काठमाडौँ । नेपाली काँग्रेसले आजै बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज अपराहन्न ४ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
काँग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन आव्हान गरेको अवस्थामा बैठक बोलाइएको छ ।




