२०८३ बैशाख १३

रियल म्याड्रिड स्पेनिस सुपरकोपाको फाइनलमा, उपाधिका लागि बार्सिलोनासँग भिड्ने

काठमाडौँ । रियल म्याड्रिड स्पेनिस सुपरकोपाको फाइनलमा पुगेको छ ।

साउदी अरेबियामा जारी स्पेनिस सुपर कोपाको सेमिफाइनलमा रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

रियल म्याड्रिडको जितमा फेडेरिको भलभेर्डे र रोड्रीगोले एक एक गोल गरेका थिए । त्यसैगरी एटलेटिकोका लागि एक गोल एलेक्जेन्डर सार्लोथले गरेका थिए ।

यसअघि अर्को सेमिफाइनलमा बार्सिलोनाले एथलेटिक क्लबलाई पराजित गरेर फाइनलमा पुगेको छ ।

अब फाइनल खेल जनवरी ११ मा बार्सिलोना र रियल म्याड्रिडबीच एल क्लासिकोको रुपमा हुने भएको छ ।