काठमाडौं । स्मार्ट अप्लायन्सेस प्रा.लि.ले जगदम्बा हायर पर्चेज लि. सँग मिलेर आफ्ना ब्रान्ड स्काईवर्थ र लिभप्योरका लागि 0% किस्ताको सुविधा ल्याएको छ ।
के.एल. दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले आफ्ना लोकप्रिय ब्रान्ड स्काईवर्थ र लिभप्योर का उत्पादनहरूमा यस्तो सुबिधा सुविधा सुरु गरेको हो।
यो योजना अन्तर्गत ग्राहकहरूले स्काईवर्थ र लिभप्योरका विभिन्न घरेलु उपकरणहरू १२ महिनासम्म बिना ब्याज किस्तामा खरिद गर्न सक्नेछन्। यसले एकैपटक ठूलो रकम तिर्नुपर्ने आर्थिक बोझ हटाउँदै, गुणस्तरीय उपकरण सबै परिवारको पहुँचमा पुर्याउने अपेक्षा गरिएको छ।
नेपालको घरेलु उपकरण बजारमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित गरिएको यस सहकार्यले देशभरका उपभोक्तालाई आधुनिक र भरपर्दो उपकरण सहज रूपमा प्रयोग गर्न सहयोग गर्नेछ।
सम्झौतापत्रमा स्मार्ट अप्लायन्सेस प्रा. लि. का तर्फबाट उपमहाप्रबन्धक अमित बज्राचार्य, वरिष्ठ मार्केटिङ अधिकृत विवेक राठी तथा सहायक वित्त प्रबन्धक अमित ठाकुर ले हस्ताक्षर गरेका छन्। त्यस्तै, जगदम्बा हायर पर्चेज लि. का तर्फबाट व्यापार इकाई प्रमुख पल्लव श्रेष्ठ ले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यस अवसरमा स्मार्ट अप्लायन्सेसका प्रतिनिधिले जगदम्बा हायर पर्चेजसँगको सहकार्यलाई ग्राहककेन्द्रित सेवा विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्दै, “हरेक नेपाली परिवारले गुणस्तरीय उपकरण प्रयोग गर्न पाउनुपर्छ भन्ने हाम्रो विश्वास हो। ०% किस्ताको सुविधाले त्यो सपना व्यवहारमा उतार्न मद्दत गर्नेछ,” भने ।
यो योजनाले स्मार्ट अप्लायन्सेसको ग्राहकलाई सहज, किफायती र विश्वासिलो सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउने विश्वास गरिएको छ। बिना ब्याज किस्ताको सुविधासँगै अब धेरै नेपाली परिवारले स्काईवर्थ र लिभप्योरका आधुनिक तथा भरपर्दो घरेलु उपकरण सहज रूपमा आफ्नो घरमा भित्र्याउन सक्नेछन्।




