकिब हसनले २-२ विकेट लिएका थिए ।

यो जितपछि गुजरात अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । गुजरातको १२ खेलमा १६ अंक रहेको छ । त्यस्तै सनराइजर्सको भने १२ खेलमा १४ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।

जारी आइपिएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र कोलकोता नाइट राइडर्सबीच खेल हुदैछ ।

Read More

रास्वपाको केन्द्रीय समितिको बैठक बुधबार बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ ।

प्रवक्ता मनिष झाका अनुसार बैठक बुधबार बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्दैछ ।

बैठकमा ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको विषयमा छलफलको कार्यसूची रहेको झाले जानकारी दिएका छन् ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको  सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही जिल्लाहरूमा हावाहुरी/असिना/मेघगर्जन/चट्याङ्गको पनि सम्भावना रहेको छ। 

त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।

Read More

२०८३ बैशाख ३० गते बुधबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख ३० गते बुधबार ईस २०२६ मे १३ नेपाल सम्बत ११४६ वछलागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष एकादशी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्रपदा नक्षत्र, विश्कुम्भ योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–

आज तपाईंको आत्मबल र निर्णय क्षमता बढ्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। लामो समयदेखि रोकिएको काम पूरा हुँदा मन प्रसन्न रहनेछ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ, तर खर्च बढ्न सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। प्रेम जीवनमा विश्वास र समझदारी बढ्नेछ। विद्यार्थीका लागि अध्ययनमा राम्रो प्रगति हुने दिन छ। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कामले थकान महसुस हुन सक्छ। यात्राबाट लाभ प्राप्त हुने सम्भावना देखिन्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)–

आज धैर्य र संयमले सफलता दिलाउनेछ। व्यवसाय तथा जागिरमा स्थिर प्रगति हुनेछ। सहकर्मी तथा साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। आर्थिक लाभको सम्भावना देखिए पनि अनावश्यक खर्च नियन्त्रण गर्न आवश्यक हुनेछ। परिवारमा खुसीको वातावरण बन्नेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। स्वास्थ्यमा सुधार आउने संकेत छन्। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागी हुने अवसर प्राप्त हुन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)–

आज नयाँ योजना र नयाँ सोचले फाइदा दिलाउन सक्छ। अध्ययन, लेखन तथा सिर्जनात्मक क्षेत्रमा राम्रो सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको विचारको प्रशंसा हुन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ, तर भविष्यका लागि नयाँ योजना बनाउन सकिनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। प्रेम सम्बन्धमा खुलेर संवाद गर्दा सम्बन्ध अझ बलियो बन्नेछ। स्वास्थ्यमा मानसिक तनाव कम गर्न आराम आवश्यक हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–

आज परिवारको साथ र सहयोगले मन उत्साहित रहनेछ। कार्यक्षेत्रमा केही चुनौती आउन सक्ने भए पनि धैर्यले समाधान निकाल्न सकिनेछ। आर्थिक लाभको सम्भावना देखिन्छ। व्यवसायमा नयाँ अवसर प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। विद्यार्थीका लागि मेहनत अनुसार सफलता मिल्ने दिन छ। स्वास्थ्य सामान्य रहनेछ, तर खानपानमा ध्यान दिनु आवश्यक हुनेछ। धार्मिक तथा शुभ कार्यमा सहभागी हुने अवसर मिल्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–

आज सामाजिक तथा व्यावसायिक क्षेत्रमा प्रभाव बढ्नेछ। नेतृत्व क्षमता देखाउने अवसर प्राप्त हुनेछ। नयाँ जिम्मेवारी आउन सक्छ र त्यसलाई सफलतापूर्वक पूरा गर्न सकिनेछ। आर्थिक पक्ष राम्रो रहने संकेत छन्। परिवारसँग रमाइलो समय बित्नेछ। प्रेम जीवनमा खुसी र उत्साह बढ्नेछ। साथीभाइसँग भेटघाट र मनोरञ्जनमा समय बित्न सक्छ। स्वास्थ्यमा सुधार आउनेछ, तर आराममा ध्यान दिनु राम्रो हुनेछ। यात्राबाट लाभ मिल्ने योग देखिन्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)–

