काठमाडौं । इरानमा पक्राउ परेका नेपाली अमृत झाको बारेमा परराष्ट्र मन्त्रालयले अपडेट दिएको छ ।
परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर इरानमा झा युद्ध शुरु हुनु अघि नै पक्राउ परेको जानकारी दिदै उनको विषय हाल अदालतमा रहेको जानकारी दिएको हो ।
मन्त्रालयले उनी पक्राउको विषय अदालतमा रहेकाके अहिले भन्न सकिने अवस्था नरहेको बताउदै झालाई वकिलले भेटेको र उनी सुरक्षित रहेको जनाएको छ ।
साथै झाको सकुशल रिहाइका लागि नेपाली नियोग र परराष्ट्र मन्त्रालयले पहल गरिरहेको जानकारी दिएको छ ।




