काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण तथा मितव्ययिता कायम गर्न अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न सबै सरकारी निकायलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सबै मन्त्रालय, आयोग, सचिवालय, सरकारी कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयहरू तथा सातै प्रदेशका सम्बन्धित निकायलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।
परिपत्रमा अत्यावश्यक अवस्थाबाहेक कुनै पनि नयाँ सामग्री खरिद नगर्न तथा मौजुदा औजार, उपकरण, फर्निचर र सवारीसाधनलाई सञ्चालनयोग्य अवस्थामा राखेर सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन आग्रह गरिएको छ।




