काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।
अहिलेसम्म ४४३ मत गणना गर्दा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ मत र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् । त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले २४९ र सुरेन्द्र पाण्डेले १९४ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमहासचिवमा सबैभन्दा बढी मत लेखराज भट्टले २९३ मत पाएका छन् भने रघुवीर महासेठले २६७ र योगेश भट्टराईले २६४ मत प्राप्त गरेका छन् । त्यस्तै विष्णु रिमालले २२० र आनन्द पोखरेलले १३३ मत प्राप्त गरेका छन् । बैजनाथ चौधरीले ९७ र त्यस्तै उम्मेदवारी फिर्ता लिएका राजेन्द्र गौतमले ५५ मत प्राप्त गरेका छन् ।




