२०८३ बैशाख १३

रवि लामिछाने बालुवाटारमा, प्रधानमन्त्री कार्कीसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीसँग भेटवार्ता गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् ।

लामिछाने रास्वपा नेताहरु सोबिता गौतम, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्यसहितका नेताहरु लिएर बालुवाटार पुगेका थिए । यस भेटमा समसामयिक राजनीतिक विषय र निर्वाचन केन्द्रित छलफल भएको बताइएको छ ।

शुक्रबार धरौटीमा रिहा भएका लामिछानेले पार्टीको जिम्मेवारीमा फर्किएर सक्रियता बढाएका छन् । उनले आजै रास्वपाको केन्द्रीय कार्यालय पुगेर केन्द्रीय समितिको बैठक समेत गरेका थिए ।

Read More

नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२ सफलतापूर्वक सम्पन्न

काठमाडौं । इन्टेरियर, फर्निचर र काष्ठ उद्योगसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनीेको एघारौँ संस्करण आज आईतबार सम्पन्न भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा सम्पन्न यो प्रदर्शनी ११औँ नेपाल उड इन्टरनेसनल एक्स्पो तथा नेपाल इन्टेरियर एण्ड फर्निचर एक्स्पो को रूपमा परिचित छ।

शुक्रबार उद्घाटन गरिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका १०० भन्दा बढी स्टल राखिएका थिए। फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटाइल, हार्डवेयर, काठसम्बन्धी मेसिनरी तथा औजार, म्याट्रेस, कच्चा पदार्थ र उत्पादन सामग्रीका नवीनतम वस्तुहरू प्रदर्शनीमा प्रस्तुत गरिएको थियो।

काठ व्यवसायसँग आबद्ध कम्पनी, डिलर, सब–डिलर तथा विक्रेताहरूका लागि यो प्रदर्शनी नयाँ प्रविधि र उत्पादनबारे जानकारी आदान–प्रदान गर्ने महत्वपूर्ण प्लेटफर्म बन्दै आएको आयोजकहरूको भनाइ छ। पछिल्ला ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो एक्स्पो काष्ठ र फर्निचर उद्योगका लागि कोसेढुंगा सावित भएको उनीहरूको दाबी छ।

प्रदर्शनीको उद्घाटन नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारी, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष दिनेशराज रेग्मी, नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे तथा इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका अध्यक्ष श्याम श्रेष्ठले संयुक्त रूपमा गरेका थिए।

आयोजकका अनुसार यस पटकको प्रदर्शनीको उद्देश्य विश्वका चर्चित ब्रान्ड तथा अत्याधुनिक प्रविधिलाई नेपाली बजार र स्वदेशी उद्योगसम्म पुर्‍याउनु रहेको थियो। यसले साना देखि ठूला उद्योगसम्मलाई आफ्ना मेसिन तथा उत्पादन प्रणालीलाई अझ प्रभावकारी र आधुनिक बनाउने अवसर दिएको छ।

प्रदर्शनीस्थलमै इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका विज्ञहरूद्वारा दुई दिने सेमिनार तथा गोष्ठी पनि आयोजना गरिएको थियो, जसले व्यवसायी, डिजाइनर र विद्यार्थीहरूलाई थप ज्ञान र अनुभव साटासाट गर्ने अवसर प्रदान गर्‍यो।

घर तथा व्यवसायका लागि आवश्यक सामग्री हेर्न, बुझ्न र खरिद गर्न इच्छुक दर्शकहरूको उल्लेख्य उपस्थितिले प्रदर्शनी स्थल दिनभर रौनकपूर्ण बनेको थियो। अवलोकनकर्ताको चासोले नेपालमा काष्ठ सामग्री, इन्टेरियर–एक्स्टेरियर डिजाइन र मेसिनरी क्षेत्रको बढ्दो माग स्पष्ट देखिएको आयोजकहरूको निष्कर्ष छ।