आज मेहनत अनुसार राम्रो फल प्राप्त हुने दिन छ। कार्यक्षेत्रमा प्रगति हुनेछ र नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक लाभको सम्भावना बलियो देखिन्छ। परिवारमा सुखद वातावरण बन्नेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। विद्यार्थीका लागि अध्ययनमा राम्रो प्रगति हुने संकेत छन्। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कामले थकान बढ्न सक्छ। नयाँ चिनजानले भविष्यमा लाभ दिलाउन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)–

आज मनमा सकारात्मक सोच र उत्साह बढ्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुन सक्छ। व्यापार तथा व्यवसायमा लाभ हुने संकेत छन्। आर्थिक अवस्था क्रमशः सुधारतर्फ जानेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। प्रेम सम्बन्धमा नयाँ खुसी प्राप्त हुन सक्छ। स्वास्थ्यमा सुधार आउने संकेत छन्। छोटो यात्राबाट फाइदा मिल्ने सम्भावना देखिन्छ। विद्यार्थीले अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सक्नेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–

आज धैर्य र मेहनतले राम्रो परिणाम दिलाउनेछ। कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्न सक्छ, तर अन्ततः सफलता तपाईंको पक्षमा आउनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। परिवारको सहयोगले महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ। प्रेम सम्बन्धमा बोलीमा संयम राख्नु राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। यात्राबाट सकारात्मक अनुभव प्राप्त हुन सक्छ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)–

आज भाग्यले राम्रो साथ दिने दिन छ। लामो समयदेखि रोकिएका काम पूरा हुन सक्छन्। व्यवसाय तथा जागिरमा प्रगति हुनेछ। आर्थिक लाभको सम्भावना बलियो देखिन्छ। परिवारसँगको सम्बन्ध अझ नजिक बन्नेछ। प्रेम जीवन सुखद रहनेछ। विद्यार्थीका लागि अध्ययनमा सफलता प्राप्त हुने दिन छ। स्वास्थ्य राम्रो रहनेछ। धार्मिक तथा सामाजिक कार्यमा सक्रियता बढ्न सक्छ। यात्राबाट लाभ प्राप्त हुने संकेत छन्।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)–

आज कामको चाप बढ्न सक्छ, तर परिणाम सकारात्मक रहनेछ। व्यवसायमा नयाँ योजना सफल हुन सक्छ। आर्थिक अवस्थामा सुधार आउने संकेत छन्। परिवारका सदस्यसँग सल्लाह गरेर अघि बढ्दा फाइदा हुनेछ। प्रेम सम्बन्धमा समझदारी कायम रहनेछ। स्वास्थ्यमा थकान महसुस हुन सक्छ, त्यसैले आराम आवश्यक हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने सम्भावना छ। यात्राको योग पनि देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)–

आज सिर्जनात्मक क्षमता बढ्नेछ। नयाँ अवसर प्राप्त हुन सक्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सफल बन्नेछ। आर्थिक लाभका संकेत देखिन्छन्। परिवारसँग रमाइलो वातावरण बन्नेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। विद्यार्थीका लागि अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्ने दिन छ। स्वास्थ्य सामान्य रहनेछ। अनावश्यक तनावबाट टाढा रहनु राम्रो हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)–

आज मनमा शान्ति र सकारात्मकता बढ्नेछ। पारिवारिक सुख र सहयोग प्राप्त हुनेछ। व्यवसाय तथा जागिरमा राम्रो प्रगति हुने सम्भावना छ। आर्थिक पक्ष बलियो बन्न सक्छ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। विद्यार्थीले मेहनत अनुसार राम्रो सफलता प्राप्त गर्न सक्नेछन्। स्वास्थ्यमा सुधार आउनेछ। नयाँ योजना तथा नयाँ चिनजानले भविष्यमा लाभ दिलाउन सक्छ ।

Read More