२०८३ जेष्ठ २

याम्बालिङ हाइड्रोको आइपिओ बाँडफाँड

काठमाडौँ । याम्बालिङ हाइड्रोपावर लिमिटेडको साधारण शेयर निष्कासनको बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको नक्सालस्थित कार्यालयमा बुधबार आइपिओ बाँडफाँड गरिएको हो ।

कम्पनीले सर्वसाधारणका लागि वैशाख १६ गतेदेखि २२ गतेसम्म १७ लाख ४३ हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो ।

कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेको छ । यसमध्ये ४० प्रतिशत अर्थात् २८ लाख कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ । कुल जारी पुँजीमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई वितरण गरिएको थियो । बाँकी ३० प्रतिशत अर्थात् २१ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको हो । सर्वसाधारणतर्फ छुट्याइएको २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको थियो । त्यस्तै २ प्रतिशत अर्थात् ४२ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिएको हो ।

यस निष्कासनमा २९ लाख ३८ हजार ८२  योग्य आवेदनबाट ३ करोड १९ लाख ५६ हजार ९१० कित्ताका लागि आवेदन परेको थियो । यस्तै ४४ हजार ४१६ वटा आवेदन भने रद्द भएका छन् ।

बाँडफाँड परिणामअनुसार गोलाप्रथामार्फत १ लाख ७४ हजार ३०० जना लगानीकर्ताले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

आइपिओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने  निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

Read More

प्रधानमन्त्री बालेन संसदमा आजपनि नबोल्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ नदिने भएका छन् ।

आज ११ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेपनि उनको स्थानमा सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका हुन् ।

योसँगै संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनको पर्खाइ लम्बिने भएको छ ।

सरकारले आजै नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने तयारी गरेको छ ।

Read More

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ सम्म चितवनमा हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको रास्वपा सचिवालय सदस्य तथा संसदीय दलका उप नेता गणेश पराजुलीले जानकारी दिएका हुन् । 

यसअघि पटक पटक महाधिवेशनको मिति सार्बजनिक गरिए पनि सार्दै आइएको थियो ।  

२०७९ असारमा औपचारिक रुपमा पार्टीको स्थापनाको घोषणा गरिएको भएपनि अहिलेसम्म पार्टीको महाधिवेशन गरिएको थिएन । रास्वपा २०७९ को असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । 

Read More

स्मार्ट सेल प्रकरणमा इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्  ।

 स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान अघि बढ्दै गर्दा पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार पक्राउ गरेको हो ।

सरकारी स्वामित्वसँग जोडिएको सम्पत्ति गैरकानुनी रूपमा अर्को कम्पनीलाई बिक्री गर्न भूमिका खेलेको आरोपमा पाण्डेलाई नियन्त्रणमा लिइएको सीआईबी स्रोतले जनाएको छ । अनुसन्धानका क्रममा विभिन्न आर्थिक र प्रशासनिक निर्णयमा उनको संलग्नता देखिएपछि पक्राउ प्रक्रिया अघि बढाइएको बताइएको छ ।

स्मार्ट सेल प्रकरण यतिबेला राज्य संयन्त्र, निजी क्षेत्र र प्रभावशाली व्यक्तिहरूको मिलेमतोबारे गम्भीर प्रश्न उठाउने मुद्दाका रूपमा हेरिएको छ । यही घटनामा यसअघि र पलिना श्रेष्ठ र नरेन्द्र उलक लाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

सीआईबीले यो प्रकरणमा थप व्यक्तिमाथि पनि अनुसन्धान चलिरहेको जनाएको छ । पछिल्ला गिरफ्तारीहरूले स्मार्ट सेलको स्वामित्व हस्तान्तरण र आर्थिक कारोबारका पाटा अझ गहिरिँदै गएको संकेत गरेका छन् ।

Read More

रास्वपाको केन्द्रीय समितिको बैठक शुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक शुरु भएको छ ।

प्रवक्ता मनिष झाका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा केहीबेर अघि शुरु भएको हो । बैठकमा ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको विषयमा छलफलको कार्यसूची रहेको झाले जानकारी दिएका छन् ।

Single Image

Single Image

Single Image

Single Image

Single Image

Read More

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ ।

महानगरअन्तर्गत रहेका संस्थागत शिक्षण संस्थामा अध्ययनका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । महानगरले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम जेठ १ गते बिहान १० बजेदेखि भर्न सकिने जनाएको छ । आवेदन दिने अन्तिम समय जेठ १० गते राति ११: ५९ बजेसम्म तोकिएको छ ।

विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट वा entrance.kathmandu.gov.np मा अनलाइन आवेदन दिन सक्ने महानगरले जनाएको छ ।

महानगरपालिकाका अनुसार छात्रवृत्ति परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जानकारी दिइएको छ ।

यसैबीच, विषयगत अङ्कभार, विद्यालयअनुसारको छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण महानगरपालिकाको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।

Read More

कस्तो छ विपिन र केकीको फिल्म ‘काजी’ को ट्रेलर ?

