काठमाडौँ । अविरल वर्षाका कारण हिजो रोकिएका आन्तरिक हवाई उडान आज बिहानैदेखि पुनः सञ्चालनमा आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका मार्गमा उडान सुरु भएको जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित रूपमा सञ्चालनमा रहेका थिए। शनिबार आन्तरिक उडान ठप्प हुँदा दशैंपछिको यात्राका लागि टिकट लिएका सयौं यात्रु विमानस्थलमै अलपत्र परेका थिए। यसले यात्रुहरूलाई ठूलो असुविधा पुर्याएको थियो।
मौसम सुधारसँगै आन्तरिक उडान पुनः सुरु भएपछि यात्रुहरूले सहजता महसुस गर्न थालेका छन्। विमानस्थलले पनि थप उडानहरू नियमित सञ्चालनमा राख्न तयारी गरिरहेको जनाएको छ।




