काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। यससँगै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
तथ्याङ्क कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादनको आधारमा गरिएको प्रारम्भिक अनुमानअनुसार उपभोक्ताको मूल्यमा मापन गरिएको प्रचलित मूल्यका आधारमा अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने देखिएको हो ।
तथ्याङ्क कार्यालयले प्रमुख आर्थिक सूचकको अवस्था (प्रचलित मूल्यमा) को अनुमान गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८२/८३ को राष्ट्रिय लेखाका प्रारम्भिक अनुमान तयार गर्दा उपलब्ध तथ्याङ्कको आधारमा छ देखि आठ महिनासम्मका उपलब्ध आँकडा प्रयोग गरिएको जनाएको छ भने बाँकी छ देखि चार महिना अवधिको अनुमानका लागि तथ्याङ्कीय विधि प्रयोग गरिएको जनाएको छ ।
कुल उत्पादन (Gross output):
आर्थिक वर्ष २०८२/८३ मा आधारभूत मूल्यको कुल उत्पादन रु. ९९ खर्ब २२ अर्ब ९० करोड हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा कुल उत्पादन रु. ९३ खर्ब ८४ अर्ब ५० करोड रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार उक्त वर्षमा कुल उत्पादन रु. ८७ खर्ब ८१ अर्ब २ करोड कायम गरिएको छ।
मध्यवर्ती उपभोग (Intermediate consumption):
आर्थिक वर्ष २०८२/८३ मा उपभोक्ताको मूल्यको मध्यवर्ती उपभोग रु. ४१ खर्ब २७ अर्ब ३२ करोड हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा मध्यवर्ती उपभोग रु. ३९ खर्ब ३० अर्ब ९ करोड रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार उक्त वर्षमा मध्यवर्ती उपभोग रु.३६ खर्ब ७६ अर्ब २१ करोड कायम गरिएको छ।
कुल स्थिर पुँजी निर्माण (Gross fixed capital formation):
आर्थिक वर्ष २०८२/८३ मा GDP को २६.२६ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा GDP को २३.५७ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार उक्त वर्षमा GDP को २४.५१ प्रतिशत कुल स्थिर पुँजी निर्माण भएको छ।
अन्तिम उपभोग खर्च (Final consumption expenditure):
आर्थिक वर्ष २०८२/८३ मा GDP को ९०.२९ प्रतिशत अन्तिम उपभोग खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा GDP को ९३.११ प्रतिशत अन्तिम उपभोग खर्च हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा GDP को ९३.३१ प्रतिशत अन्तिम उपभोग खर्च भएको छ।
वस्तु तथा सेवा निर्यात (Export):
आर्थिक वर्ष २०८२/८३ मा GDP को ९.९७ प्रतिशत निर्यात हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा GDP को ८.८३ प्रतिशत निर्यात हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा GDP को ७.५५ प्रतिशत निर्यात भएको छ।
वस्तु तथा सेवा आयात (Import):
आर्थिक वर्ष २०८२/८३ मा GDP को ३४.५२ प्रतिशत आयात हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा GDP को ३३.७२ प्रतिशत आयात हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा GDP को ३२.६२ प्रतिशत आयात भएको छ।
कुल राष्ट्रिय बचत (Gross national saving):
आर्थिक वर्ष २०८२/८३ मा GDP को ४४.७७ प्रतिशत कुल राष्ट्रिय बचत हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा GDP को ३८.३९ प्रतिशत कुल राष्ट्रिय बचत हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा GDP को ३५.६० प्रतिशत कुल राष्ट्रिय बचत भएको छ।
वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण (Worker’s Remittance):
आर्थिक वर्ष २०८२/८३ मा GDP को ३३.०२ प्रतिशत विप्रेषण प्राप्त हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८३ मा GDP को २७.८० प्रतिशत विप्रेषण प्राप्त संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा GDP को २५.०९ प्रतिशत विप्रेषण प्राप्त भएको छ।
प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (Percapita GDP):
आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५१३ यू.यस. डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५१६ यू.यस. डलर हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,४५६ यू.यस. डलर कायम भएको छ। डलरको सटहीदरमा भएको उच्च वृद्धिले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन आर्थिक वर्ष २०८१/८२ मा भन्दा आर्थिक वर्ष २०८२/८३ मा कम हुन गएको अनुमान रहेको छ।
प्रतिव्यक्ति कुल राष्ट्रिय आय (Percapita GNI):
आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ यू.यस. डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ यू.यस. डलर रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,४८० यू.यस. डलर कायम भएको छ। डलरको सटहीदरमा भएको उच्च वृद्धिले प्रतिव्यक्ति कुल राष्ट्रिय आय आर्थिक वर्ष २०८१/८२ मा र आर्थिक वर्ष २०८२/८३ मा बराबर रहन गएको अनुमान रहेको छ।
प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय (Percapita GNDI):
आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २,०४४ यू.यस. डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय १,९९४ यू.यस. डलर रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय १,८७७ यू.यस. डलर कायम भएको छ। डलरको सटहीदरमा भएको उच्च वृद्धि भए तापनि प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय क्रमशः बढ्नुको कारण विप्रेषणको उच्च प्राप्ति भएको अनुमान रहेको छ ।




