काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच वार्ता शुरु भएको छ ।
सोमवार प्रधानमन्त्री कार्की र प्रसाईंबीच सिंहदरवारमा द्विपक्षीय वार्ता शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
प्रसाईँले राजसंस्था पुन:स्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू सरकारसँग राखेका छन् र उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिदै आएका छन् ।
यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईँलाई पत्र पठाएर वार्ताका लागि बोलाएकी थिइन् ।