प्रदर्शनीमा आम नागरिकका साथै नेपालका अग्रणी आर्किटेक्ट, इन्जिनियर र इन्टेरियर डिजाइनरहरूको बाक्लो सहभागिता रहेको थियो। यस एक्स्पोले नेपालमा काठ, फर्निचर र इन्टेरियर क्षेत्रको विकास, आधुनिकीकरण र प्रविधि हस्तान्तरणमा सकारात्मक योगदान पुर्‍याएको आयोजक पक्षको विश्वास रहेको छ।

Read More

प्रधानमन्त्री कार्कीसँग एमालेका युवा नेता सुहाङ नेम्बाङको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग इलाम-२ का निवर्तमान सांसद तथा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्बाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले सिंहदरबारमा भेटवार्ता गरेको छ ।

भेटमा नेम्बाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्ता राजमार्ग र पुल पुनःनिर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन निरीक्षण गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिएकी थिइन् ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन् । उनले भनिन्- ‘हामी चुनाव गराउनै लागिरहेका छौँ। असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ । अबको हाम्रो लक्ष्य चुनाव गराउने हो। चुनाव भए मात्र मुलुकमा अब दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ ।’ 

नेम्बाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भनेर शुभकामना पनि दिए । उनले भने- ‘हाम्रो शुभेच्छा छ, शुभकामना छ । चुनाव गराउन सफल हुनुहोस् ।’ 

प्रधानमन्त्री कार्कीले नेम्बाङसँग चुनावमा उठ्ने तयारी के छ भनेर पनि जिज्ञासा राखेकी थिइन् । प्रतिक्रियामा नेम्बाङले चुनावको तयारी गरिरहेको बताएका थिए । प्रधानमन्त्री कार्कीले नेम्बाङलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने धारणा राखेकी थिइन् ।

उनले भनिन्- ‘चुनाव हुन्छ। तयारी अवस्थामा रहनू। तपाईँहरुजस्तो युवा आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ। अनि मात्र देशमा केही न केही हुन्छ। बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन। पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ। देश युवाले नै हाँक्नुपर्छ। युवामा साहस हुन्छ, ऊर्जा हुन्छ। उसले साहसिक पाइला पनि चाल्न सक्छ।’

Read More

भारतलाई हराउदै पाकिस्तानले जित्यो यू–१९ एशिया कपको उपाधि

काठमाडौँ । एसीसी पुरुष यू–१९ एशिया कपको उपाधि पाकिस्तानले जितेको छ । आइतबार भएको फाइनल खेलमा भारतलाई १९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको हो ।

पाकिस्तानले दिएको विशाल ३४८ रनको लक्ष्य पछाएको भारत २६.२ ओभरमा अलआउट हुदै १५६ रन बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले समीर मिनहासको १७२ रनको शतकीय पारीको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउदै ३४७ रन बनाएको थियो ।

पाकिस्तानले योसँगै दोस्रो पटक यू-१९ एशिया कपको उपाधि जितेको छ । यू-१९ एशिया कपको उपाधि सबैभन्दा बढी भारतले ८ पटक जितेको छ भने बंगलादेशले पनि २ पटक जितेको छ । त्यस्तै अफगानिस्तानले पनि एक पटक यो उपाधि जितेको छ ।

यस एशिया कपमा नेपालले पनि भाग लिएको थियो । नेपालले समुह चरणका सबै खेलमा हार बेहोर्दै बाहिरिएको थियो ।

Read More

गुगलले अमेरिकी भिसा भएका कर्मचारीलाई दियो विदेश नजाने सल्लाह

काठमाडौँ । अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूमा भिसा स्ट्याम्पिङ अपोइन्टमेन्टमा उल्लेखनीय ढिलाइ भएको कारण गुगलले अमेरिकी भिसा भएका आफ्ना केही कर्मचारीहरूलाई अन्तर्राष्ट्रिय यात्रा नगर्न सल्लाह दिएको छ । गुगलले आन्तरिक मेमो जारी गर्दै केही स्थानहरूमा भिसा प्रक्रिया १२ महिनासम्म ढिला भएकाले विदेश यात्रा नगर्न सल्लाह दिएको हो ।

