२०८३ जेष्ठ २

भारतमा सुन आयातमा थप कडाई

काठमाडौँ । भारत सरकारले सुन आयातमा भन्सार शुल्क बढाएपछि अब शुल्कमुक्त सुन आयातसम्बन्धी नियम पनि कडा बनाएको छ ।

विदेश व्यापार महानिर्देशनालयले सुनका गहना निर्यातकर्ताका लागि नयाँ निर्देशिका जारी गर्दै आयात र निगरानीसम्बन्धी धेरै नियम परिवर्तन गरेको हो ।

नयाँ व्यवस्थाअनुसार अब एक इजाजतपत्रमार्फत अधिकतम १०० किलोग्राम सुन मात्रै आयात गर्न पाइनेछ । यसअघि यस्तो सीमासम्बन्धी व्यवस्था तुलनात्मक रूपमा खुकुलो मानिन्थ्यो ।

महानिर्देशनालयले नयाँ आवेदकका लागि कारखाना र सुविधा केन्द्रको अनिवार्य निरीक्षण गरिने जनाएको छ । शुल्कमुक्त रूपमा आयात गरिएको सुन तोकिएको निर्यात गतिविधिमै प्रयोग भएको सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको बताइएको छ ।

हाल सञ्चालनमा रहेका निर्यातकर्तामाथि पनि नयाँ सर्त लागू गरिएको छ । नयाँ अनुमति लिन उनीहरूले आफ्नो अघिल्लो निर्यात दायित्वको कम्तीमा ५० प्रतिशत पूरा गरेको हुनुपर्नेछ ।

यसको अर्थ यसअघि तोकिएको निर्यात लक्ष्य पूरा नगरेका कम्पनीलाई नयाँ स्वीकृति लिन कठिन हुन सक्ने देखिएको छ ।

त्यसैगरी अब निर्यातकर्ताले प्रत्येक १५ दिनमा विवरण प्रतिवेदन बुझाउनुपर्नेछ । सरकारले यसबाट निगरानी प्रणाली थप कडा हुने र आयात गरिएको सुनको प्रयोगमाथि नजिकबाट निगरानी गर्न सकिने जनाएको छ ।

विशेषज्ञहरूले सरकारको ध्यान सुन आयात नियन्त्रण र नियम कार्यान्वयनलाई थप बलियो बनाउनेतर्फ केन्द्रित रहेको बताएका छन् । पछिल्ला महिनामा सुन आयात र व्यापार घाटाबारे चिन्ता बढ्दै गएको छ ।

यसअघि भारतले सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको थियो ।

Read More

चार कारण दिदै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चार कारण देखाउदै प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेका छन् ।

साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई अपमान गरेको, संसद मार्फत सारा नेपाली जनताको लोकतन्त्र प्रतिको विश्वासलाई लत्याएको प्रमाणित भएको भन्दै संसदमा मर्यादा र थिति बासाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिएको उल्लेख गरेका छन्  । उनले यो घटनाले संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको उल्लेख गर्दै जनताको सार्बभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा आफुलाई प्रधानमन्त्री ठानिरहेको छ ? भन्दै प्रश्न गरेका छन् ।

आफ्नो धारातल बिर्सेर जनताका प्रश्नहरुको उत्तार दिन नसक्ने लुकेर बस्ने के प्रवृति हो यो ? यसले कस्तो नजीर बसाउछ ? भन्दै कर्तब्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्युनतम कर्तब्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्दा लोकतन्त्र सम्मानित हुने, जनता सम्मानित हुने देखिने उल्लेख गरेका छन् ।

संसदलाई छलेर अध्यादेशको बाटो हिंड्ने सरकारलाई संसदको औचित्य र शक्ति याद दिलाउनु पर्ने देखिएको बताउदै अध्यादेशको बाटो लिएर सरकार चलाउन उद्दत प्रधानमन्त्रीले अभिभावकीय भूमिका खेल्न सकेको नदेखिएको बताउदै सीमा रक्षा गर्न नसक्ने नालायक सरकार गरीब दुःखी जनतालाई आतंकित बनाउन र बेघर बनाएर बेहाल बनाउन बाहेक अर्थोक केही नगरेको, न्युनतम जिम्मेवारी समेत पूरा नगरेको प्रति खेद व्यक्त समत गरेका छन् ।

