२०८३ बैशाख १३

विपक्षी तीन दलले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गर्ने

काठमाडौँ ।  उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई विपक्षमा रहेका मुख्य तीन दलले समर्थन गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई सघाउने भएका हुन् । 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपभामुखमा आफ्नो दलले उम्मेदवारी दिने यसअघि नै घोषणा गरेका थिए । श्रम संस्कृतिबाट उपसभामुखको उम्मेदवार भने अझै टुंगो लगाइएको छैन । 

त्यस्तै संसदमा दुई तिहाई बहुमतको नजिक रहेको रास्वपाले भने उपसभामुखमा राप्रपा र श्रम संस्कृति कुन दललाई समर्थन गर्छ अझै निर्णय गरेको छैन ।