कर्मचारीहरू गएमा उनीहरूले अमेरिका फर्कनु अघि लामो पर्खाइको सामना गर्नुपर्ने हुन सक्ने भन्दै गुगलले एच-१ बी भिसा धारकहरूलाई यस्तो सल्लाह दिएको छ ।

भिसा स्ट्याम्प आवश्यक पर्ने भएमा लामो समयसम्म विदेशमा फस्ने जोखिम भएकाले गुगलले यस्तो अवस्थामा अमेरिका छोड्नु जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । 

ट्रम्प प्रशासनले यस महिना एच- १ बी भिसा आवेदकहरूको प्रतीक्षा अवधि बढाएको छ । यसमा सामाजिक सञ्जाल खाताहरूको जाँच पनि समावेश गरिएको छ । विदेश विभागले अब प्रत्येक मुद्दाको गहन अनुसन्धानलाई प्राथमिकता दिइरहेको बताएको छ ।

नयाँ नीति अन्तर्गत, अनलाइन उपस्थिति समीक्षाहरू सञ्चालन गरिँदैछ, जसको परिणामस्वरूप नियुक्ति रद्द हुँदैछ र मार्च २०२६ सम्म नयाँ मितिहरू दिइँदैछ । यो समस्या भारत, आयरल्याण्ड र भियतनाम जस्ता देशका नागरिकहरूमा बढी देखिएको छ ।

Read More

पार्टीको जिम्मेवारीमा फर्किए रवि लामिछाने (फोटो फिचर)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको केन्द्रीय कार्यालय बनस्थली पुगेर पार्टीको जिम्मेवारीमा फर्किएका छन् । लामिछानेलाई उनको कार्यकक्षमा कार्यवाहक सभापति डिपी अर्यालले स्वागत गरेका थिए । 

यसअघि लामिछानेले पार्टी कार्यालय अगाडी उपस्थित नेता कार्यकर्तालाई छोटो सम्बोधन गरेका थिए । 

शुक्रबार रिहा भएका लामिछानेले शनिबार चितवनमा रास्वपाको सभालाई सम्बोधन गरेका थिए भने काठमाडौँ आएर जेनजी आन्दोलनका शहिद परिवार घाइतेसँग भेट गरेका थिए ।

Read More

जेनजीले विद्रोह गर्यो, क्रान्तिमा बदल्न बाँकी छ- रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा भव्य स्वागत गरिएको छ ।

रास्वपाको केन्द्रीय कार्यालयमा उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी रहेको बताएका छन् । जेनजीले विद्रोह गरेको र त्यसलाई क्रान्तिमा बदल्न बाँकी रहेको भन्दै रास्वपाले जेनजी आन्दोलनले उठाएका माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने- ‘जेनजीले विद्रोह गरेको छ, क्रान्तिमा बदल्न बाँकी छ । जलेको सिंहदरबार त बनाउला तर सिंहदरबार बनाएर मात्र हुदैन सिंहदरबार बदल्न पनि आवश्यक छ ।’   

लामिछानेले चुनावमा जानुको विकल्प नरहेको बताउदै रास्वपाले चुनावको वातावरण बनाउन सहयोग गर्ने बताए । उनले जेनजी आन्दोलनलाई दमन गरेकाहरु अहिले सल्बलाएकोभन्दै चुनावमा गएर जनताको मत जित्न चुनौती दिएका छन् ।

उनले जेनजीले उठाएका माग पुरा गर्न रास्वपा सरकारसँग साथमा रहेको बताए । उनले आफुले न्याय पाउन बाँकी नै रहेको बताउदै उनले आफ्नो न्याय भन्दापनि देशको न्याय महत्वपूर्ण भएको र त्यसका लागि सबैको साथ आवश्यक रहेको बताए ।

Read More

मधेश प्रदेशको सभामुखमा रामअशिष यादव विजयी

जनकपुरधाम । मधेश प्रदेशको सभामुखमा जनता समाजवादी पार्टीका रामअशिष यादव विजयी भएका छन् ।