साम्पाङले दिएका चार कारण:

 १- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो नीति तथा कार्यक्रम पढ्न लगाएर राष्ट्रपतिले उक्त नीति तथा कार्यक्रम पढ्दापढ्दै गरेको अवस्थामा आफू चाहिँ बाहिरिनु र सभामा नफर्कनु ।

२- मिति २०८३-१-३० गते नीति तथा कार्यक्रम छलफलको लागि संसदमा पेश गर्न अनुपस्थित रहनु, प्रतिपक्षहरुले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दा समेत उपस्थित नहुनु, संसदमा उपस्थित नभई नजीकै रहेको आफ्नै कार्यालयबाट संसदका सम्पूर्ण गतिविधि लाइभमा हेरिबस्नु तर उपस्थित नहुनु ।

३- मिति २०८३-१-३१ गते प्रस्तुत नीति तथा कार्यक्रममा छलफल हुँदा बखत अनुपस्थित रहनु र नीति तथा कार्यक्रम बारे उठेका प्रश्नहरुको उत्तर दिन प्रधानमन्त्री स्वयम् उपस्थित रहनु पर्ने संसदीय परम्पराको बेवास्ता गरेर बिना कुनै कारण अनुपस्थित रहनु ।

४- आजका मितिसम्म संसदमा कुनै पनि वैठकमा जनतालाई सम्बोध नगर्नु ।

Read More

काँग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण काम आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक पार्टीका महामन्त्री तथा संयोजक प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले जेठ २१ गते भित्र अनिवार्य रुपमा क्रियाशील अध्यावधिक गर्नुपर्ने निर्णय गरेको हो ।

समितिले क्रियाशील सदस्यताको अभिलेखीकरणलाई डिजिटल माध्यमबाट व्यवस्थित गर्दै नेपाली कांग्रेसलाई सबैभन्दा बलियो सदस्य सञ्जाल भएको पार्टी बनाउने लक्ष्यसहित विभिन्न प्रविधिमैत्री व्यवस्था लागू गरेको जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार नेपाली कांग्रेसका प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलमार्फत अनलाइन फाराम भरेर सदस्यता अद्यावधिक गर्न सक्नेछन् । यसका लागि पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फाराम’ उपलब्ध गराइएको छ ।

अनलाइनमार्फत अद्यावधिक गर्दा समस्या आएमा ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरेर कृत्रिम बुद्धिमत्ता आधारित सहायकमार्फत सहयोग लिन सकिने व्यवस्था गरिएको समितिले जनाएको छ ।

त्यसैगरी केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रका ९७१२०५६३५१ र ९७१२०५६३५२ नम्बरमा सम्पर्क गरेर पनि समस्या समाधान गर्न सकिने बताइएको छ । साथै ९७०१२५५५५५ नम्बरमा सम्पर्क गर्दा सोधिने प्रश्नहरूको उत्तर दिएर फोनबाटै अद्यावधिक फाराम भर्न सकिने सुविधा पनि मिलाइएको जनाएको छ ।

विदेशमा रहेका नेपाली कांग्रेससँग आवद्ध नेपाली जनसम्पर्क समितिका सदस्यका लागि समेत ‘स्वयं सदस्यता आवेदन फाराम’ उपलब्ध गराइएको काँग्रेसले जनाएको  छ ।

समितिले सदस्यता अद्यावधिक नगर्ने तथा कांग्रेस परिचयपत्र प्राप्त नगर्ने व्यक्तिले पार्टीको १५औं महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने विधानमा व्यवस्था रहेको उल्लेख गर्दै तोकिएको समयभित्रै सदस्यता अद्यावधिक गर्न र गराउन मातहत निकायलाई निर्देशन दिएको छ ।

Read More

हर्क साम्पाङ भन्छन्- संसदमा प्रश्नको उत्तर दिन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको लगातार आलोचना गरिरहेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहलाई डरपोकको संज्ञा दिदै संसद्‍मा उठेका प्रश्नहरूको उत्तर दिन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउछ भन्दै प्रश्न गरेका छन् । 

