काठमाडौँ । रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न दोस्रो खेलमा रियल म्याड्रिडले काजकिस्तानको क्लब कैरात अलमाटीलाई ५-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । त्यस्तै एडुआर्ड़ो कामाभिंगा र ब्राहिम डियाजले एक एक गोल गरेका थिए ।
यो जितपछि रयल म्याड्रिडको च्याम्पियन्स लिगमा २ खेलमा ६ अंक भएको छ । त्यसैगरी कैरातले भने लगतार दोस्रो हार बेहोरेको छ ।