सात दलीय गठबन्धनले उम्मेदवार बनेका यादवले प्रदेश सभामा ७२ मत पाएर विजयी बनेका हुन् । मतदानमा ९६ सांसद सहभागी रहेका थिए ।  

प्रदेश सभाबाट सत्ता पक्षका यादवलाई निर्वाचित गर्ने प्रस्ताव बहुमतले पारित भएपछि एमालेको तर्फबाट सभामुखको उम्मेदवार बनेका त्रिलोकी प्रसाद चौधरीको प्रस्ताव निर्णयार्थ पेश गरिएन । 

यादव जसपा नेपालबाट धनुषाको क्षेत्र नं. २ (क) बाट निर्वाचित सांसद हुन् । यसअघि मधेशका निवर्तमान सभामुख रामचन्द्र मण्डललाई आचरणविरुद्धको कार्य गरेको आरोपमा संसद्को दुई तिहाइबाट पदमुक्त गरिएको थियो ।  

Read More

व्यावसायिकताकासाथ कार्यक्षेत्रमा लाग्न सशस्त्र महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौँ । पदोन्नतीसँगै थपिएको पदिय जिम्मेवारीलाई अझबढी उत्तरदायी भई राष्ट्र र संगठनले लिएको निर्दिष्ट लक्ष्य प्राप्त गर्न कार्यक्षेत्रमा सकारात्मक सोच र पूर्ण व्यावसायिकताकासाथ लाग्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा पौष ६ गते विभिन्न दर्जामा पदोन्नती भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने क्रममा महानिरीक्षक अर्यालले सो निर्देशन दिएका हुन् । उमले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन गर्न सशस्त्र प्रहरी कर्मचारीहरु मानसिक तथा सांगठानिक तवरमा पूर्ण रुपमा तयार रहन समेत निर्देशन दिएका छन् ।

महानिरीक्षक अर्यालले कठिन परिस्थितीमा समेत सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा देखाएको साहस, अनुशासन र कर्तव्यपरायणताको सह्राना गर्नहुँदै भ्रष्टाचार एवं लैंगिक हिंसामा शुन्य सहनशिलता, मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा सदैव कटिवद्ध एवं कर्तव्यपथमा पूर्ण व्यावसायिक भई आपसी भाईचारा, बन्धुत्व, सद्भाव र सहयोगी भावनासाथ कार्यक्षेत्रमा परिचालन हुनुपर्ने उल्लेख गरे ।  

सोही अवसरमा महानिरीक्षक अर्यालले पदोन्नती भएका अधिकृहरुलाई हार्दिक बधाई दिनुहुँदै लामो समय संगठनमा आवद्ध रहि अवकाश हुन लागेका अधिकृतहरुलाई नयाँ सामाजिक जीवन अध्यायको स्वस्थ्य सुखी र समृद्धिको शुभकामना समेत व्यक्त गरे ।

नेपाल सरकार माननीय गृहमन्त्रीस्तरको मिति २०८२ मंसिर २२ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा कृष्णराज पाठक, सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा समिक कुमार महर्जन र प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा डा.प्रविण नेपाल बढुवा भएका हुन् । त्यसैगरी अवकाश पूर्व सशस्त्र प्रहरी निरीक्षकमा समेत दुई जना अधिकृतहरु विशेष बढुवा भएका हुन् ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेश बहादुर ठाडा मगर लगायत सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु, सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।

Read More

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४५ कम्पनिका एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

आज एसवाई प्यानलको शेयर मुल्यमा सर्बाधिक ९.९९ प्रतिशतले बढेको छ भने सिटिजन बैंक डिभेन्चरको शेयर ९.८३  प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी स्वस्तिक लघुवित्तको १३ करोड ५ लाखको कारोबार भएको छ भने बाराही हाइड्रोको ११ करोड ९० लाखको कारोबार भएको छ ।

Read More