उनले भनेका छन्- ‘संसद्‍मा उठेका प्रश्नहरूको उत्तर समेत दिन नसक्ने। जाबो एक मिनेटको दूरीमा रहेको सदन आउन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ भन्ने एआई मिडिया ट्रायल गर्नु जतिको हाँसउठ्दो मजाक अरु छैन ।’

साम्पाङले प्रधानमन्त्री शाह संसदमा नीति तथा कार्यक्रमको जवाफ दिन उपस्थित नभएको विषयमा विहिबारको संसदमा आलोचना गर्दै आफ्नो विहेमा अरुलाई बेहुलो बनाउन मिल्दैन भन्दै आलोचना गरेका थिए ।

Read More

फ्रान्सको २६ सदस्यीय फुटबल विश्वकप टिमको घोषणा

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपका लागि फ्रान्सले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक डिडिएर डेसचाम्पले प्रारम्भिक ५५ खेलाडीको सूची सार्वजनिक नगरी सिधै २६ सदस्यीय टोली घोषणा गरेका हुन् । आगामी विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

फ्रान्सेली टोलीबाट मिडफिल्डर एडुआर्डो कामाभिङ्गा बाहिरिनु सबैभन्दा ठूलो आश्चर्यका रूपमा हेरिएको छ । प्रशिक्षक डेसचाम्पले कामाभिङ्गाले कठिन सिजन बिताएको र चोटका कारण कम खेल खेलेको बताएका छन् । उनले कामाभिङ्गा अझै युवा रहेको भन्दै भविष्यमा अवसर रहने संकेत पनि गरे ।

फ्रान्सेली टोलीको नेतृत्व कप्तान किलियन एम्बाप्पेले गर्नेछन् । टोलीमा उस्मान डेम्बेले, ब्राड्ली बारकोला, ओरेलियन चुआमेनी, विलियम सालिबा, माइकल ओलिसे र देजिरे दोउएजस्ता चर्चित तथा युवा खेलाडी समावेश छन् ।

फ्रान्सको विश्वकप टोलीमा गोलरक्षकतर्फ माइक मेगनान, रोबिन रिसेर र ब्रिस साम्बा रहेका छन् । रक्षापंक्तिमा मालो गुस्टो, माक्साँस लाक्रोआ, जुल्स कुन्डे, लुकास डिन्ये, इब्राहिमा कोनाते, विलियम सालिबा, दायो उपामेकानो, लुकास हर्नान्डेज र थेओ हर्नान्डेज समावेश छन् । मिडफिल्डमा ओरेलियन चुआमेनी, आद्रियन राबियो, एनगोलो कान्टे, मानु कोने र वारेन जाइरे एमरी रहेका छन् ।

आक्रमण पंक्तिमा उस्मान डेम्बेले, ब्राड्ली बारकोला, जाँ फिलिप माटेटा, रायान शेर्की, मार्कस थुराम, माग्नेस आक्लिउस, देजिरे दोउए, किलियन एम्बाप्पे र माइकल ओलिसे रहेका छन् ।

फ्रान्स विश्वकपमा समुह आइमा रहेको छ । फ्रान्सले समुह चरणमा जुन १६ मा सेनेगलसँग खेल्दै विश्वकपको शुरुवात गर्ने छ । त्यस्तै जुन २२ मा इराकसँग जुन २६ मा नर्वेसँग खेल्ने तालिका रहेको छ ।

Read More

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

आज बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । 

मुख्यमन्त्री यादव नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलको समर्थनमा सरकार गठन गरेका थिए । तर, जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता बनेको हो । जनमत पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंहले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकारको राजनीतिक समीकरण फेरिएको छ ।

यसैबीच, नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा तथा लोसपाबीच गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ । 

मधेश प्रदेशसभामा कांग्रेसका २२, जसपाका १७, नेकपाका १५ र लोसपाका ८ सांसद रहेका छन् । यी चार दलको गरेर कुल ६२ सिट रहेको जुन बहुमतका लागि आवश्यक ५२ भन्दा बढी हो । 

