२०८३ बैशाख १३

रवि लामिछाने बालुवाटारमा, प्रधानमन्त्री कार्कीसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीसँग भेटवार्ता गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् ।

लामिछाने रास्वपा नेताहरु सोबिता गौतम, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्यसहितका नेताहरु लिएर बालुवाटार पुगेका थिए । यस भेटमा समसामयिक राजनीतिक विषय र निर्वाचन केन्द्रित छलफल भएको बताइएको छ ।

शुक्रबार धरौटीमा रिहा भएका लामिछानेले पार्टीको जिम्मेवारीमा फर्किएर सक्रियता बढाएका छन् । उनले आजै रास्वपाको केन्द्रीय कार्यालय पुगेर केन्द्रीय समितिको बैठक समेत गरेका थिए ।