काठमाडौँ । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरले पारिवारिक सम्बन्ध र वैवाहिक जीवनको उतारचढावलाई प्रस्तुत गरेको छ।

ट्रेलरमा विपिन कार्की ‘काजी’ र केकी अधिकारी ‘कजिनी’को भूमिकामा देखिएका छन् । विवाहपछिको प्रेमकथालाई भावनात्मक ढंगले देखाइएको ट्रेलरले दर्शकमाझ उत्सुकता बढाएको छ ।

लक्ष्मण रिजालको निर्देशन रहेको सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ। रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गर्ने जनाइएको छ ।

Read More

चीन भ्रमणमा ट्रम्प

काठमाडौँ । इरान युद्ध चर्किरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उनको चिनियाँ राष्ट्रपति सी जीङपीङसँग भेटवार्ता हुने तय भएको छ ।

ट्रम्पले बेइजिङमा सी जिनपिङसँगको औपचारिक बैठक बिहीबार र शुक्रबारका लागि प्रस्ताव गरिएको छ । यो पछिल्लो ९ वर्षयता ट्रम्पको पहिलो चीन भ्रमण हो ।

भ्रमणअघि ट्रम्पले इरानको विषयमा शी जिनपिङसँग लामो छलफल हुने बताएका छन् । उनले इरानलाई चेतावनी दिँदै सम्झौता नगरे ठूलो क्षति व्यहोर्नुपर्ने बताएका छन् । ट्रम्पले अमेरिकासँग सैन्य र कूटनीतिक दुवै विकल्प खुला रहेको पनि उल्लेख गरेका छन् ।

यसअघि इरानले फेरि आक्रमण भए ९० प्रतिशतसम्म युरेनियम संवर्द्धनतर्फ अघि बढ्न सक्ने चेतावनी दिएको थियो । विश्लेषकहरूले इरान संकट समाधानमा चीनको भूमिका महत्वपूर्ण हुन सक्ने बताएका छन् । चीनलाई इरानको प्रमुख आर्थिक तथा रणनीतिक साझेदार मानिन्छ ।

Read More

अध्यागमनसम्बन्धी विधेयकमा सात दिनभित्र सुझाव दिन आग्रह

काठमाडौँ । सरकारले अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ ।

गृह मन्त्रालयले अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि सुझाव दिन सर्वसाधारणसँग अनुरोध गरेको छ । मंगलबार मन्त्रालयले मस्यौदा सार्वजनिक गर्दै सात दिनभित्र सुझाव दिन अनुरोध गरेको हो । 

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विधेयकको मस्यौदा उपर विधायन ऐन, २०२१ को दफा ६ को उपदफा (२) बमोजिम विधेयक तर्जुमा गर्नुको कारण र त्यसले पार्ने प्रभावका सम्बन्धमा सम्बन्धित सरोकारवाला सबै र सर्वसाधारणको रायका लागि प्रकाशन गरिएको हुँदा सो उपर तपशील बमोजिमको ढाँचामा legalsectionmoha@gmail.com मा सात दिनभित्र आफ्नो राय तथा सुझाव प्रतिक्रिया उपलब्ध गराई दिनुहुन सबैसमक्ष सादर अनुरोध छ।’

३५ बुँदे मस्यौदाको प्रस्तावनामा विदेशीको नेपालमा प्रवेश, उपस्थिति र नेपालबाट हुने प्रस्थानलाई नियमित तथा व्यवस्थित गर्न प्रचलित कानुन संसोधन र एकीकरण गर्न वाञ्छनीय भएकाले ऐन बनाइएको उल्लेख छ । त्यस्तै मस्यौदाको बुँदा नम्बर ४ मा अध्यागमन अधिकृतले विदेशीलाई नेपालमा प्रवेशका लागि कूटनीतिक भिसा, औपचारिक, पर्यटक, ट्राञ्जिट, अध्ययन अनुसन्धान तथा वैज्ञानिक, कार्य भिसा, व्यावसायिक पारिवारिक, प्रेस, अस्थायी, आवासीय, गैरआवासीय, पर्वतारोहण, चलचित्र, खेलकुद, मेडिकल र तोकिए बमोजिमका भिसा दिनसक्ने उल्लेख छ।

