काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) पदमा नारायणदत्त पौडेल नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पौडेललाई सशस्त्र प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। हाल सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका उनी १८ वैशाखपछि औपचारिक रूपमा आईजीपीको कार्यभार सम्हाल्नेछन्।
वर्तमान आईजीपी राजु अर्यालले चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश लिने तयारीमा छन्।
पौडेलले १८ चैत २०५४ मा नेपाल प्रहरीको इन्स्पेक्टर पदबाट सेवा प्रवेश गरेका थिए।