Read More

वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँच जना नियुक्त

काठमाडौँ  । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा पाँच जनाको नाम नियुक्त गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रियामा सहभागी उम्मेदवारहरूमध्ये पाँच जना नियुक्त गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको सूचीमा डा. दीपकप्रसाद बास्तोला (पोखरा–३०, कास्की), प्रविन भट्टराई (भरतपुर–२, चितवन), महेन्द्रभक्त श्रेष्ठ (ललितपुर–१३, ललितपुर), रूप लामिछाने (गोकर्णेश्वर–१, काठमाडौं) र लिलाराज ढकाल (आँधीखोला–६, स्याङ्जा) रहेका छन् ।

मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम सञ्चालक सदस्य नियुक्तिका लागि गत १२ वैशाखमा सात दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनाअनुसार २७ जनाले आवेदन दिएका थिए । आवेदन दिनेहरुको शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण, प्रस्तुतीकरण र अन्तर्वार्ता पश्चात छनौट समितिको सिफारिसका आधारमा मन्त्रीस्तरीय निर्णयबाट पाँच जना छानिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले नियुक्ति लिन सम्बन्धित उम्मेदवारलाई सात दिनभित्र मन्त्रालयमा उपस्थित हुन पनि आग्रह गरेको छ ।

Read More

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । 

आज बिहान ११ बजे बस्ने बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक हलमा बस्ने समितिले जनाएको छ ।

Read More

आइपिएलमा पञ्जावको लगातार पाँचौं हार, मुम्बई ६ विकेटले विजयी

काठमाडौँ । मुम्बई इण्डियन्सले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले पञ्जावलाई ६ विकेटले पराजित गरेको हो ।

पञ्जावले दिएको २०१ रनको लक्ष्य पछाएको मुम्बईले १९.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

मुम्बईको जितमा तिलक बर्माले सर्बाधिक ७५ रन बनाए भने रयान रिकेलटनले ४८ रन बनाएका थिए । त्यस्तै रोहित शर्मा र विल ज्याकले २५-२५ रन बनाए भने शेरफान रुथरफोर्डले २० रन बनाएका थिए ।

त्यसैगरी पञ्जावका बलर अज्मतुल्लाह ओमरजाईले २ विकेट लिए भने मार्को जानसेन र युजवेंद्र चहलले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ८ विकेट गुमाएर २०० रन बनाएको थियो । पञ्जावका लागि प्रभसिमरन सिंहले सर्बाधिक ५७ रन बनाए भने ओज्मतुलाह ओमारजाईले ३८. प्रियांस आर्याले २२ र कूपर क्नोलीले २१ रन बनाएका थिए ।

यो यस सिजनमा मुम्बईको चौथो जित हो । १२ खेलमा ८ अंक हासिल गरेको मुम्बई हाल नवौं स्थानमा छ । त्यस्तै पञ्जाको भने यस सिजनमा लगातार यो पाँचौं हार हो । १२ खेलमा १३ अंकसहित पञ्जा चौथो स्थानमा रहेको छ ।

Read More

आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस अंग्रेजी क्यालेन्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ । 

यस बर्षको अन्तर्राष्ट्रिय परिवार दिवस नारा ‘परिवार, असमानता र बालकल्याण’ रहेको छ । यस विषयले सामाजिक, आर्थिक र जनसांख्यिक असमानताले परिवार र बालबालिकामा पार्ने प्रभावलाई उजागर गर्दछ । साथै सुलभ बाल हेरचाह सेवा, अभिभावकीय बिदाजस्ता परिवारमैत्री नीतिलाई सुदृढ बनाउन विश्वव्यापी प्रयासको आवश्यकता रहेको सन्देश दिन्छ ।

एउटा ब्यक्तिवको जीवनमा परिवारको अहम भूमिका र महत्वलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।

संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरे यता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्व दर्शाउन संयुक्त राष्ट्रसंघले शुरु गरेको अभियानलाई विश्वव्यापीरुपमा मनाउने गरिएको छ । सन् १९९५ देखि भने हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक, आर्थिक संरचनामा परिवर्तन गर्ने उत्तरदायित्व स्वरुप परिवार दिवस मनाउने गरिएको हो ।

Read More