मस्यौदामा नियन्त्रित क्षेत्रको भ्रमणका लागि अनुमति लिनुपर्नेसहित विदेशीले पालना गर्नुपर्ने दायित्व तथा वायुसेवा कम्पनीको दायित्व तोकिएको छ भने विभागले त्यस्ता विदेशीको अनुगमन तथा सुपरीवेक्षण गर्ने र त्यसका लागि सहजीकरण गर्न हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने उल्लेख छ ।  

यस्तै, मस्यौदामा अध्यागमन कसुरअन्तर्गत दफा २६ मा नेपाल प्रहरीले पाए सरहको अधिकार दिइएको छ । अध्यागमनका अनुसन्धान अधिकृतले पक्राउ खानतलासी तथा हिरासत राख्न सक्ने उल्लेख छ । अनुसन्धान अधिकृतले कसुरको अनुसन्धान तथा तहकिकात गर्दा तारेख धरौटीमा छाड्न सक्ने तथा मुद्दा हेर्ने अधिकारीको अनुमतिमा २५ दिनसम्म थुनामा राख्न सक्ने व्यवस्था मस्यौदामा उल्लेख छ ।

Read More

पद छोड्न पार्टीको दबाबमा बेलायतका प्रधानमन्त्री स्टार्मर

काठमाडौँ । बेलायतका प्रधानमन्त्री किर स्टार्मर नेतृत्वको सरकार संकटमा परेको छ । 

गत हप्ताको स्थानीय चुनावमा लेबर पार्टीको ठूलो हारपछि देशको नेता विरुद्ध बढ्दो प्रतिक्रियाको बीचमा आजसम्म चार मन्त्रीहरूले प्रधानमन्त्री केयर स्टारमरको मन्त्रिपरिषद्बाट राजीनामा दिएका छन्।

गृह कार्यालय मन्त्री जेस फिलिप्स, विकास, विश्वास र समुदाय मन्त्री मियाट्टा फानबुलेह र महिला तथा केटीहरू विरुद्ध हिंसा पीडित तथा निवारण मन्त्री एलेक्स डेभिस-जोन्सले विगत केही घण्टामा आफ्नो राजीनामा बुझाएका छन्।

चौथो श्रम मन्त्री डा. जुबिर अहमदले मूल्यमान्यतामा आधारित नेतृत्वको अभाव भएको भन्दै केयर स्टारमरको सरकारबाट राजीनामा दिएका छन् ।

अर्कोतर्फ १०० भन्दा बढी लेबर सांसदहरूले पार्टी नेतृत्व प्रतिस्पर्धाको विरुद्ध चेतावनी पत्रमा हस्ताक्षर गरेका छन् ।

डाउनिंग स्ट्रिटद्वारा आयोजित नगरिएको भनिएको उक्त पत्रले विद्रोहको सामना गरिरहेका प्रधानमन्त्री केयर स्टारमरलाई समर्थन गर्न लेबर संसदका सदस्यहरूलाई आग्रह गरिरहेको छ ।

ब्रिटिश सञ्चारमाध्यमका अनुसार लेबर पार्टीका अन्य केही वरिष्ठ नेताले पनि स्टार्मरको राजीनामा माग गरिरहेका छन् । यता स्वास्थ्य सचिव वेस स्ट्रीटिंगलाई स्टार्मरका प्रमुख चुनौतीकर्ताका रूपमा हेरिएको छ ।

सन् २०२४ मा पहिलो पटक सांसद निर्वाचित भएकी फाहनबुले सोही वर्ष सरकारमा सहभागी भएकी थिइन् । उनले सरकारका केही नीतिप्रति असन्तुष्टि जनाउँदै जाडो इन्धन सहायता र अपाङ्गता भत्तामा गरिएको कटौतीले जनविश्वास कमजोर बनाएको टिप्पणी गरेकी छन् ।

राजीनामा पत्रमा उनले प्रधानमन्त्री स्टार्मरले जनताको भरोसा गुमाएको उल्लेख गर्दै देश र पार्टीको हितका लागि नेतृत्व परिवर्तनको स्पष्ट योजना सार्वजनिक गर्न आग्रह गरेकी छन् । 

Read More