२०८३ बैशाख १३

भूमि आयोग कास्कीका तत्कालिन अध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीसमेत ६ जनाविरुद्ध विद्यालयको जग्गा व्याक्तिको नाममा गरेर भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगर- २६ स्थित सामुदायिक अमर ज्योति आधारभूत विद्यालयको सार्वजनिक विद्यालय परिसरको ३ रोपनी भन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता गराई पदको दुरुपयोग गरी अनियमितता गरेको प्रमाणित भएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।

अख्तियारले राष्ट्रिय भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, आयोगका सदस्य तथा कास्की मालपोतका प्रमुख रामचन्द्र अधिकारी, आयोगका सदस्य आश बहादुर गुरुङ, सदस्यहरु उमा कुमारी थापा र सोमबहादुर नेपाली तथा प्रतिवादी भिम बहादुर विकविरुद्ध मुद्धा दायर गर्दै उनीहरुविरुद्ध एक करोड ४० लाख २५ हजार जनही बिगो माग र कानुन अनुसारको सजाय माग गर्दै मुद्धा दायर गरेको जानकारी दिएको छ ।