२०८३ जेष्ठ २

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै संसद् अवरुद्ध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गर्दै विपक्षी दलका सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका छन्।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन्। त्यसपछि विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएपछि संसद् बैठक प्रभावित बनेको हो।

विपक्षी सांसदहरूले प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने भन्दै बैठक सञ्चालन गर्न नदिने चेतावनी दिएका छन्।

Read More

नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने विपक्षी दलको अडान

काठमाडौँ । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि विपक्षी दलहरुले बहिष्कार गर्ने भएका छन् ।

प्रतिनिधि सभाको बैठकमा काँग्रेसका नेता अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन नआएमा आफुहरु बैठकमा उपस्थित नहुने स्पष्ट गरेका छन् ।

उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा संसद छोडेर हिडेर प्रधानमन्त्रीले संसदको गरिमा नराखेको बताउदै यस विषयलाई आफुहरुले गम्भीर रुपमा लिएको उल्लेख गरे ।  

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गर्ने प्रस्ताव पेश गर्न प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सभामुखले बोलाएपछि विपक्षी दलहरुले विरोध गरिरहेका छन् । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेका छन् ।

Read More

प्रधानमन्त्री उपस्थित नभएपछि संसदमा विपक्षी दलहरुको विरोध

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि विपक्षी दलहरुले विरोध गरेका छन् ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गर्ने प्रस्ताव पेश गर्न प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री डा. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सभामुखले बोलाएपछि विपक्षी दलहरुले विरोध गरिरहेका छन् । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरिरहेका छन् ।

Read More

रास्वपाको महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।

चितवनमा आगामी असार ७, ८ र ९ गतेसम्म हुने पहिलो महाधिवेशनमा ७७ वटै जिल्लाबाट २५ सय प्रतिनिधि सहभागी हुने केन्द्रीय समितिको बैठकले तय गरेको रास्वपाका नेता प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेको छ । 

बैठकले वर्तमान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । बैठकले ७७ वटै जिल्लामा समन्वयका लागि प्रतिनिधि तोकिएको छ । यस्तै जेठ २६ गते बागमतीको प्रदेश अधिवेशन, जेठ २७ गते कोशी, २८ गते मधेस, २९ गते गण्डकी प्रदेश ३० गते लुम्बिनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । रास्वपाको जिल्ला अधिवेशन यसअघि नै भइसकेको छ ।

त्यस्तै बैठकले सभापतिको उम्मेदवार बन्न ५१ हजार दस्तुर तोकेको छ भने पदाधिकारीलाई ४१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार उम्मेदवारी शुल्क तोकेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालको असार ७ गते घोषणा भएको थियो । निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको थियो । स्थापनाकालदेखि रवि लामिछाने रास्वपाको सभापतिमा रहेका छन् । हाल बालेन्द्र शाह वरिष्ठ नेता, डा.स्वर्णिम वाग्ले उपसभापति, कविन्द्र बुर्लाकोटी महामन्त्री, भूपदेव शाह महामन्त्री, विपिनकुमार आचार्य सहमहामन्त्री, लिमा अधिकारी कोषाध्यक्ष, वसुमाया तामाङ्ग सहकोषाध्यक्ष रहेका छन् ।

Read More

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौँ । गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गुल्मीको इश्मा गाउँपलिका- ६ साहुघरमा श्रीमान र श्रीमती मादक पदार्थ सेवन गरेको अवस्थामा विवाद हुदा श्रीमानको कुटपिटबाट श्रीमती घाइते भएकी श्रीमती एमी कुमालको जिल्ला आस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो ।

सो घटनापछि ४५ बर्शिय श्रीमान थमन बहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

Read More

काँग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री, रुलिङ गरेर बोलाउन सभामुखसँग माग

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति नभएको प्रति प्रश्न उठाएको छ ।

बुधबारको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै काँग्रेसका सचेतक निस्कल राईले सरकारको नीति तथा कार्यक्रममाछलफल हुने बैठकमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै सभामुखको रुलिङको माग गरेका हुन् ।

उनले काँग्रेसले मंगलबारको बैठकमै प्रधानमन्त्रीको स्वास्थ्यको विषय उठाएको बताउदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको जवाफ दिनुपर्ने माग गरेका छन् । उनले भने- ‘सदनमा मैले प्रधानमन्त्रीलाई देखेको छैन । उहाँ आफैले बनाएको नीति तथा कार्यक्रमको जवाफ दिने कार्यसूची रहेको छ ।’

सांसद राईले सभामुखले नै संसदको गरिमा बढाउनु पर्ने भन्दै रुलिङ गरेर प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग गरेका थिए ।  

नीति तथा कार्यक्रममाथि सांसदहरूको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने भनिए पनि आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरिएको छ ।

Read More

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णय सार्बजनिक गरिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् ।

बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने पनि निर्णय गरेको छ भने भूमिसम्बन्धी २१ औँ संशोधन नियम २०८३ स्वीकृत गर्ने निर्णय भएको छ ।

त्यस्तै सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्यहरू सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरिएको मन्त्री तिमिल्सिनाले जानकारी दिएका छन् ।

Read More

ट्रम्पले भने- भेनेजुएला अमेरिकाको ५१औँ राज्य !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई अमेरिकाको ५१औँ राज्य भनेका छन् ।

सामाजिक सञ्जालमा एक ग्राफिक नक्सा सार्वजनिक गर्दै ट्रम्पले चीन भ्रमणमा निस्किनु अघिको भेनेजुएलालाई अमेरिकाको ५१औं राज्य भनेका हुन् ।

यसअघि भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले आफ्नो देश कहिल्यै पनि अमेरिकाको ५१औँ राज्य बन्ने विषयमा नसोच्ने स्पष्ट प्रतिक्रिया दिएकी थिइन् ।

ट्रम्पले यसअघि फक्स न्युजसँगको कुराकानीमा भेनेजुएलालाई अमेरिकाको नयाँ राज्य बनाउन गम्भीर रूपमा विचार भइरहेको संकेत गरेका थिए । उनले भेनेजुएलाको ठूलो तेल भण्डारको उल्लेख गर्दै त्यहाँका नागरिकको समर्थन आफूलाई रहेको दाबी पनि गरेका थिए ।

यसको जवाफमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा भएको सुनुवाइका क्रममा रोड्रिगेजले भनिन्- हामी आफ्नो अखण्डता, सार्वभौमिकता, स्वतन्त्रता र इतिहासको रक्षा गर्दै अघि बढ्छौँ ।’

पूर्व राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाइएपछि जनवरीमा रोड्रिगेजले अन्तरिम राष्ट्रपति पद सम्हालेकी थिइन् । उनको नेतृत्वमा भेनेजुएलाले तेल र खानी क्षेत्र विदेशी कम्पनीका लागि पुनः खुला गर्ने दिशामा केही नीतिगत परिवर्तन गरेको छ ।

यसैबीच अमेरिकी ऊर्जा विभागले भेनेजुएलाको एक अनुसन्धान रिएक्टरबाट १३.५ किलोग्राम युरेनियम हटाइएको दाबी गरेको छ । विभागका अनुसार यो कारबाही अमेरिका, बेलायत र भेनेजुएलाको संयुक्त समन्वयमा भएको हो । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पनि यस घटनाको पुष्टि गरेको बताइएको छ ।

Read More

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ७ सयले घटेर तोलाको ३ लाख २ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख २ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ५७१० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५६९५  मा कारोबार भएको थियो । 

Read More

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी रहेको छ । 

आज संसदमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची भएपनि उनले संसदमा नबोल्ने भएका छन् । प्रधानमन्त्री बालेनको स्थानमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका हुन् ।

Read More